Advertisement

ताजा अपडेट

सुदूरपश्चिममा मङ्सिर १ र २ गते लगानी तथा विकास सम्मेलन हुने

सुदूरपश्चिममा मङ्सिर १ र २ गते लगानी तथा विकास सम्मेलन हुने

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले आगामी मङ्सिर १ र २ गते लगानी तथा विकास सम्मेलन आयोजना गर्ने भएको छ। सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन कार्यकारी समितिको सिफारिसमा सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले सम्मेलनको मिति तय गरेको हो। यसअघि असोज १ र २ गते आयोजना गर्ने भनिएको सम्मेलन विविध कारणले सारिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। अब मङ्सिर १ र २ गते सम्मेलन हुने तय भएसँगै प्रदेश सरकारले तयारी तीव्र बनाएको छ।...
देशभर मनसुनी प्रभाव: केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

देशभर मनसुनी प्रभाव: केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ, नेपालको तराई क्षेत्रमा सक्रिय भएकाले अधिकांश स्थानमा बादल लागेका छन्। कोशी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर आकाश बदली रहनेछ। कोशी र मधेस प्रदेशका केही स्थानहरूमा तथा अन्य धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भने भारीदेखि धेरै भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ। आज राति पनि देशभर आकाश बदली रहनेछ। कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा अन्य थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। विशेष गरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले...
कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

कक्षा १२ को नतिजा सार्वजनिक, ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

Breaking News 1, ताजा अपडेट, शिक्षा, समाचार
काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डको केहीबेरअघि सम्पन्न बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो। बोर्डका अनुसार परीक्षामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने ३८.८३ प्रतिशत विद्यार्थी ननग्रेड (NG) भएका छन्। यसैबीच, ग्रेडवृद्धि परीक्षा आगामी भदौ २८ र २९ गते सञ्चालन हुने बोर्डले जनाएको छ। कक्षा १२ को वार्षिक परीक्षा वैशाख १४ गतेदेखि शुरू भई २६ गते सम्पन्न भएको थियो। नियमिततर्फ एक लाख ९६ हजार ९१४ छात्रा र एक लाख ९३ हजार ९३३ छात्र गरी कुल तीन लाख ९० हजार ८४७ विद्यार्थी सहभागी भएका थिए। परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट result.neb.gov.np वा neb.gov.np साथै नेपाल टेलिकमको वेबसाइट neb.ntc.net.np मार्फत हेर्न सकिन्छ। यस्तै, NEB Symbol No. टाइप गरी नेपाल टेलिकमको १६०० नम्बरमा SMS पठाएर पनि नतिजा प्राप्त गर्न सकिन...
सत्यवादी मावि जयपृथ्वीनगरमा राजा जयपृथ्वीको स्मृतिमा भलिबल, हाजिरीजवाफ र नृत्य प्रतियोगिता हुने

सत्यवादी मावि जयपृथ्वीनगरमा राजा जयपृथ्वीको स्मृतिमा भलिबल, हाजिरीजवाफ र नृत्य प्रतियोगिता हुने

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- राजा जयपृथ्वी बहादुर सिंहको १४९औं जन्मजयन्तीको अवसरमा छविसपाथिभेरा गाउँपालिका–२ स्थित सत्यवादी माध्यमिक विद्यालय, जयपृथ्वीनगरले विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। भदौ ७ र ८ गते विद्यालय परिसरमै छविसपाथिभेरा गाउँपालिका स्तरीय भलिबल, हाजिरीजवाफ तथा नृत्य प्रतियोगिता सञ्चालन गरिने विद्यालय प्रशासनले जनाएको छ। राजा जयपृथ्वीका मानवतावादी सोच र योगदानलाई स्मरण गर्दै विद्यार्थीहरूको शारीरिक, बौद्धिक र सांस्कृतिक क्षमताको अभिवृद्धिमा टेवा पुर्‍याउने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको हो । प्रतिस्पर्धात्मक वातावरणमा सहभागी बनाउँदै समावेशिता, अनुशासन र प्रतिभा विकासमा जोड दिएको यस आयोजनाले विद्यार्थीहरूलाई आफ्नो सीप र सोच प्रदर्शन गर्ने थलो प्रदान गर्नेछ। प्रतियोगितामा निष्पक्षता सुनिश्चित गर्न सहभागीहरूको उमेर, कागजात र अनुभवका आधारमा स्पष्ट शर्तहरू तय गरिएको छ, जसले विद्यालयस्त...
पदको खेल, जनताको बेवास्ता: के अब जनताले विकल्प खोज्न थाले ?

पदको खेल, जनताको बेवास्ता: के अब जनताले विकल्प खोज्न थाले ?

ताजा अपडेट, राजनीति, विचार
नेपालमा संविधान जारी भएको दशक बितिसक्दा पनि राजनीतिक स्थायित्व, सुशासन र विकासका आशा अधुरै छन्। चुनाव आउँदा देखिने साना दलहरूको मिलिजुली गठबन्धन, चुनावपछि बन्ने सरकारमा हुने गुटबन्दीको फेरबदल अनि फेरि गठबन्धन टुटेर अर्को सरकार—यही चक्रमा नेपाली राजनीति अझै अल्झिएको छ। राजनीति अब विचार होइन, कुर्सीको खेल मात्र बनेको छ। जनताको अवस्था हेर्दा, न योजना देखिन्छ, न दीर्घकालीन प्रतिबद्धता।” गठबन्धन फेरफार, तर समस्या उस्तै देशमा सरकार गठन गर्ने बेला देखिने गठबन्धन राजनीतिक स्वार्थमा आधारित छन्, नीति र सिद्धान्तमा होइन। चुनावअघि एउटै गठबन्धन जनताको अगाडि आउँछ, तर सरकार बनाउन र टिकाउन गुटअनुसार समीकरण फेरिन्छ। यसरी: नीति भन्दा गुट हाबी, विकास भन्दा भागबन्डा प्राथमिक, जनमत भन्दा व्यक्तिगत आकांक्षा प्राथमिक बनिरहेको देखिन्छ। जनताको जीवनस्तर उस्तै: बेरोजगारी, शिक्षा–स्वास्थ्य संकट ...
एक वर्षमै सुदूरपश्चिममा १० अर्ब बराबरको पूर्वाधार निर्माण

एक वर्षमै सुदूरपश्चिममा १० अर्ब बराबरको पूर्वाधार निर्माण

Breaking News 1, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ मा १० अर्ब एक करोड रुपैयाँ बराबरको भौतिक पूर्वाधार निर्माण गरेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयका इन्जिनियर नरेश शर्माका अनुसार सडक, भवन, पुल, तटबन्ध, कुलो, सिँचाइ, खेलमैदानलगायत संरचना निर्माणमा उक्त खर्च भएको हो। मन्त्रालयका अनुसार सो अवधिमा १०६ किलोमिटर कालोपत्रे, १०३ किलोमिटर ग्राभेल, १४७ किलोमिटर माटे सडक निर्माण गरियो। छवटा सडक पुल र छवटा सरकारी तथा सामुदायिक भवन निर्माण भएको छ। आवास तथा खेलकुद पूर्वाधारमा समेत प्रगति जनताको आवास कार्यक्रम अन्तर्गत ११० वटा निजी र तीनवटा एकीकृत आवास निर्माण भएको छ। साथै, २७ वटा सरकारी तथा सामुदायिक भवन मर्मत, दुईवटा कभर्डहल, तीनवटा पार्क, र १० वटा खेलमैदान बनाइएको मन्त्रालयले जनाएको छ। सिँचाइ र तटबन्ध विस्तारमा जोड २६ किलोमिटर तटबन्ध निर्माण गरिएर ३७ हेक्टर जमिन नदी कटानबाट जोगाइ...
रविन्द्र ढाँटको ऐतिहासिक जित, एमएफएन बेल्टसहित नवौँ सफलता

रविन्द्र ढाँटको ऐतिहासिक जित, एमएफएन बेल्टसहित नवौँ सफलता

Breaking News 2, अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँटले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) मा ऐतिहासिक जित दर्ता गर्दै बान्टमवेट श्रेणीको बेल्ट जितेका छन्। ढाँटले साविक विजेता भारतीय चोङ्गरेङ्ग कोरेनलाई तेस्रो राउन्डको ५४औँ सेकेन्डमै नकआउट गर्दै सनसनीपूर्ण विजय हासिल गरे। यो जितसँगै उनको व्यावसायिक करियरमा यो नवौँ सफलता हो। फाइटका लागि ढाँटले लामो तयारी र मिहिनेत गरेका थिए। दोस्रो राउन्डदेखि विपक्षीमाथि दबाब सिर्जना गर्दै तेस्रो राउन्डमा तीव्र आक्रमणले कोरेनलाई पस्त पारे। उनको प्रदर्शनप्रति प्रशिक्षक र टिम सदस्यहरूले प्रशंसा व्यक्त गर्दै यसलाई नेपालका लागि गर्वको क्षण भनेका छन्। यस जितले अन्तर्राष्ट्रियस्तरमा नेपाली एमएमएको छवि उजागर गरेको छ। ढाँटको सफलता नेपाली खेलकुदका लागि प्रेरणादायी बनेको छ। नयाँ प्रतिभाका लागि उनी हौसला र आत्मविश्वासको स्रोत ब...
नेपालमा फेरि सक्रिय मनसुन, केही दिन तराईमा भारी वर्षाको सम्भावना

नेपालमा फेरि सक्रिय मनसुन, केही दिन तराईमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- नेपालमा फेरि केही दिनका लागि मनसुन सक्रिय हुने भएको छ। यसपटक विशेषगरी तराईसहितका विभिन्न क्षेत्रमा वर्षा हुने मौसमविद्‌हरूले बताएका छन्। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार तराई क्षेत्रका केही स्थानमा भारी वर्षा हुनसक्छ। बागमती, गण्डकी र कर्णाली प्रदेशमा औसतभन्दा केही कम, तर अन्य प्रदेशहरूमा बढी वर्षाको सम्भावना छ। यद्यपि, देशभर नै मौसम बदली हुने देखिएको छ। हाल नेपालभर मनसुनी वायु सक्रिय रहेको र मनसुनको न्यून चापीय रेखा सामान्य स्थानको केही उत्तरतिर रहेको जनाइएको छ। कोशी र बागमती प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाले आगामी केही दिन देशभर मनसुन थप सक्रिय हुने भएकाले सर्वसाधारण र सरोकारवाला निकायहरूलाई सावधानी अपनाउन तथा पछिल्लो मौसमी जानकारी निरन्तर प्राप्त गर्न अनुरोध गरेको छ।...
देशभर मनसुनको प्रभाव, आज केही प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर मनसुनको प्रभाव, आज केही प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- हाल देशभर मनसुनी वायुले प्रभाव जमाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा सक्रिय रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने अन्य प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यतया बदली रहनेछ। गण्डकी र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागका धेरै स्थान र तराईका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने देखिएको छ। ...
डडेल्धुरा अस्पतालमा विश्व स्तनपान सप्ताह सुरु

डडेल्धुरा अस्पतालमा विश्व स्तनपान सप्ताह सुरु

Breaking News 2, डडेल्धुरा, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
डडेल्धुरा- डडेल्धुरा अस्पतालले विश्व स्तनपान सप्ताह विविध कार्यक्रमहरूसहित सुरु गरेको छ। स्तनपान अमृत समान भन्ने नारासहित आज अस्पतालले उक्त कार्यक्रमको सुरुवात गरेको हो । आज अस्पताल व्यवस्थापन समिति अध्यक्ष करुणाकर ओझाको अध्यक्षतामा स्तनपान सप्ताह कार्यक्रमको शुभारम्भ गरिएको हो । सप्ताहको पहिलो दिनमै अस्पताल परिसर सांगीतिक गीत, जनचेतनामूलक नाटक, र स्वास्थ्य शिक्षामूलक सन्देशहरूले गुञ्जायमान बन्यो। नर्सिङ अधिकृत नाओमी बुढाका अनुसार, स्तनपानका फाइदा, आमाको दूधको महत्व, र स्तनपानलाई बच्चाको पहिलो खोपको रूपमा प्रस्तुत गर्दै सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमको प्रमुख आकर्षण “बच्चा जन्मिएको १ घण्टा भित्र स्तनपान सुरु गरौं” भन्ने सन्देशमा आधारित नाटक रह्यो, जसले दर्शकहरूलाई स्तनपानको तत्काल सुरुवातको महत्वबारे सचेत गरायो। त्यसपछि प्रस्तुत गरिएका लोकगीत तथा ...
सुदूरपश्चिम र कर्णालीका हिमाल आरोहण शुल्क दुई वर्षका लागि मिनाहा

सुदूरपश्चिम र कर्णालीका हिमाल आरोहण शुल्क दुई वर्षका लागि मिनाहा

Breaking News 3, कर्णाली प्रदेश, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- सुदूरपश्चिम र कर्णाली प्रदेशमा अवस्थित हिमालहरूको आरोहण शुल्क अब दुई वर्षसम्म लाग्ने छैन। पर्यटन प्रवर्द्धन तथा हिमाली क्षेत्रको आर्थिक विकासका लागि नेपाल सरकारले यी प्रदेशका सबै हिमाल आरोहण गर्दा लाग्ने शुल्क (सलामी दस्तुर) आर्थिक वर्ष २०८२/८३ र २०८३/८४ का लागि पूर्ण रूपमा मिनाहा गर्ने निर्णय गरेको छ। दार्चुलाको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भक्तबहादुर सिंह (ठेकरे) बोहराका अनुसार, सुदूरपश्चिममा हिमाली पर्यटनको अपार सम्भावना हुँदाहुँदै पनि हालसम्म ६ हजार मिटरभन्दा अग्ला हिमालहरूको सफल आरोहण हुन नसकेको अवस्था छ। यसैले अपिहिमाल गाउँपालिकाले २०८२ वैशाख २ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पर्यटन विभागलाई आरोहण दस्तुर छुट गर्न विशेष अनुरोध गरेको थियो। सरकारले उक्त अनुरोधअनुसार साउन १२ गते बसेको मन्त्री परिषद्को बैठकबाट निर्णय गरेको हो। उक्त निर्णय अनुसार, सुदूरपश्च...
सवारी चालक अनुमति पत्रको म्याद अब १० वर्ष

सवारी चालक अनुमति पत्रको म्याद अब १० वर्ष

Breaking News 2, ताजा अपडेट, समाचार
काठमाडौं- सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स)को म्याद १० वर्षसम्म कायम गर्ने व्यवस्था गरेको छ। केही नेपाल ऐनहरू संशोधन गर्दै अबदेखि लाइसेन्स जारी भएको मितिले १० वर्षसम्म मान्य हुने प्रावधान लागू गरिएको हो। यसअघि चालक अनुमतिपत्रको म्याद पाँच वर्ष मात्र थियो। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा संशोधन गरेर उक्त नयाँ व्यवस्था ल्याइएको हो। त्यसैगरी, सवारीको जाँचपास (फिटनेस प्रमाणपत्र) सम्बन्धी म्यादसमेत परिमार्जन गरिएको छ। संशोधित नियमअनुसार नयाँ दर्ता भएका सवारीहरूको हकमा जाँचपास प्रमाणपत्रको म्याद पाँच वर्ष हुनेछ भने अन्य सवारीका लागि उक्त म्याद छ महिनासम्म सीमित हुनेछ। नयाँ प्रावधानले प्रदूषण परीक्षण र जाँचपास कार्यका लागि निजी क्षेत्रलाई समेत संलग्न हुने अनुमति दिएको छ, जसबाट सेवा प्रवाह थप सहज हुने अपेक्षा गरिएको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज