बडादशैंको तेस्रो दिन, चन्द्रघण्टा देवीको आराधना
बडा दसैं एवं नवरात्रको तेस्रो दिन आज नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको विशेष पूजा–आराधना हुँदैछ।
धर्मग्रन्थअनुसार, देवी चन्द्रघण्टाको हातमा चन्द्रमा अंकित घण्टा हुने भएकाले उनी ‘चन्द्रघण्टा’ नामले चिनिन्छिन्। उनको स्वरूप पहेंलो वर्णको हुन्छ र शान्त, करुणामयी तथा शक्तिशाली मानिन्छ। अत्याचारी र दानवीय प्रवृत्तिको नाश गर्ने देवीको रुपमा पनि उनी वर्णन गरिएको छ।
नेपाल संस्कृत विश्वविद्यालयका पूर्वप्राध्यापक तोयराज नेपालका अनुसार, चन्द्रघण्टा देवीको आराधनाले भक्तजनले अपार शक्ति प्राप्त गर्ने विश्वास छ। त्यस्तै, वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले देवीको कृपाले पाप नाश हुने, आत्मबल र तेज बढ्ने बताउनुभयो। विशेषगरी गीत–संगीत क्षेत्रमा लागेकाहरू देवी चन्द्रघण्टाको विशेष पूजा गर्ने प्रचलन छ।
नवरात्रको पहिलो दिन घटस्थापना गर्दै शैलपुत्री देवीको, दोस्रो दिन ब्रह्मचारि...












