बझाङ – बझाङका मुख्यनिर्वाचन अधिकृत र राजनितीक दल बिच सहमति नमिल्दा बझाङकाे मतगणना अनिश्चित भएकाे छ । आज दिउसाे १ बजे बसेकाे सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गिएकाे छ । तिनचारहजार मत संगै मिसाएर गणना गर्ने मुख्यनिर्वाचन अधिकृत सुबरणणमान बनेपालिकाे अडान रहेकाे छ भने राजनीति दलले प्रत्येक बुथकाे छुट्टाछुट्टै गणना गर्ने भन्ने बिषय उठान भएपछि सर्वदलीय बैठ्क बिना निष्कर्ष टुङ्गिएकाे छ
मुख्यनिर्वाचन अधिकृत सुवर्णमान बनेपालीका अनुसार छुट्टाछुट्टै बुथकाे मत गणना गर्दा पछि मतदातालाई असर पर्ने बताउदै सहमति नजुटेकाे हाे । प्रत्येक बुथकाे छुट्टाछुट्टै गणना गर्दा सच्चिने माैका मिल्ने राजनीतिक दलले अडान गरेका छन् । कतिखेर गणना सुरू हुने हाे भन्ने केही टुङ्गाे लागेकाे छैन् । बझाङबासी मत परिणामकाे प्रखाईमा आँखा तिरमिराई रहेका छन् । बझाङमा १ लाख २६ हजार ९ सय ३ मतदाता मध्ये ५८ हजार ९ सय ४४ मत खसेकाे छ । खसेकाे मतकाे कुल ४६प्रतिशत मत बझाङमा खसेकाे छ ।

