देशभर साधारण बदली, कर्णाली र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
काठमाडौँ- हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ भने बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा सक्रिय देखिएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली रहँदा बाँकी भूभागमा आंशिक बदली देखिएको छ। यस क्रममा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
सोमबार देशभर साधारणतया बदली रहने पूर्वानुमान छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थान, लुम्बिनी प्रदेश र अन्य प्रदेशका केही पहाडी तथा तराईका स्थानमा मध्यम वर्षा पर्ने सम्भावना छ।
त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाख...












