Advertisement

सुदूरपश्चिम

डेङ्गु बाट बच्न स्वास्थ्य कार्यालयकाे जनचेतनामूलक अभियान सहित गाेष्ठी सम्पन्न

डेङ्गु बाट बच्न स्वास्थ्य कार्यालयकाे जनचेतनामूलक अभियान सहित गाेष्ठी सम्पन्न

बझाङ, स्वास्थ्य
बझाङ / जिल्ला स्वास्थ्य कार्यालय बझाङले डेङ्गु बाट बच्नु विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएकाे जिल्लाकाे विभिन्न स्थानमा पछिल्लो समय फैलिएको डेङ्गु राेगलाई कसरी नियन्त्रणमा लिन सकिन्छ अर्थात यस राेगवाट बच्न सकिन्छ भन्ने शन्दर्भमा जिल्ला प्रशासनकाे सभाहलमा सराेकारवाला सँग अन्तरक्रिया कार्यक्रम गरेको थियाे । विगत केही समय देखि देशभरि फैलिएको डेङ्गु राेगबाट बझाङ पनि अछुतो रहन सकेन । बझाङ जिल्लामा पनि डेङ्गु बिरामी बढ्दै गएको बताउदै जिल्ला स्वास्थ्य कार्यालयले यस बाट सबैलाई बच्न अनुराेध गरेकाे फाेकल प्रसन नारायण जाेशीले बताए । जाेशीका अनुसार हाम्रो जिल्लामा हामीले डाटा लिएका छाै । करीब २ सय भन्दा बढीमा यस्तो राेग देखा परेकाे छ । यसका विभिन्न चरणहरु हुन्छन । कतिपय हाम्रो स्वस्थ्य शाखा र जिल्ला अस्पतालमा सम्पर्क राख्छन भने कतिपय घरमै बसेर ठिक भएको देखिन्छ । नारायण जाेशीले फ...
जिल्ला स्तरीय स्वास्थ्य कार्यक्रमहरुकाे बार्षिक प्रगति समीक्षा तथा याेजना तर्जुमा गाेष्ठी सञ्चालन

जिल्ला स्तरीय स्वास्थ्य कार्यक्रमहरुकाे बार्षिक प्रगति समीक्षा तथा याेजना तर्जुमा गाेष्ठी सञ्चालन

बझाङ, स्वास्थ्य
बझाङ जिल्लामा जिल्ला स्तरीय स्वास्वास्थ्य कार्यक्रमहरुकाे बार्षिक प्रगति समीक्षा तथा याेजना तर्जुमा गाेष्ठी सञ्चालन भएको छ । आज जिल्ला स्वास्थ्य कार्यालय बझाङकाे आयाेजनामा कार्यक्रम सञ्चालन भएको हाे । स्वास्थ्य कार्यालयकाे सभाहलमा जिल्लाका प्रत्येक स्थानीय तहमा रहेका स्वास्थ्य शाखा प्रमुखहरुकाे उपस्थितिमा कार्यक्रम गरिएको थियाे । सभाहलमा सञ्चालीत कार्यक्रममा जिल्ला भरिका सबै स्वास्थ्य शाखाले गरेको प्रगति विवरण र आगामी दिनमा कसरी जाने जनमानसमा स्वास्थ्य पहुँच लाई अझै कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा गहन छलफल हुने नारायण जाेशीले बताए । स्वास्थ्य कार्यालय बझाङले आयाेजना गरेको कार्यक्रममा तथ्यांक अधिकृत कटक बहादुर सार्कीले स्वागत मनतव्य सहित स्वास्थ्यमा कसरी सुधार गर्नु पर्छ भन्दै,विभिन्न समिक्षा कसरी गर्न सकिन्छ आगामी बर्षमा के कस्ता कार्यक्रम ल्याउन सकिन्छ भन्ने बारे प्...
एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन

बझाङ, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । सोमबार राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेको अस्पताल स्रोतले जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली पनि अहिले त्रिवि शिक्षण अस्पताल पुगेका छन् । पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए । इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आएका थिए । २०३३ सालमा राजद्रोह मुद्दामा उनी केही समय जेल परेका थिए । २०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्य...
बझाङमा एक महिला दुई हप्तादेखि बेपत्ता

बझाङमा एक महिला दुई हप्तादेखि बेपत्ता

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङमा एक महिला बेपत्ता भएकि छिन् । जिल्लाको मष्टा गाउँपालिका–५ द्वारीकी मिना बुढा यहीँ भदौ ७ गतेदेखि बेपत्ता भएकि हुन् । मिना यही भदौ ७ गते बिहान घरबाट मष्टा गाउँपालिका वडा नम्बर ३ सेरागाउँमा रहेको माइतीघर जान्छु भनेर घरबाट हिडेकी थिइन् । केही दिनमा घर नफर्किएपछि र्माइतीघरमा सम्पर्क गर्दा उता पनि नआएको भन्ने बुझिएको भतिजो नाता पर्ने सुन्दर बुढाले बताए । आफन्त सहित सबै ठाउँमा लगातार खोजी गर्दा समेत नभेटेपछि जिल्ला प्रहरी कार्यलय बझाङमा समेत खोजी गरिदिन माग गर्दै निवेदन दिएको परिवार स्रोतले जनाएको छ बेपत्ता महिलाका दुई छोरा र दुई छोरी रहेका छन् । यदि कसैले उनलाई कतै भेटे वा देखेमा नजिकैको प्रहरी अथवा 9843332785 र 9822110636 मा सम्पर्क गरिदिन समेत आफन्तको आग्रह छ ।...

भ्रष्टाचार गरेको आफैबाट खुलासा गर्ने वनका हाकिम भट्टलाई मुख्यमन्त्री शाह र भौतिकमन्त्री देउवाले किन च्यापे काखी ?

कैलाली, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
विभागिय मन्त्रीलाई अश्लिल गाली बेईज्जती गर्ने र मातहतका कार्यालयबाट घुस रकम आएको आफैले भिडियो मार्फत बोलेपछि विवादमा तानिएका सुदूरपश्चिमको वन निर्देशनालयका तत्कालीन निर्देशक कृष्ण भट्टलाई मन्त्रालय तानिएको छ । विभागीय मन्त्रीलाई गालीगलौज गरेको र मातहतका जिल्लाका वन कार्यालयबाट अवैध रकम असुली गरेको भिडिओ सार्वजनिक भएका वन निर्देशक भट्टलाई मन्त्रालय तानिएको हो । केही समयअघि भट्टले आफूले आफैंलाई भ्रष्ट करार गर्नेगरी जिल्लाका वन कार्यालयबाट पैसा उठाएको कुरा बोक्दै गरेको भिडिओ नै सार्वजनिक भएको थियो ।जबकी उनलाई कसैले आरोप नभई स्वयम आफैले मातहतका कार्यालयबाट रकम आएको आउन बाँकी रहेको विषय आफ्नै मुखबाट खुलासा गरेका थिए ।वन मन्त्रालयका निमित्त प्रमुुख जनक पाध्यायले भट्टलाई विभागीय कारवाहीका लागि स्पष्टिकरण माग्दै मन्त्रालय तानिएको पुष्टि गरेका छन । वन मन्त्रालयले भट्टले डिभिजन वन कार्यालय...
बझाङमा पनि मनाइयो २० औं निजामती सेवा दिवस

बझाङमा पनि मनाइयो २० औं निजामती सेवा दिवस

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङमा पनि २० औं निजामती सेवा दिवस मनाइएको छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ जिल्लामा विभिन्न कार्यक्रम गरी आज निजामती सेवा दिवस मनाएको हो । जिल्ला प्रशासन कार्यालय बझाङको आयोजनामा प्रभातफेरीका साथै विभिन्न औपचारिक कार्यक्रम गरेर २० औं निजामती सेवा दिवस मनाइएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ । दिवसको अवसरमा आज जिल्ला प्रशासन कार्यालयबाट चैनपुर बजारमा प्रभातफेरी कार्यक्रम, महिला कर्मचारीहरुको हन्डिफोर र जिल्लाब्यापी अन्तर कर्मचारी ब्याटमिन्टन प्रतियोगिता गरिएको छ । दिबसको अबसरमा कर्मचारी मिलन केन्द्र बझाङले सञ्चालन गरेको डबल ब्याटमिन्टन प्रतियोगिताबाट बिजेता टिमलाई पुरस्कार हस्तान्तरण सहित सम्मान गरिएकोे छ । ब्याटमिन्टन प्रतियोगितामा बिजेता टिमलाई प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेद्वारा नगद पुरस्कार सहित प्रमाणपत्र हस्ता...
आज ‘श्रीकृष्णजन्माष्टमी’, देशभर सार्वजनिक बिदा

