Advertisement

सुदूरपश्चिम

प्रतिपक्ष बस्दा न्याय माग्ने अहिले निर्मला पन्त को बलात्कार पछि हत्या कता हरायो गृहमन्त्री ज्यु – एस आर भाट्ट

प्रतिपक्ष बस्दा न्याय माग्ने अहिले निर्मला पन्त को बलात्कार पछि हत्या कता हरायो गृहमन्त्री ज्यु – एस आर भाट्ट

Breaking News 1, Breaking News 2, Breaking News 3, कन्चनपुर, घटना, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
[ निर्मला पन्तको न्याय कहाँ हरायो..?] २०७५ साउन १० गते, कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो। त्यो दिन देश पुरै स्तब्ध थियो , सडकदेखि सदनसम्म आवाज उठ्यो। तर, आज ठिक सात वर्ष विती सक्दा पनि न त दोषी पहिचान भए, न त न्याय सुनिश्चित नै भयो..। कतिपय प्रमाण नष्ट गरियो, अनुसन्धानमा लापरबाही भयो, निर्दोषहरूलाई फसाउने प्रयास देखियो। समयसँगै घटना बिर्सने र जनताको आक्रोश शान्त हुने अपेक्षा राख्नेहरू सफल भएजस्तै देखिन्छ। तर प्रश्न आज पनि उस्तै छन्..!! किन दोषी अझै पहिचान भएका छैनन्..? किन अनुसन्धान निष्कर्षमा पुगेन..? निर्मला पन्त को हत्या भएको जिल्ला कञ्चनपुरकै अहिलेका गृहमन्त्री छन् तर किन अझै यो विषय उनीहरूको प्राथमिकतामा परेको देखिँदैन..? गृह मन्त्रालयको जिम्मेवारी लिने व्यक्ति नै घटनास्थलको भूगोल र समाजलाई नजिकबाट चिनेको अवस्थामा पनि यदि निष्पक्ष र प्रभाव...
कञ्चनपुरका पाँच स्थानीय तहमा आइतबार सार्वजनिक विदा

कञ्चनपुरका पाँच स्थानीय तहमा आइतबार सार्वजनिक विदा

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
महेन्द्रनगर- रानाथारु समुदायको प्रमुख पर्व तीजको अवसरमा कञ्चनपुरका पाँच स्थानीय तहले आइतबार (साउन ११ गते) सार्वजनिक बिदा दिने भएका छन्। बिदा दिने पालिकाहरूमा कृष्णपुर, पुनर्वास, बेलौरी नगरपालिका तथा लालझाडी र बेलडाँडी गाउँपालिका रहेका छन्। बेलौरी नगरपालिकाका कार्यवाहक प्रमुख जोगराम चौधरीका अनुसार पालिकाले हरेक समुदायका पर्वलाई सम्मान गर्दै रानाथारु समुदायको सांस्कृतिक महत्वलाई ध्यानमा राखी बिदा दिने निर्णय गरेको हो। उनले धार्मिक तथा सांस्कृतिक चाडपर्वले सामाजिक एकता बलियो बनाउने भन्दै खर्चिलो बनाउनेभन्दा पनि आर्थिक मितव्ययिता अपनाउन आग्रह गर लालझाडी गाउँपालिकाले भने रानाथारु महिलाको तीज पर्व र थारु समुदायको गुरही पर्वको अवसरमा साउन ११ र १३ गते दुई दिन सार्वजनिक बिदा दिएको जनाएको छ। गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार यी पर्व समुदायको मौलिक सांस्कृतिक पहिचानसँग जोडिएका छन्। रानाथ...
चरेस प्रकरण मिलाइदिने भन्दै बुङ्गल नगरपालिकाका मेयर धामीले एक लाख घुस लिएको आरोप

चरेस प्रकरण मिलाइदिने भन्दै बुङ्गल नगरपालिकाका मेयर धामीले एक लाख घुस लिएको आरोप

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- चरेस प्रकरण मिलाइदिने भन्दै बझाङको बुङ्गल नगरपालिकाका मेयर जयबहादुर धामीले एक लाख रुपैयाँ घुस लिएको आरोप लागेको छ। स्थानीय गोपाल धामीले सार्वजनिक गरेका विवरण अनुसार, झण्डै एक वर्षअघि चरेससहित प्रहरीले नियन्त्रणमा लिएको गाडीको मुद्दा मिलाइदिने भन्दै मेयर धामीले पैसा लिएको दाबी गरेका छन्। गोपाल धामीका अनुसार, मुद्दा मिलाउने नाममा मागिएको पैसा मेयरको खातामा पठाइएको थियो, तर न मुद्दा मिल्यो, न त अन्य कुनै सहजीकरण भयो। फेसबुकमा प्रमाणसहितको खुलासा गोपाल धामीले आफ्नो सामाजिक सञ्जालमार्फत पैसा पठाएको भनी स्क्रिनसटसहितको पोस्ट सार्वजनिक गरेका छन्। उक्त पोस्टमा उनले मेयर धामीले आफूलाई ढाँटेको, घुस लिएर पनि काम नगरेको बताएका छन्। सामाजिक सञ्जालमा विवाद चुलिएपछि मेयर धामीले पैसा फिर्ता गर्ने बताएका छन्। "लिएको हुँ, तर फिर्ता गर्छु": मेयरको भनाइ टेलिफोन संवादमा मेयर जय...
दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई कर्मचारी किर्ते र जालसाजी अभियोगमा पक्राउ

दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई कर्मचारी किर्ते र जालसाजी अभियोगमा पक्राउ

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुला-  शैल्यशिखर नगरपालिकाका दुई कर्मचारी सरकारी कागजात किर्ते र जालसाजीको आरोपमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा नगरपालिकाको कृषि शाखा प्रमुख दीपकराज विष्ट र भेटेरिनरी प्राविधिक जनकसिंह धामी रहेका छन्। जनकसिंह धामी शैल्यशिखर नगरपालिकाका नगरप्रमुख विजयसिंह धामीका छोरा समेत हुन्। जिल्ला अदालतको अनुमति लिएर बुधबार उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक कान्तिराज जोशीले जानकारी दिए। जोशीका अनुसार, उनीहरूलाई मालिकार्जुन अगुवा कृषक समूहसम्बन्धी कागजातमा किर्ते गरी ‘ओखर पकेट क्षेत्र’ कार्यक्रमको रकम निकाल्ने प्रयत्न गरेको आरोपमा पक्राउ गरिएको हो। अनुसन्धानबाट खुल्न आएअनुसार, कृषि शाखा प्रमुख विष्ट र प्राविधिक धामीले समूहका कोषाध्यक्ष जानकी धामी र सचिव मञ्जु धामीलाई मृत देखाउँदै झूटा कागजात तयार पारेका थिए। निष्क्रिय रहेको समूहको बैंक...
सुर्योदय मावि चुवाबनमा आर्थिक अनियमितता, विद्यालय व्यवस्थापन समिति अध्यक्ष जाग्रीमाथि आरोप

सुर्योदय मावि चुवाबनमा आर्थिक अनियमितता, विद्यालय व्यवस्थापन समिति अध्यक्ष जाग्रीमाथि आरोप

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको दुर्गाथली गाउँपालिका–६ चुवाबनमा रहेको सुर्योदय माध्यमिक विद्यालयको फिल्ड निर्माणका क्रममा आर्थिक अनियमितता भएको खुलेको छ। २०८० चैत ८ गते विद्यालय व्यवस्थापन समितिको बैठकले विद्यालयको आन्तरिक कोषबाट फिल्ड निर्माण गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार निर्माण कार्य सम्पन्न गरिए पनि खरिद गरिएका सामाग्रीको भुक्तानी अहिलेसम्म गरिएको छैन। सामाग्री खरिदका क्रममा एउटै मितिको दुई फरक बिल प्रस्तुत गरिएको भेटिएको छ। पूर्व वडाध्यक्ष तथा नेकपा माओवादी केन्द्रका नेता समेत रहेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष धीरजबहादुर जाग्रीले एउटै मितिमा एउटै सामग्रीका लागि दुई फरक रकम उल्लेख गरी बिल तयार पारी अनियमितता गर्न खोजेको आरोप लागेको छ। एउटा हार्डवेयर बाट मिति २०८१ वैशाख २१ गते बिल नं. ९६७ अनुसार ग्याबियन ३ लाख २० हजार, ग्याबियन तार ९ हजार ५ सय, ट्र्याक्टर भाडा १४ हजार र ...
महाराष्ट्रमा नेपाली युवा राजु चौधरीको रहस्यमय मृत्यु, शव नेपाल ल्याउने तयारी

महाराष्ट्रमा नेपाली युवा राजु चौधरीको रहस्यमय मृत्यु, शव नेपाल ल्याउने तयारी

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार
भारतको महाराष्ट्र राज्यअन्तर्गत रत्नागिरी जिल्लाको राजापुर क्षेत्रस्थित एक उद्योगमा कार्यरत नेपाली युवा राजु चौधरीको रहस्यमय परिस्थितिमा मृत्यु भएको छ। कैलालीको गौरिगङ्गा नगरपालिका–४, राजीपुर खल्ला शिविरका अन्दाजी २३/२४ वर्षीय चौधरी विगत दुई वर्षदेखि सोही क्षेत्रमा श्रमिकको रूपमा कार्यरत थिए। उनको असमायिक र शंकास्पद मृत्युको खबरले प्रवासी नेपाली समुदाय स्तब्ध भएको छ। दैनिक श्रम मार्फत परिवारको भविष्य सुनिश्चित गर्ने प्रयासमा रहेका चौधरीको निधनले परिवार, समाज र प्रवासी नेपालीबीच शोकको वातावरण छाएको छ। मृतक चौधरीको पार्थिव शरीर नेपाल ल्याई परिवारको जिम्मा लगाउने पहल गौरिगङ्गा नगरपालिका युवा क्लबका अध्यक्ष मुक्ति खनाल, मृतकका आफन्तजन र प्रवासी नेपाली सम्पर्क मञ्च–भारत का केन्द्रीय उपप्रमुख दिपक राज आचार्य को विशेष समन्वयमा गरिएको हो। हाल शव नेपाल पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जना...
दार्चुलाको नेपाल–चीन सीमानाका साउन ७ देखि ९ गतेसम्म खुल्ने

दार्चुलाको नेपाल–चीन सीमानाका साउन ७ देखि ९ गतेसम्म खुल्ने

Breaking News 1, ताजा अपडेट, दार्चुला, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दार्चुला- दार्चुलाको व्यास गाउँपालिका–१ मा पर्ने नेपाल–चीन सीमानाका (टिङ्करभन्ज्याङ १ नम्बर पिल्लर) साउन ७ देखि ९ गतेसम्म खुल्ने भएको छ। चीनको तिब्बतस्थित ताक्लाकोट प्रशासनले छाङरु र टिङ्करका स्थानीय व्यापारीलाई नाका खुल्नेबारे जानकारी गराएको हो। नाका खुल्ने सूचना पाएपछि यहाँका व्यापारी चीनको ताक्लाकोटतर्फ व्यापारका लागि तयारीमा जुटेका छन्। व्यापारी योगेश बोहराका अनुसार नेपाली व्यापारीले ताक्लाकोटमा नेपाली तथा भारतीय सामानको व्यापार गर्दै आएका छन्। उनका अनुसार हाल ७०–८० जना व्यापारी यसमा संलग्न छन्। नेपाल–चीनमैत्री संघका केन्द्रीय सदस्यसमेत रहेका बोहराले जिल्ला प्रशासनलाई जानकारी दिएको बताए पनि प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले भने तिब्बत प्रशासनको आधिकारिक पत्र प्राप्त नभएको जनाएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार यस वर्ष व्यास गाउँपालिकाका १४६ जनाले तिब्बत प्रवेश अनुमति नव...
दुई दशकदेखि पुलमुनि जीवन, शुक्लाफाँटाका २८ परिवार अझै बेघर

दुई दशकदेखि पुलमुनि जीवन, शुक्लाफाँटाका २८ परिवार अझै बेघर

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–११ स्थित बनहरा पुलमुनि २८ सुकुम्बासी परिवार दुई दशकदेखि अस्थायी टहरामा बसोबास गर्दै आएका छन्। डडेल्धुराको आलितालबाट विस्थापित दलबहादुर बोहरा सन् २०६२ सालदेखि बनहरा पुलको छेउमा पाल टाँगेर बस्न थालेका हुन्। “सम्पत्तिका नाममा केही छैन, कहिले काम पाइन्छ, कहिले पाइँदैन,” उनले भने। उनका अनुसार वर्षायाममा बाढी, सर्प र जङ्गली जनावरको त्रास बढ्ने गरेको छ। बाढीबाट जोगिनका लागि उनीहरू राजमार्गको थोरै अग्लो भूभागमा टहरा बनाएर बसेका छन्। राजमार्ग छेउमै बस्दै आएका अर्का स्थानीय लक्ष्मण विष्ट भन्छन्, “संघीयदेखि स्थानीय तहका पदाधिकारी ओहोरदोहोर गर्छन्, तर कसैले हाम्रो पीडा बुझ्दैनन्।” उनीहरू बारम्बार स्थानीय तहमा सुरक्षित बासको माग गरे पनि सुनुवाइ नभएको गुनासो गर्छन्। सुकुम्बासी प्रेमबहादुर साउदले भारतमा १३ वर्ष मजदुरी गरेर फर्किएपछि पनि यहाँ काम नपाएको बताए। “अब त...
मनसुन सक्रिय, सुदूरपश्चिमसहित अधिकांश प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुन सक्रिय, सुदूरपश्चिमसहित अधिकांश प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking News 1, कर्णाली प्रदेश, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशभर आंशिकदेखि सामान्य बदलीको स्थिति रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। सोमबारको मौसम पूर्वानुमान अनुसार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। ती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ। त्यस्तै, देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना ...
सुदूरपश्चिमका स्वास्थ्यकर्मीको आन्दोलन: आकस्मिक बाहेकका सेवा ठप्प

सुदूरपश्चिमका स्वास्थ्यकर्मीको आन्दोलन: आकस्मिक बाहेकका सेवा ठप्प

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
धनगढी- सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरू प्रदेश सरकारले ल्याएको स्थानीय सेवा ऐनमा विभेद गरिएको भन्दै आन्दोलनमा उत्रिएका छन्। उनीहरूले आजदेखि आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गरेका छन्। स्थानीय तह स्वतन्त्र स्वास्थ्यकर्मी संघर्ष समितिका अनुसार न्यायोचित माग समेटेर प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाए पनि बेवास्ता गरेपछि सेवा ठप्प पार्नुपरेको हो। समितिका संयोजक राजेन्द्रसिंह साउँदले समायोजन ऐन २०७५ र स्वास्थ्य सेवा ऐन २०५३ अनुसार तह वृद्धि र पदनाम कायम गर्नुपर्ने माग दोहोर्‍याएका छन्। बैतडीको भौनेली स्वास्थ्यचौकी प्रमुख सुरेन्द्रसिंह महराका अनुसार सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेक सबै सेवा बन्द छन्। स्वास्थ्यकर्मीहरूले समायोजन प्रक्रियामा सुरु देखिनै विभेद भएको र अहिलेको ऐनले पनि समान व्यवहार नगरेको आरोप लगाएका...
कञ्चनपुरमा जंगली हात्तीको आतंक, स्थानीय त्रसित

कञ्चनपुरमा जंगली हात्तीको आतंक, स्थानीय त्रसित

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लाका बासिन्दा जंगली हात्तीको आतंकबाट त्रसित भएका छन्। साउन २ गते मध्यरातमा एउटा हात्तीले मन्सरादेवी साउदको घर भत्काई अन्नपात सखाप पारेपछि त्रास झनै बढेको हो। मन्सरा साउदका अनुसार राति १ बजे घरको पर्खाल हल्लिएपछि उनी छोरासहित भागेर छिमेकीकहाँ शरण लिइन्। हात्तीले घर भत्काएर भित्रको खाद्यान्न खाएर बाँकी नष्ट गरेको उनले बताइन्। छिमेकी देवकी भट्टका अनुसार हात्तीले मन्सराको घरमात्रै तोडफोड गर्छ, वरिपरिका घरलाई छुँदैन। गत वर्ष पनि मन्सराकै खेतको धान सखाप बनाएको थियो। यस्तै, केही दिनअघि मणि साउदको घरमा पनि हात्तीले क्षति पु¥याएको छ। स्थानीय गौरी साउदले बस्तीमा सडकबत्ती नहुँदा राति खतरा थपिएको बताइन्। अँध्यारोमा हात्ती आएको थाहा नहुने र क्षति भएपछि मात्र जानकारी हुने भएकाले ज्यान जोगाउन गाह्रो हुने गरेको छ। ऐश्वर्या सामुदायिक वनको सीमामा प...
बझाङको चैनपुरबाट लागुऔषधसहित दुई जना पक्राउ

बझाङको चैनपुरबाट लागुऔषधसहित दुई जना पक्राउ

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ– बझाङको सदरमुकाम चैनपुरबाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित सन्दीपन बोहराको कोठाबाट करिब १०० ग्राम लागुऔषध बरामद गरिएको हो। प्रहरीले २४ वर्षीय सन्दीपन बोहरा र सुर्मा गाउँपालिका–२ का २८ वर्षीय सागर बोहरालाई सोही कोठामा लागुऔषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय, बझाङले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज