आज देशभर साधारण बदली, सुदूरपश्चिम र कर्णालीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ- मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ। यसको प्रभावले देशभर साधारणतया बदली रहेको छ।
बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
आज राति पनि देशभर साधारण बदली रहनेछ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा र अन्य पहाडी तथा तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने देखिएको छ। साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भा...