आज ‘श्रीकृष्णजन्माष्टमी’, देशभर सार्वजनिक बिदा

बझाङ, बार्षिक, मुख्य समाचार, सुदूरपश्चिम
वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ। यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ। अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए। कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्...
जयपृथ्वी नगरपालिका – ७ मा सुवेडामा एकैदिन बाघले ८ बाख्रा मार्‍यो, स्थानीय त्रसित

जयपृथ्वी नगरपालिका – ७ मा सुवेडामा एकैदिन बाघले ८ बाख्रा मार्‍यो, स्थानीय त्रसित

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
जयपृथ्वी नगरपालिका वडा नम्बर ७ मा बाघ आतंक बढेको छ । बाघले स्थानीय हिजो पानी काफल सामुदायिक वनमा चराउन लगेका ८ बाख्रा मारेको छ भने एक बाख्रालाई शक्त घाइते बनाएको छ । जयपृथ्वी नगरपालिका ७ का स्थानीय लोकबहादुर बम्मको ६ बाख्रा र जयप्रकाश बम्मको २ बाख्रा मारेको छ भने जयप्रकाश बम्मको एक बाख्रा शक्त घाइते बनाएको छ । बाघले तर्साउँदा लोकबहादुर बम्मको अझैं दुईवटा बाख्रा हराइरहेका छन् । यसअघि गत फागुनमा पनि बाघले एक बाख्रा खाएको थियो । पिडित लोकबहादुर बम्मका अनुसार आजभोली पानी काफल सामुदायिक वनमा दिनदाहडै बाघले बाख्रा मार्ने र मानिसलाई तर्साउने गरेको छ । बाघको आक्रमणबाट लोकबहादुर बम्म र जयप्रकाश बम्मको झण्डै साढे दुइ लाखको क्षति हुन गएको प्रहरीले जनाएको छ । पानीकाफल बनमा अहिले बढ्दो आतंकले त्यहाँका मानिसहरु त्रसित बनेका छन् ।...
खापरदेव क्याम्पस कालुखेतीको व्यवस्थापन समिति अध्यक्षमा सिहँ

खापरदेव क्याम्पस कालुखेतीको व्यवस्थापन समिति अध्यक्षमा सिहँ

बझाङ, मुख्य समाचार, शिक्षा, सुदूरपश्चिम
बझाङ : खापरदेव क्याम्पस कालुखेतीको व्यवस्थापन समिति अध्यक्षमा दिपेन्द्र बहादुर सिहँ सर्वसम्मत चयन हुनुभएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त खप्तडछान्ना गाउँपालिका ५ मा रहेको उक्त क्याम्पसको नयाँ व्यवस्थापन समिति अध्यक्षमा दिपेन्द्र बहादुर सिहँ सर्वसम्मत चयन हुनुभएको हो। वि.सं २०७० सालमा स्थापना भएको खप्तडछान्ना गाउँपालिकाकै एक मात्र खापरदेव क्याम्पसमा निवर्तमान अध्यक्ष गणेश थापाले आफ्नो जिम्मेवारी हस्तान्तरण गरेपछि सिहँ दोस्रो कार्यकालका लागि चयन हुनुभएको छ । स्थापना भएको १० वर्षसम्म पनि जिर्ण भवनमा पठनपाठन गर्नुपर्ने,शैक्षिक गुणस्तर सुधार नभएको लगाएतका थुप्रै समस्या देखेपछि क्याम्पस र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको समग्र विकासका लागि आफुले जिम्मेवारी सम्हालेको अध्यक्ष सिहँले बताउनुभयो । साथै उहाँले आगामी दिनहरूमा क्याम्पसको आर्थिक,भौतिक र शैक्षिक गुणस्तर माथि ...
एसिया कप क्रिकेट : नेपालले भारतसँग खेल्दै

एसिया कप क्रिकेट : नेपालले भारतसँग खेल्दै

खेलकुद, बाजुरा, मुख्य समाचार, सुदूरपश्चिम
एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दै छ । खेल दिउँसो सवा ३ बजे श्रीलङ्काको पालेकेले इन्टरनेसनल क्रिकेट रङ्गशालामा हुनेछ । आजको खेलको विजेता टोली सुपर फोरमा पुग्नेछ । यस्तै, खेल रद्द भएमा भारतले सुपर फोरमा स्थान बनाउने छ । नेपाल र भारत पहिलो पटक सिनियर टोलीमा आमनेसामने हुन लागेका हुन् । नेपालले सन् २०१७ मा भने भारतको १९ वर्षमुनिको टोलीसँग खेलेको थियो । समूह ‘ए’ मा रहेका नेपाल र भारतले समान एक–एक खेलका छन् । उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित भएको थियो भने भारत र पाकिस्तानको खेल वर्षाका कारण रद्द भएको थियो । समूह ‘ए’ मा पाकिस्तान शीर्ष स्थानमा छ । त्यस्तै, भारत दोस्रो स्थानमा रहँदा नेपाल तेस्रो स्थानमा छ । पाकिस्तान सुपर फोरमा पुगिसकेको छ । भारतको एक खेलमा एक अङ्क छ । एक खेल खेलेको नेपाल अङ्कविहीन छ । यसैबीच, भारतीय तीव्र गतिका बलर जसप्रित बुमराहले एस...
जिल्ला अस्पताल बझाङमा जनशक्ति अभावका कारण सेवा प्रवाहमा समस्या

जिल्ला अस्पताल बझाङमा जनशक्ति अभावका कारण सेवा प्रवाहमा समस्या

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
जिल्ला अस्पताल बझाङमा जनशक्ति अभावका कारण सेवा प्रवाहमा समस्या भएको बताइएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सोनु सिहँले आज सामाजिक सञ्जाल मार्फत जिल्ला अस्पताल बझाङमा जनशक्ति अभावका कारण सेवा प्रवाहमा समस्या भएको जानकारी गराउनुभएको छ । जिल्लाका नागरिकहरुको एक मात्रै आशा भरोसाको रुपमा रहेको जिल्ला अस्पतालमा केहि समय अघि तिनजना चिकित्सकले छोडेर गएपछि अहिले चारजना मेडिकल अफिसरको भरमा अस्पताल चलाउनुपर्ने बाध्यता आएको अध्यक्ष सिहँको भनाई छ । उहाँले दुई महिनादेखि नै अस्पतालमा नयाँ डक्टर पठाउनुपर्ने माग सहित बारम्बार पत्राचार गर्दा पनि केन्द्र र प्रदेशबाट कुनै सुनवाइ नभएको गुनासो गर्नुभएको छ । अहिले जिल्ला अस्पताल बझाङमा दैनिक एक सय ५० देखि दुई सयसम्म विभिन्न समस्याहरु लिएर बिरामीहरु आउने गरेको भएपनि प्रयाप्त जनशक्ति नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको अस्पताल स्रोतले जनाएको छ । अस्...

लागू औषध न्युनीकरण गर्न गौरिगङ्गा ५ मा समिति गठन

कैलाली, सुदूरपश्चिम
अहिले देश भरी नै लागूऔषधले निकै उग्र रुप लिइ रहेको अवस्था छ । देश भरिका अधिकाशं युवा हरु लागू औषध को लत मा लागि हत्या, हिंसा जस्ता जघन्य अपराध संग संलग्न भएको देखिन्छ । त्यसै बिच कैलाली जिल्ला को जिल्ला गौरिगङ्गा ५ अन्डैया मा लागू औसध रोखथाम गर्न वार्ड सरकार को सहकार्यमा आफ्नो गाउँ आफै सुधारौ भन्ने मुल नाराका साथ अभियान संचालन गरिएको छ। उक्त अभियान ले गाउँ मा भइरहेका अनैतिक कार्यहरु गर्ने ड्रग्स , ब्राउन सुगर , र नाबालक हरुले रक्सी सेवन जस्ता कार्य बाट बचाउन अभियान सन्चान गरिएको छ । उक्त अभियान ले इलाका प्रहरी कार्यलय सङ्ग सहकार्य गरेर अभियान अगाडी बढाइने समिति संयोजक लक्की साउद ले बताएका छन । वार्ड अध्यक्ष बिश्नु प्रसाद भाट ले उक्त कदम लाई सहज बनाउन गाउँघर भित्र कसैले लागू पदार्थ सेवन गर्यो अथवा ओसारपसार गरेको थाहा पायो भने तुरुन्तै समितिका ब्यक्तिहरुलाई वा नजिकै को प्रहारी क...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज