Advertisement

कैलाली कारागार घटना : ‘भीड व्यवस्थापन र सुधार अब अनिवार्य’ – केदारस्यूँ गाउँपालिका अध्यक्ष बोहरा

Advertisement

धनगढी- कैलाली कारागारमा शुक्रबार मध्यराति कैदीबन्दी बिच हिंसात्मक झडप भयो ।दुई पक्षबीच भएको झडपका क्रममा ढुंगामुडासंगै जिमका लागि राखिएका सामाग्री हानाहान भएको थियो । उक्त हिंसात्मक झडपमा धनगढी उपमहानगरपालिका-४ का ४० वर्षीय कैदीबन्दी भरत चौधरीको ज्यान गयो, भने अन्य ४७ जना घाइते छन् ।

यहीँ हिंसात्मक घटना ‘अत्यन्त दुःखद’ भएको बताउँदै बझाङको केदारस्यूँ गाउँपालिका अध्यक्ष गणेश बहादुर बोहराले यस्ता घटनाबाट तत्काल पाठ सिक्नुपर्नेमा जोड दिएका छन्। उनले समयमै योजनाबद्ध रूपमा कारागार व्यवस्थापन गर्न नसके, यस्ता घटना कैलाली मात्र नभई देशका अन्य धेरै कारागारमा पनि दोहोरिन सक्ने सम्भावना रहेको बताए ।
अध्यक्ष बोहराले अत्यधिक भीडभाड र कैदी संख्या क्षमता भन्दा बढी नाघ्नु यस घटनाको प्रमुख कारण हुनसक्ने समेत बताए। उनले यसलाई केवल एक पक्षको गल्ती नभई कारागार प्रशासन, सुरक्षाकर्मी र कैदीहरूकै कमजोरीको संयुक्त परिणामका रूपमा व्याख्या गरेका छन् ।
उनले यस्ता घटना रोकथामका लागि भीड व्यवस्थापन, प्रारम्भिक सूचना प्रणाली, सुरक्षाकर्मीको क्षमता अभिवृद्धि, भौतिक संरचना सुधार, क्षमता तथा संस्कार विकास कार्यक्रम, गुनासो व्यवस्थापन प्रणाली र बाह्य निगरानी तथा निरीक्षण जस्ता उपाय अवलम्बन गर्नुपर्ने सुझाव दिए ।
विशेषगरी, कैदी संख्या क्षमता अनुसार सीमित राख्ने, दीर्घ सजाय र छोटो सजाय भएका कैदीलाई फरक–फरक व्यवस्थामा पठाउने, सामुदायिक सेवा वा वैकल्पिक सजायको व्यवस्था गर्ने, कैदीबीच विवादको संकेत देखिँदा तुरुन्त रिपोर्ट गर्ने प्रणाली विकास गर्ने, सुरक्षाकर्मीलाई मनोवैज्ञानिक तालिम दिने, निगरानी क्यामेरा तथा सुरक्षा बल मजबुत बनाउने, र कैदीहरूको मनोबल तथा व्यवहार सुधारका लागि शिक्षा, तालिम र सांस्कृतिक गतिविधि सञ्चालन गर्नमा जोड दिए।
अध्यक्ष बोहराले गुनासो व्यवस्थापन प्रणालीलाई पारदर्शी र छरितो बनाउनुपर्नेमा पनि जोड दिँदै मानव अधिकार आयोग, जेल सुधार समिति र नागरिक समाजबाट नियमित निरीक्षण हुनुपर्ने बताए। साथै, घटना सत्यतथ्य छानबिन गरी दोषी प्रशासन वा सुरक्षाकर्मीमाथि कारबाही गर्नुपर्ने उनको धारणा छ।

झडपमा घाइते भएकाहरूको सेती प्रादेशिक अस्पताल बाट तत्कालीन कोरानाकालमा निर्माण गरिएको अस्पतालमा सारेर उपचार भइरहेको छ । भने झडपमा घाइते गोदावरी नगरपालिका–२ का आयुश भट्टलाई काठमाडौँ लगिएको छ ।

घाइते भएका ४७ कैदीबन्दी यी हुन्:

१) जिवन खत्री गोदावरी नगरपालिका– ९ कैलाली

२) रोशन शाही, धनगढी उपमहानगरपालिका– ५ कैलाली

३) जनक देउवा, धनगढी– ५ कैलाली

४) नविन नाथ, गौरिगंगा– ७ कैलाली

५। शरद चौधरी, धनगढी– ५ कैलाली

६) नरेश राना, धनगढी– १३ कैलाली

७( बसन्त खत्री, धनगढी– ८ कैलाली

८) राम निवास राना, धनगढी– १० कैलाली

९) कर्ण सलामी मगर, मोहन्याल– ३ कैलाली

१०) अभिषेक चौधरी, घोडाघोडी– ५ कैलाली

११) धिरज बम, बर्दगोरिया गाउँपालिका– १ कैलाली

१२) मेकेन्द्र गिरी, त्रिवेणी नगरपालिका– ८ बाजुरा

१३) रन्जित सिंह, लखिमपुर कवेरी, भारत

१४) निरज जैशी, जानकी गाउँपालिका– ९ कैलाली

१५) जगदिश राना, धनगढी– १० कैलाली

१६) हिमाल राना, धनगढी– ८ कैलाली

१७) बल राना, धनगढी–५ कैलानी

१८) हर्क गिरी, धनगढी– १८ कैलाली

१९) जनक भण्डारी, लम्कीचुहा– १० कैलाली

२०) किशोर खडायत, भिमदत्त– ८ कञ्चनपुर

२१) अमित भुल, टिकापुर– १ कैलाली

२२) कल्पेश बिष्ट, टिकापुर– १ कैलाली

२३) दीपक खत्री, गोदावरी– १० कैलाली

२४) दिनेश साउँद, लम्कीचुहा– १ कैलाली

२५) रवि चौधरी, धनगढी– ४ कैलाली

२६) अंकित बानिया, पालिनन्दन– १ नवलपरासी

२७) सिद्धार्थ बडेला, गोदावरी– ९ कैलाली

२८) बिवेक चौधरी, जोशीपुर–१

२९) मनिष चौधरी, कैलारी–८ कैलाली

३०) गौरब बम, शुक्लाफाँटा– ८ कञ्चनपुर

३१) विवस चौधरी, घोडाघोडी–३ कैलाली

३२) शिव थापामगर, टिकापुर– १ कैलाली

३३) अर्जुन खड्का, धनगढी– १३ कैलाली

३४) पुष्पेन्द्र रानार, लखिमपुर खिरि वनगाउ भारत

३५) नरेन्द्र घरेडी, डिलासैनी गाउँपालिका–२ बैतडी

३६) देवेन्द्र सिंह, जानकी गाउँपालिका–२ कैलाली

३७) सन्जु दमाई, बर्दगोरीया–३ कैलाली

३८) विरेन्द्र चौधरी, गोदावरी–१ कैलाली

३९) मानबिर चौधरी, धनगढी–८ कैलाली

४०) मिलन चन्द, धनगढी– ५ कैलाली

४१) बिरबहादुर बिष्ट

४२) आयुश भट्ट, गोदावरी– २ कैलाली

४३) एकेन्द्र भाट, धनगढी– ६ कैलाली

४४) सुरेश राना, पुनर्वास– १ कञ्चनपुर

४५) पंकज चौधरी, धनगढी–२ कैलाली

४६) मिनबहादुर बिष्ट, अमरगढी–४ डडेल्धुरा

४७) सुरेन्द्र बम, गोदावरी–८ कैलाली

कैलाली कारगारमा झडप भएको शुक्रबार पहिलोपटक होइन । बिहीबार राति पनि कैदीबन्दीबीच हानाहान भएको थियो। पाँच जना घाइते भएका थिए ।

कारागारमा फितलो सुरक्षाका कारण हिंसात्मक घटना : मानव अधिकार आयोग

मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले कैलाली कारागारमा शुक्रबार राति भएको घटनामा गम्भीर लापरबाही भएको औंल्याएको छ ।
मानव अधिकार आयोगको टोलीले कारागार कार्यालयको निरीक्षण गर्दै कारागार प्रशासन र फितलो सुरक्षाका कारण कारागारभित्र हिंसात्मक घटना भएको जनाएको हो ।
कारागार प्रशासनका प्रमुख विदामा भएको कारण समन्वयको अभाव, आन्तरिक सुरक्षामा लापरवाही,क्षमता भन्दा बढि कैदीबन्दी र कैदीबन्दीको स्थान्तरण पारदर्शी हिसाबले नभएको लगायतका कारणले घटना घटनाको मानव अधिकार आयोग धनगढीका प्रमुख प्रकाशदत्त भट्टले बताए ।

छानबिन समिति गठन

शुक्रबार रातिको घटनाको बिस्तृत अनुसन्धान गर्न जिल्ला सुरक्षा समितिको बैठकले कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा पाँच सदस्यीय छानवीन समिति गठन गरेको छ ।

शनिबार बिहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी जोशीको संयोजकत्वमा नेपाल प्रहरीका डीएसपी राजकुमार सिंह, सशस्त्र प्रहरीका डीएसपी जनकराज पन्त, अनुसन्धान अधिकृत दीपेन्द्र सिंह र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी सदस्य सचिव रहेको छानबिन समिति गठन गरेको हो । समितिलाई घटनाको छानबिन गरि १० दिनभित्र प्रतिवेदन पेश गर्न भनिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज