Advertisement

ताजा अपडेट

गण्डकी प्रदेशमा ७ निर्देशनालय र २ केन्द्र खारेज, १८५ दरबन्दी कटौती

गण्डकी प्रदेशमा ७ निर्देशनालय र २ केन्द्र खारेज, १८५ दरबन्दी कटौती

Breaking News 2, ताजा अपडेट, राजनीति, समाचार
कास्की- गण्डकी प्रदेश सरकारले प्रदेशभित्र रहेका ७ निर्देशनालय र २ केन्द्र खारेज गर्दै १ सय ८५ कर्मचारी दरबन्दी कटौती गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठकले विद्यमान खर्च कटौती र प्रशासनिक संरचना मितव्ययी बनाउने उद्देश्यसहित उक्त निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो। खारेज गरिएका निर्देशनालयबाट उपलब्ध भइरहेका काम तथा सेवाहरू अब सम्बन्धित मन्त्रालयका महाशाखाबाटै प्रवाह गरिने र यसले सेवा वितरणमा कुनै असर नपर्ने उहाँको भनाइ छ। साथै, जिल्लास्तरका ३२ निकायलाई गाभेर १७ वटामा झार्ने निर्णय पनि गरिएको छ। खारेज हुने निर्देशनालयमा पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, कृषि विकास निर्देशनालय, पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय, पूर्वाधार विकास निर्देशनालय, वन निर्देशनालय, शिक्षा विकास निर्देशनालय र प्रा...
एएफसी महिला यू–२० छनोटपछि नेपाल स्वदेश

एएफसी महिला यू–२० छनोटपछि नेपाल स्वदेश

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, समाचार
काठमाडौँ- एएफसी २० वर्षमुनिको महिला एशियन कप छनोट खेल खेलेर नेपाली टोली आज स्वदेश फर्किएको छ। घर फर्किनुअघि नेपालले आइतबार समूह ‘ए’ को अन्तिम खेलमा उत्तर कोरियासँग ११–० को भारी हार बेहोरेको थियो। भूटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलमा बलियो उत्तर कोरियाले पहिलो हाफमा ५ र दोस्रो हाफमा ६ गोल गरेको थियो। छनोटमा नेपालले ३ खेल खेल्दै १ जित, १ बराबरी र १ हारसहित ४ अंक जोड्न सफल भयो। पहिलो खेलमा भूटानसँग १–१ को बराबरी खेलेको नेपालले दोस्रो खेलमा साउदी अरेबियामाथि १–० को जीत हासिल गरेको थियो। समूह ‘ए’ मा सबै खेल जितेको उत्तर कोरिया ९ अङ्कसहित समूह विजेता बन्दै अर्को वर्ष थाइल्यान्डमा हुने एशियन कपमा प्रवेश गरेको छ।...
विपिन जोशीको रिहाइका लागि आमा र बहिनी इजरायल प्रस्थान

विपिन जोशीको रिहाइका लागि आमा र बहिनी इजरायल प्रस्थान

Breaking News 1, अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्ने उद्देश्यले उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी सोमबार बिहान इजरायल प्रस्थान गरेका छन्। उनीहरू फ्लाइ दुबईको विमानमार्फत इजरायल गएका हुन्। इजरायल सरकारले विपिनको रिहाइ अभियानलाई सशक्त बनाउनका लागि उनीहरूलाई त्यहाँ बोलाएको हो। विपिन ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए। वि.सं. २०८० असोज २० गतेदेखि उनी परिवारसँग सम्पर्कविहीन छन्। हमासद्वारा कब्जामा रहेका कैयौं बन्दी मुक्त भइसके पनि उनको अवस्थाबारे अहिलेसम्म जानकारी प्राप्त भएको छैन। गत हमास आक्रमणमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो। त्यही क्रममा, हमासले फालेको ‘ग्रिनेड’ सुरक्षित स्थानतर्फ फालेर साथी नेपाली विद्यार्थीहरूलाई जोगाउन खोज्ने क्रममा विपिनलाई हमासले बन्धक बनाएर लगेको बताइन्छ।...
बझाङमा मृतकलाई दिने ५ लाखको चेक खोसिएको आरोपमा दुईजनामाथि मुद्दा

बझाङमा मृतकलाई दिने ५ लाखको चेक खोसिएको आरोपमा दुईजनामाथि मुद्दा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको झनाना क्षेत्रमा ट्याक्टर दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई दिने भनिएको ५–५ लाखको चेक खोसिएको आरोपमा सुरतबहादुर मल्ल र अरुणप्रसाद थपलियाविरुद्ध मुद्दा दर्ता गरिएको छ। जिल्ला प्रशासन कार्यालय बझाङमा भएको निर्णयअनुसार मृतक लोकेन्द्रबहादुर घर्ती र सञ्जय बुढाका परिवारलाई जनही ५ लाख राहत दिने तय भएको थियो। तर पीडितका अनुसार चेक वितरणका क्रममा प्रशासन कार्यालयको गेट बाहिर दुबै आरोपीले धम्की दिँदै चेक खोसेका हुन्। उक्त दुर्घटना केही समयअघि झनाना नजिकैको पक्की पुलमाथि भएको थियो। ट्याक्टर सुरतबहादुर मल्लको स्वामित्वमा रहेको र दिव्य ज्योति कन्स्ट्रक्सनले प्रयोगमा ल्याएको थियो। पीडित परिवारका तर्फबाट जाजरकोट भेरी नगरपालिका–२ का धनबहादुर घर्ती, तुले घर्ती र कृष्णबहादुर बुढाले उजुरी दिएका छन्। उनीहरूका अनुसार आरोपितहरूले मृतकका परिवारलाई दिइएको चेक खोसेर सट्टामा २ लाखको मा...
कैलाली कारागार घटना : ‘भीड व्यवस्थापन र सुधार अब अनिवार्य’ – केदारस्यूँ गाउँपालिका अध्यक्ष बोहरा

कैलाली कारागार घटना : ‘भीड व्यवस्थापन र सुधार अब अनिवार्य’ – केदारस्यूँ गाउँपालिका अध्यक्ष बोहरा

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलाली कारागारमा शुक्रबार मध्यराति कैदीबन्दी बिच हिंसात्मक झडप भयो ।दुई पक्षबीच भएको झडपका क्रममा ढुंगामुडासंगै जिमका लागि राखिएका सामाग्री हानाहान भएको थियो । उक्त हिंसात्मक झडपमा धनगढी उपमहानगरपालिका-४ का ४० वर्षीय कैदीबन्दी भरत चौधरीको ज्यान गयो, भने अन्य ४७ जना घाइते छन् । यहीँ हिंसात्मक घटना ‘अत्यन्त दुःखद’ भएको बताउँदै बझाङको केदारस्यूँ गाउँपालिका अध्यक्ष गणेश बहादुर बोहराले यस्ता घटनाबाट तत्काल पाठ सिक्नुपर्नेमा जोड दिएका छन्। उनले समयमै योजनाबद्ध रूपमा कारागार व्यवस्थापन गर्न नसके, यस्ता घटना कैलाली मात्र नभई देशका अन्य धेरै कारागारमा पनि दोहोरिन सक्ने सम्भावना रहेको बताए । अध्यक्ष बोहराले अत्यधिक भीडभाड र कैदी संख्या क्षमता भन्दा बढी नाघ्नु यस घटनाको प्रमुख कारण हुनसक्ने समेत बताए। उनले यसलाई केवल एक पक्षको गल्ती नभई कारागार प्रशासन, सुरक्षाकर्मी र कैदीहरूकै कमजोरीको सं...
आज गाईजात्रा पर्व

आज गाईजात्रा पर्व

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदाय आज गाईजात्रा पर्व मनाइरहेका छन्। हरेक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन मनाइने यो पर्व मृत आत्माको सम्झना, शान्ति र सामाजिक चेतना जगाउने अवसरका रूपमा मनाइन्छ। ऐतिहासिक कथनअनुसार, पुत्र वियोगमा शोकाकुल भएकी रानीलाई सान्त्वना दिन राजा प्रताप मल्लले जनतालाई एक वर्षभित्र दिवंगत भएका आफन्तको नाममा गाईजात्रा निकाल्न आदेश दिएका थिए। पछि, रानीको मन शान्त पार्न व्यङ्ग्यात्मक कार्यक्रमसमेत गर्न आदेश दिइएपछि, यो पर्व धार्मिक मात्र नभई सामाजिक व्यङ्ग्यको माध्यमका रूपमा पनि विकसित भयो। पाटनमा देखाइने सत्य युगको धान र चामलको नमूना, काठमाडौँको ठमेलमा प्रदर्शित स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक आज विशेष आकर्षणको रूपमा मानिन्छन्। भक्तपुरमा गाईजात्राका दिन परालबाट निर्मित गाई (रथ) नगर परिक्रमा गराई सोही दिन विसर्जन गर्ने प...
आज देशभर बदली, केही स्थानमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान

आज देशभर बदली, केही स्थानमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाएको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा मधेश प्रदेशसहित देशका अन्य प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान छ। आज राति पनि देशभर साधारणतया बदली रहनेछ। मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थान र अन्य प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।...
बझाङको छबिसपाथिभेराको बिरीजात मेलामा दुई जनामाथि चक्कु प्रहार

बझाङको छबिसपाथिभेराको बिरीजात मेलामा दुई जनामाथि चक्कु प्रहार

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ मजखोरिमा लाग्ने बिरिजात मेलामा भएको झडपमा दुई जना घाइते भएका छन्। प्रहरीका अनुसार खोरीका क्षितिज बोहरा र अंकित बोहरालाई बुडखोरीका सुशील धामीले पछाडिबाट चक्कु प्रहार गरेका हुन्। भागदौडका क्रममा अन्दाजी ७० वर्षीया क्युटा देवी बोहरा लडेर घाइते भएकी छन्। घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल सिमखेत पठाइएको छ। प्रहरीले चक्कु प्रहारमा संलग्न सुशील धामीलाई नियन्त्रणमा लिएको छ,भने मजखोरी माध्यमिक विद्यालयका अङ्ग्रेजी शिक्षक जनक धामी पनि झडपमा परि घाइते भएका छन ।...
कैलाली जेल झडप: अस्पतालमा मिडिया र परिवारलाई रोक

कैलाली जेल झडप: अस्पतालमा मिडिया र परिवारलाई रोक

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, सुदूरपश्चिम
कैलाली जेलकाे झडपमा घाइते ४७ कैदीबन्दी अस्पताल भर्ना, परिवार र मिडियालाई राेक सेती अस्पतालकाे इमर्जेन्सी वार्ड 'रक्ताम्य', एकजना आईसीयूमा कैलाली: कैदीबन्दीबीच कुटाकुट हुँदा धनगढी ४ का भरत चौधरीको मृत्यु भएको छ । झडपमा ४७ जना घाइते छन् । तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ । एक जनाको आइसीयुमा उपचार भैरहेको छ । कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबीच कुटाकुट भएको थियो । आफन्तहरुले पनि घाइते भेट्न पाएका छैनन् । उनीहरुले घाइते भेट्न पाउनु पर्ने बताएका छन् । मिडियालाई पनि अस्पतालभित्र जान दिइएको छैन । केहीको टाउको फुटेको छ । केहीको खुट्टा भाँचिएको छ । घाइते भएका ४७ जना कैदीबन्दीलाई अस्पताल भर्ना गरिएकाे छ ।...
मनसुन सक्रिय, केही स्थानमा मध्यमदेखि भारी वर्षा

मनसुन सक्रिय, केही स्थानमा मध्यमदेखि भारी वर्षा

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- हाल देशभर सामान्यतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको केही उत्तर र पश्चिमतर्फ नेपालको तराई नजिक अवस्थित छ। यसको प्रभावमा कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा हल्का वर्षा र थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी र बागमती प्रदेशका पहाडी भूभागको एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले पूर्वानुमान गरेको छ। राति पनि देशभर सामान्यतया बदली रहनेछ। मधेस प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थान र अन्य प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भाव...
आज रक्षाबन्धन, जनै पूर्णिमा तथा ऋषितर्पणी पर्व

आज रक्षाबन्धन, जनै पूर्णिमा तथा ऋषितर्पणी पर्व

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा तथा ऋषितर्पणी पर्व आज देशभर नयाँ यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गर्दै श्रद्धा र उत्साहका साथ मनाइँदै छ। पूर्णिमाको दिन बिहानै वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ वा पोखरीमा स्नान गरी गुरु पुरोहितबाट मन्त्रिएको रक्षासूत्र (डोरो) बाँध्ने परम्परा छ। धार्मिक विश्वासअनुसार यसरी बाँधिएको रक्षाबन्धनले नकारात्मक शक्तिबाट रक्षा गर्छ। पौराणिक मान्यताअनुसार सत्ययुगमा गुरु वृहस्पतिले दानवराज बलीलाई बाँधेर देवगणको रक्षा गरेपछि यो परम्परा सुरु भएको हो। गुरु पुरोहितले रक्षाबन्धनको बेला ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल, तेन त्वां प्रतिबध्नामि रक्षे मा चल मा चल’ मन्त्र उच्चारण गर्दै यजमानको दाहिने नाडीमा डोरो बाँध्ने वैदिक परम्परा रहिआएको धर्मशास्त्रविद् प्रा. डा. रामचन्द्र गौतमले बताए। तागाधारीले जनै फेर्ने ...
कैलाली कारागारमा ग्याङ फाइट : एक जनाको मृत्यु, ४५ घाइते

कैलाली कारागारमा ग्याङ फाइट : एक जनाको मृत्यु, ४५ घाइते

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलाली: कैलाली कारागारमा कैदीबन्दीबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार रातिदेखि नै कारागारमा कैदीबन्दीबीच कुटाकुट भइरहेको छ । कुटपिट हुँदा घाइते भएका धनगढी ४ का भरत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाले जानकारी दिए । कुटपिट थप ४५ जना घाइते छन् । उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे छानबिन भइरहेको छ। कारागारको ए र बी ब्लकमा रहेका कैदीबन्दीबीच कुटाकुट भएको बताइएको छ। विगत केही समयदेखि यहाँ दुई समुहबीच विवाद र झडप हुने गरेको छ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज