Advertisement

आज गाईजात्रा पर्व

Advertisement

काठमाडौं- काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदाय आज गाईजात्रा पर्व मनाइरहेका छन्। हरेक वर्ष भाद्र कृष्ण प्रतिपदाका दिन मनाइने यो पर्व मृत आत्माको सम्झना, शान्ति र सामाजिक चेतना जगाउने अवसरका रूपमा मनाइन्छ।

ऐतिहासिक कथनअनुसार, पुत्र वियोगमा शोकाकुल भएकी रानीलाई सान्त्वना दिन राजा प्रताप मल्लले जनतालाई एक वर्षभित्र दिवंगत भएका आफन्तको नाममा गाईजात्रा निकाल्न आदेश दिएका थिए। पछि, रानीको मन शान्त पार्न व्यङ्ग्यात्मक कार्यक्रमसमेत गर्न आदेश दिइएपछि, यो पर्व धार्मिक मात्र नभई सामाजिक व्यङ्ग्यको माध्यमका रूपमा पनि विकसित भयो।

पाटनमा देखाइने सत्य युगको धान र चामलको नमूना, काठमाडौँको ठमेलमा प्रदर्शित स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक आज विशेष आकर्षणको रूपमा मानिन्छन्। भक्तपुरमा गाईजात्राका दिन परालबाट निर्मित गाई (रथ) नगर परिक्रमा गराई सोही दिन विसर्जन गर्ने परम्परा रहिआएको छ।

गाईजात्रामा एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा नाचगान, रामायणको करुण रसका गीत, गाई वा मानिसलाई गाईको रूपमा सिँगारी नगर परिक्रमा गर्ने र सहभागीलाई दूध, फलफूल, रोटी, चिउरा, दही, अन्न तथा पैसा दान गर्ने चलन छ। धार्मिक विश्वासअनुसार, यसरी गाईको स्वरूपमा परिक्रमा गराउँदा मृत आत्माले गाईको पुच्छर समातेर वैतरणी पार गर्न सजिलो हुन्छ।

पछिल्ला वर्षहरूमा गाईजात्राको अवसर पारेर समाजका विकृति र विसङ्गतिलाई व्यङ्ग्यात्मक शैलीमा उजागर गर्ने, मनोरञ्जनात्मक कार्यक्रम गर्ने चलन पनि बढ्दो छ। काठमाडौँ उपत्यका बाहेक बनेपा, धुलिखेल, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरामा पनि गाईजात्रा उत्साहपूर्वक मनाइन्छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज