Advertisement

साइपाल गाउँपालिकाका मतदान केन्द्रमा पुग्न कर्मचारीलाई तीन दिन पैदल यात्रा

Advertisement

बझाङ- दुर्गम हिमाली भूगोलका कारण साइपाल गाउँपालिकाका मतदान केन्द्रमा निर्वाचन गराउन खटिएका कर्मचारी तथा सुरक्षाकर्मी तीन दिनसम्म पैदल हिँडेर कार्यक्षेत्रतर्फ प्रस्थान गरेका छन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार साइपालका तीन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत, सहायक कर्मचारी तथा सुरक्षाकर्मीले निर्वाचन सामग्री बुझेर शनिबार, आइतबार र सोमबार गरी चरणबद्ध रूपमा सदरमुकाम चैनपुरबाट यात्रा सुरु गरेका हुन् । दुर्गम भूगोलका कारण सम्बन्धित केन्द्रसम्म पुग्न तीन दिनसम्म पैदल यात्रा गर्नुपर्ने भएकाले टोलीलाई समयमै पठाइएको मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपालीले जानकारी दिनुभयो ।
कार्यालयका अनुसार काँडा माध्यमिक विद्यालय, काँडा मतदान केन्द्रमा मतदान अधिकृत दीपकराज जोशी, धुली माध्यमिक विद्यालय, धुली मतदान केन्द्रमा खगेन्द्र चन्द तथा सामुदायिक भवन, एराङकुरीडाँडा मतदान केन्द्रमा दिनेशप्रसाद पण्डित आफ्ना सहायक कर्मचारी र सुरक्षाकर्मीसहित शनिबार नै कार्यक्षेत्रतर्फ प्रस्थान गरेका छन् ।
यस्तै, साइपाल–१ अन्तर्गत धलौन माध्यमिक विद्यालय आसपासको मतदान केन्द्र तथा साइपाल–२ धलौन माध्यमिक विद्यालय धलौन मतदान केन्द्रमा खटिएका कर्मचारी भने आइतबार कार्यक्षेत्रतर्फ लागेका थिए ।
बझाङ जिल्लामा निर्वाचनका लागि दुई अस्थायी र १८९ स्थायी मतदान केन्द्र तोकिएका छन् भने १३७ मतदान स्थल निर्धारण गरिएको छ । तीमध्ये तीन सामान्य, ४९ संवेदनशील र ८५ अति संवेदनशील श्रेणीमा वर्गीकरण गरिएको छ । जिल्ला कारागार र जिल्ला समन्वय समितिको कार्यालयमा अस्थायी मतदान केन्द्र स्थापना गरिने निर्वाचन कार्यालयले जनाएको छ ।
दुर्गम भूगोल तथा सीमित यातायात सुविधाका कारण साइपाल क्षेत्रमा निर्वाचन सामग्री ढुवानी र जनशक्ति परिचालन चुनौतीपूर्ण हुने गरेको छ । निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र व्यवस्थित रूपमा सम्पन्न गर्न प्रशासनले आवश्यक सुरक्षा व्यवस्था मिलाइएको जनाएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं- मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फबाट विरोध चर...
केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

बझाङ- केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक वित्तीय प्रगति सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले बि...
कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

धनगढी- कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–६ ...
कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिह...
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर - सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको ...
बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

काठमाण्डाै- पटकपटकको बाढीपहिरोले क्षति भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा अब अवरुद्ध भए आधा घण...
सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं- आज सातवटै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोसी, वाग्मती,...
छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मा अवस्थित दानछडा झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण आकर्षक गन्तव्य हो। मनमोहक दृश्य र रमण...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज