Advertisement

सुदूरपश्चिम

अछाम- १ मा कांग्रेसका भरतकुमार स्वाँर विजयी, भीम रावल पराजित

अछाम- १ मा कांग्रेसका भरतकुमार स्वाँर विजयी, भीम रावल पराजित

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम- प्रतिनिधिसभा सदस्य उपनिर्वाचन अन्तर्गत अछाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वाँर विजयी भएका छन्। अन्तिम मत परिणामअनुसार स्वाँरले १० हजार ७५८ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार भीमबहादुर रावलले १० हजार २३० मत प्राप्त गरेका छन्। यस्तै नेकपा एमालेका उम्मेदवार दिपक साउँदले ७ हजार ३८६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमप्रकाश रावलले १ हजार ७४५ मत पाएका छन्। कडा प्रतिस्पर्धाका बीच सम्पन्न निर्वाचनमा कांग्रेसका स्वाँरले रावललाई ५२८ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।...
अछाम- १ मा भीम रावल पछि, भरतकुमार स्वाँरको अग्रता

अछाम- १ मा भीम रावल पछि, भरतकुमार स्वाँरको अग्रता

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम क्षेत्र नम्बर १ मा जारी मतगणनाको पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ। नेपाली कम्युनिष्ट पार्टीका भीम रावललाई उछिन्दै कांग्रेसका भरतकुमार स्वाँर अग्रस्थानमा पुगेका छन्। स्वाँरले ७ हजार २७७ मत प्राप्त गर्दा रावलले ७ हजार २३२ मत पाएका छन्। यस्तै, नेकपा एमालेका दिपक साउँदले ६ हजार ७९२ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका ओमप्रकाश रावलले १ हजार २७२ मत पाएका छन्।...
बझाङमा एमालेका ऐन महरको अग्रता कायमै, कांग्रेसका स्नेही पछ्याउँदै

बझाङमा एमालेका ऐन महरको अग्रता कायमै, कांग्रेसका स्नेही पछ्याउँदै

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बझाङमा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार ऐन महरले अग्रता बढाउँदै गइरहेका छन्। हालसम्मको मतगणनाअनुसार महरले १४ हजार ५५२ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन्। उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले १२ हजार ८६१ मत ल्याउँदै उनलाई पछ्याइरहेका छन्। तेस्रो स्थानमा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का मीनबहादुर कुँवरले ८ हजार ६७३ मत प्राप्त गरेका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शैलेन्द्र कुमार सिंहले ७ हजार ६४३ मत ल्याउँदै चौथो स्थानमा रहेका छन्। बझाङका आठ वटा पालिकाको मतगणना सम्पन्न भएसँगै एमाले उम्मेदवार महरले १ हजार ६९१ मतको अग्रता कायम गरेका छन्।...
बझाङकाे मतगणना अनिश्चित, राजनीतिक दल र मुख्य निर्वाचन अधिकृत बिच सहमति मिलेन

बझाङकाे मतगणना अनिश्चित, राजनीतिक दल र मुख्य निर्वाचन अधिकृत बिच सहमति मिलेन

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
 बझाङ - बझाङका मुख्यनिर्वाचन अधिकृत र राजनितीक दल बिच सहमति नमिल्दा बझाङकाे मतगणना अनिश्चित भएकाे छ । आज दिउसाे १ बजे बसेकाे सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गिएकाे छ । तिनचारहजार मत संगै मिसाएर गणना गर्ने मुख्यनिर्वाचन अधिकृत सुबरणणमान बनेपालिकाे अडान रहेकाे छ भने राजनीति दलले प्रत्येक बुथकाे छुट्टाछुट्टै गणना गर्ने भन्ने बिषय उठान भएपछि सर्वदलीय बैठ्क बिना निष्कर्ष टुङ्गिएकाे छ मुख्यनिर्वाचन अधिकृत सुवर्णमान बनेपालीका अनुसार छुट्टाछुट्टै बुथकाे मत गणना गर्दा पछि मतदातालाई असर पर्ने बताउदै सहमति नजुटेकाे हाे । प्रत्येक बुथकाे छुट्टाछुट्टै गणना गर्दा सच्चिने माैका मिल्ने राजनीतिक दलले अडान गरेका छन् । कतिखेर गणना सुरू हुने हाे भन्ने केही टुङ्गाे लागेकाे छैन् । बझाङबासी मत परिणामकाे प्रखाईमा आँखा तिरमिराई रहेका छन् । बझाङमा १ लाख २६ हजार ९ सय ३ मतदाता मध्ये ५८ हजार ९ सय ४४ मत खसेकाे छ । खसे...
चुनाव जित्नुअघि नै मन जिते एमाले नेता ऐन महरले

चुनाव जित्नुअघि नै मन जिते एमाले नेता ऐन महरले

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ : निर्वाचन परिणामको प्रतीक्षामा धेरै उम्मेदवारहरू अदालत र मतगणनाको निर्णयतर्फ नजर लगाइरहेका बेला एमाले नेता ऐन महर भने जनताको सेवामा निरन्तर खटिएको दृश्यले धेरैको ध्यान तानेको छ । काठमाडौंमा विद्यार्थी राजनीति गर्दादेखि नै सामाजिक काम र मानव सेवामा सक्रिय रहँदै आएका महरले चुनावी प्रतिस्पर्धाको बीचमा पनि आफ्नो सेवा भाव रोकेनन् । मतगणना कहिले सुरु होला भन्ने अन्योलका बीच धेरै नेता–कार्यकर्ता प्रतीक्षामा बसिरहेका बेला महर भने संकटमा परेका नागरिकको उद्धारमा जुटिरहेका छन् । बझाङको मष्टा गाउँपालिका–२, तुतिका निवासी टीका धामी माछा मार्न जाँदा लडेर गम्भीर घाइते भएपछि स्थानीयहरू अत्यन्त चिन्तित बनेका थिए । दुर्गम गाउँमा उपचार सम्भव नभएपछि तत्काल उद्धारको आवश्यकता देखिएको थियो । त्यही समयमा एमाले नेता ऐन महरले पहल गर्दै सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर घाइते धामीलाई तुरुन्तै उद्धार गर...
साइपाल गाउँपालिकाका मतदान केन्द्रमा पुग्न कर्मचारीलाई तीन दिन पैदल यात्रा

साइपाल गाउँपालिकाका मतदान केन्द्रमा पुग्न कर्मचारीलाई तीन दिन पैदल यात्रा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बझाङ- दुर्गम हिमाली भूगोलका कारण साइपाल गाउँपालिकाका मतदान केन्द्रमा निर्वाचन गराउन खटिएका कर्मचारी तथा सुरक्षाकर्मी तीन दिनसम्म पैदल हिँडेर कार्यक्षेत्रतर्फ प्रस्थान गरेका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार साइपालका तीन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक कर्मचारी तथा सुरक्षाकर्मीले निर्वाचन सामग्री बुझेर शनिबार, आइतबार र सोमबार गरी चरणबद्ध रूपमा सदरमुकाम चैनपुरबाट यात्रा सुरु गरेका हुन् । दुर्गम भूगोलका कारण सम्बन्धित केन्द्रसम्म पुग्न तीन दिनसम्म पैदल यात्रा गर्नुपर्ने भएकाले टोलीलाई समयमै पठाइएको मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले जानकारी दिनुभयो । कार्यालयका अनुसार काँडा माध्यमिक विद्यालय, काँडा मतदान केन्द्रमा मतदान अधिकृत दीपकराज जोशी, धुली माध्यमिक विद्यालय, धुली मतदान केन्द्रमा खगेन्द्र चन्द तथा सामुदायिक भवन, एराङकुरीडाँडा मतदान केन्द्रमा दिनेशप्रसाद पण्डित आ...
अछाम- १ मा दीपक साउँदको बलियो पकड, जितका १० आधार सार्वजनिक

अछाम- १ मा दीपक साउँदको बलियो पकड, जितका १० आधार सार्वजनिक

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम- अछामको राजनीतिमा एउटा महत्वपूर्ण मोड आएको छ । अछाम क्षेत्र नं. १ को चुनावी माहोलले दीपक साउँदको पक्षमा उर्लिएको छ । नेकपा एमाले अछामका अधिकांश संस्थापक नेताहरू पार्टीका आधिकारिक उम्मेदवार दीपक साउँदलाई विजयी गराउने अभियानमा एकजुट भएका छन् । पार्टी निर्माणको कालखणदेखि नै संगठनलाई मजबुत बनाउन भूमिका खेलेका यी नेताहरूको साथ, सहयोग र समर्थन दीपक साउँदको पक्षमा खुलेर प्रस्तुत भएको छ । यसले पार्टीभित्र दीपक साउँदको स्वीकार्यता र नेतृत्व क्षमतालाई स्पष्ट रूपमा उजागर गरेको छ । संस्थापक नेताहरूको यो एकताले दीपक साउँदको उम्मेदवारीलाई अझ बलियो बनाएको छ । गोकुल प्रसाद खनाल, भीम बहादुर कडायत, अमर बहादुर रोकाया, केशर बहादुर साउँद (पूर्व सम्पर्क सचिव) लगायत १८ जना संस्थापक नेताहरूको यो सूचीले अछाम एमालेको जरा गाडेको इतिहास र यसको प्रभावलाई देखाउँछ । अछामका प्रमुख संस्थापक नेताहरु, जसमा गोकुल प्र...
रामारोशन गाउँपालिकाको कार्यालय अगाडि युवकको आमरण अनसन, एमाले उम्मेदवार दिपकद्वारा माग पूरा गर्ने प्रतिबद्धता

रामारोशन गाउँपालिकाको कार्यालय अगाडि युवकको आमरण अनसन, एमाले उम्मेदवार दिपकद्वारा माग पूरा गर्ने प्रतिबद्धता

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
अछाम- रामारोशन गाउँपालिकाको कार्यालय अगाडि विभिन्न विकास निर्माण र सुशासनसम्बन्धी माग राख्दै एक युवकले अनसन सुरु गरेका छन्। रामारोशन गाउँपालिका–५ तल्लो पातलका २४ वर्षीय तिलक बटालाले शुक्रबार साँझ ६ बजेदेखि आमरण अनसन सुरु गरेका हुन्। बटालाले तल्लोपातल सडक, आडेखाँद सडक र अल्लेडी सडक निर्माणको अवस्था स्पष्ट गर्न तथा पर्यटकीय जयगढ–रामारोशन सडक कालोपत्रे कार्य किन अलपत्र परेको हो भन्ने प्रश्न उठाउँदै माग सम्बोधन नभएसम्म अनसन नतोड्ने बताएका छन्। तल्लो पातलमा सडक खै ?भन्दै तल्लोपातल बाट खाली खुट्टा हिडेर पालिका पुगेर अनसन सुरु गरेको हुन। जनताले वर्षौंदेखि भोग्दै आएको समस्या अनिवार्यरुपमा पुरा हुनुपर्ने बताएका छन् । उनले “भोट चल्ने, सडक नचल्ने”, “मत लिँदा पुग्ने, सडक दिँदा किन नपुग्ने?”, “मागेको भिक होइन, अधिकार हो”, “भ्रष्टाचारलाई जवाफदेही बना सरकार” जस्ता नारासहित संघर्ष जारी राख्ने बताएका...
राधिका भुजेलको प्रतिबद्धता- निर्वाचित भएपछि जनपक्षीय काम गर्ने, सूर्यमा मतदान गर्न आग्रह

राधिका भुजेलको प्रतिबद्धता- निर्वाचित भएपछि जनपक्षीय काम गर्ने, सूर्यमा मतदान गर्न आग्रह

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम - नेपाल कम्युनिष्ट पार्टी (एमाले) अछाम-१ की समानुपातिक उम्मेदवार राधिका भुजेल ले निर्वाचित भएपछि जनपक्षीय कामलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। जिल्लाको रामारोशन गाउँपालिका- ५ चौकामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै भुजेलले आफूहरूले जनताका वास्तविक समस्या नजिकबाट बुझेको बताउँदै आधारभूत आवश्यकता पूरा हुने गरी काम गर्ने संकल्प दोहोर्‍याइन्। महिला, बालबालिका तथा दलित समुदायको हितलाई केन्द्रमा राखेर कार्यक्रम अघि बढाइने उनको भनाइ थियो। पछिल्लो समय मतदातामा भ्रम सिर्जना गर्ने प्रवृत्ति बढेको उल्लेख गर्दै उनले स्व-विवेक प्रयोग गरी जनताको पक्षमा काम गर्ने उम्मेदवारलाई विजयी गराउन आग्रह गरिन्। “निर्वाचित भए जनताको अनुहारमा मुस्कान छर्नेछु,” उनले भनिन्। यसैबीच भुजेलले एमालेका प्रत्यक्षतर्फका उम्मेदवार दिपक साउँद युवा पुस्ताको प्रतिनिधि भएको दाबी गरिन्। युवाको चाहनाअनु...
फेरी डा. भीम रावल लाई अर्को धक्का, रामारोशन र  मेल्लेखबाट १८९ जना एमाले प्रवेश

फेरी डा. भीम रावल लाई अर्को धक्का, रामारोशन र मेल्लेखबाट १८९ जना एमाले प्रवेश

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम- नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार डा. भीम रावललाई चुनाव नजिकिँदै जाँदा दिनप्रतिदिन धक्का लागिरहेको छ। प्रतिनिधि सभा निर्वाचन आउन एक साता मात्र बाँकी रहँदा पार्टी परित्याग गर्नेको संख्या बढ्दै गएको हो। बुधबार रामारोशन गाउँपालिका-६ भटाकाटीया बाट ९२ जना नेकपा एमालेमा समाहित भएका थिए। त्यसको भोलिपल्ट आज पुनः रामारोशन गाउँपालिका-५ चौका मा आयोजित चुनावी आमसभामा विभिन्न पार्टी परित्याग गर्दै थप १०४ जना एमालेमा प्रवेश गरेको पालिका पार्टी कमिटी अध्यक्ष भीष्म साउँदले जानकारी दिए। उनका अनुसार नेपाली काँग्रेसबाट २२ जना, अन्य स्थानबाट ४ जना, भटाकाटीयाबाट ३ जना पूर्व जनमुक्ति सेना सदस्यसहित विभिन्न पृष्ठभूमिका व्यक्तिहरू एमालेमा समाहित भएका हुन्। प्रवेश गर्नेहरूमा पूर्व जनमुक्ति सेना कमान्डर कम्मानसिंह साउँद (जोसिला), सागर साउँद, नेपाली काँग्रेस जिल्ला सदस्य रिनारी दमाई, राजेन्द्र कठायत, ल...
एमाले र रास्वपाका कार्यकर्ताबीच बैतडीमा झडप, दुई जना घाइते

एमाले र रास्वपाका कार्यकर्ताबीच बैतडीमा झडप, दुई जना घाइते

Breaking News 1, ताजा अपडेट, बैतडी, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
बैतडी- बैतडीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताबीच झडप हुँदा एमाले निकट दुई जना घाइते भएका छन्। चुनावी प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रम गर्दै गर्दा डिलासैनी गाउँपालिका- ७ स्थित लेक टोलमा दुई पक्षबीच विवाद भई झडप भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहका अनुसार झडपमा परी एमाले निकट युवा संघका जिल्ला सदस्य जनक धामी र सोही ठाउँका माधव धामी घाइते भएका हुन्। प्रहरीका अनुसार जनक धामीको टाउको र निधारमा चोट लागेको छ भने माधव धामीको ढाड र दाहिने खुट्टामा चोट लागेको छ। दुवै जनाको गोकुलेश्वर अस्पताल, दार्चुलामा उपचार भइरहेको छ। घटनासम्बन्धी अनुसन्धानका लागि प्रहरीले रास्वपाका पाँच जना कार्यकर्तालाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको...
डा. भीम रावल लाई चुनाव अघि ठूलो धक्का, रामारोशन ६ बाट ९२ जना  एमालेमा प्रवेश

डा. भीम रावल लाई चुनाव अघि ठूलो धक्का, रामारोशन ६ बाट ९२ जना एमालेमा प्रवेश

Breaking News 1, अछाम, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
अछाम- चुनावको मिति नजिकिँदै जाँदा अछाम क्षेत्र नं- १ मा राजनीतिक सरगर्मी झन् बढेको छ। यही क्रममा डा. भीम रावल नेतृत्वको नेपाली कम्युनिष्ट पार्टी लाई ठूलो धक्का लागेको छ। जिल्लाको रामारोशन गाउँपालिका-६ मा आयोजित चुनावी आमसभाका बीच विभिन्न पार्टी परित्याग गर्दै ९२ जना नेकपा एमाले मा समाहित भएका छन्। एमाले उम्मेदवार दिपक साउँदको जन्मथलो भटाकाटियामा आयोजित कार्यक्रममा पूर्व माओवादी तथा हाल नेकपा, नेपाली काँग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका नेता-कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका हुन्। पालिका कमिटी अध्यक्ष भीष्म साउँदका अनुसार नेपाली कम्युनिष्ट पार्टीबाट ८४ जना, नेपाली काँग्रेसबाट ७ जना र राष्ट्रिय स्वतन्त्र पार्टीबाट १ जना गरी कुल ९२ जना एमालेमा समाहित भएका छन्। सुमन परियार, रमेश साउँद, रमित साउँद, कमल वि.क र लक्ष्मण साउँद लगायतका नेताहरूले आजैदेखि एमालेको सक्रिय सदस्यका रू...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज