Advertisement

सुदूरपश्चिम

मोडलिङमा जम्दै  बझाङका अभिनाश,म्यूजिक भिडिओ ‘पागल’ सार्वजनिक

मोडलिङमा जम्दै बझाङका अभिनाश,म्यूजिक भिडिओ ‘पागल’ सार्वजनिक

बझाङ, मनोरञ्जन, सुदूरपश्चिम
बझाङ : बझाङका अविनाश थापा काजी मोडलिङमा लोकप्रिय बन्दै गएका छन् । जिल्लाको खप्तडछान्ना गाउँपालिका ४ घर भएका थापा पछिल्लो समय विभिन्न म्युजिक भिडियोमा अभिनय गर्दै आएका छन् । उनको केही दिन अघि मात्रै म्यूजिक भिडिओ ‘पागल’ पनि सार्वजनिक भएको छ। स्नेहा क्षेत्रीको आवज रहेको उक्त म्यूजिक भिडिओमा थापासँगै मनीषा कार्की र भावना बान्तोलाको अभिनय छ। रमेश बिजुली विसीको कथा/निर्देशन रहेको उक्त म्यूजिक भिडिओ रिदम अस्मित साउँद युट्युब च्यानलमार्फत् गत आइतबार सार्वजनिक भएको हो। विगत ६ वर्षदेखि मोडलिङ क्षेत्रमा लागिरहेका थापाले अहिलेसम्म १८ वटा गीतमा मोडलिङ गरिसकेका छन्।उनले ५ वटा गीत आफ्नै निर्देशन गरेका छन्। नयाँ म्यूजिक भिडिओ ‘पागल’ लाई पनि दर्शकहरूले रुचाएका छन्। https://youtu.be/6pnPvHk1si4...
हत्याका आरोपित समात्न सफल बझाङ प्रहरी

हत्याका आरोपित समात्न सफल बझाङ प्रहरी

बझाङ
बझाङ : छबिसपाथिभेरा ७ घट्टेका हत्या आरोपी आज तीन दिनपछि पक्राउ परेका छन् । आफ्नै गाउँले दाई जैलु मण्डेलको हत्या गरि फरार भएका बिजुली मण्डेल घट्टे गाउँमाथिको एक घरबाट स्थानीयले घेरा हाली आज बिहान करिब ६:३० बजे पक्राउ गरेका हुन् । बिसौना प्रहरी पोस्ट, छबिस पाथिभेराका स्थानीय तथा बझाङ जिल्ला प्रहरि प्रमुख (डिएसपी) भरत बहादुर शाहको अथक प्रयासमा हत्याका आरोपित समातिएका हुन् ।  स्थानीय लक्षिमन मण्डेलको घरमा आएका बेला स्थानीयले उनलाई समातेको र बिसौनाबाट प्रहरी टोली गएको बताइएको छ । शुक्रबार साँझ ७: ३० बजे हत्या गरि फरार भएका आरोपित खोज्न प्रहरी र स्थानीय सोही दिनदेखि खोजीमा थिए । आज बिहान छोरालाई फोन गरेका आधारमा स्थानीयले बिजुलीलाई पछ्याएका थिए ।...
छबिसपाथिभेरा -७ घट्टेका हत्या आरोपी मण्डेल तीन दिनपछि पक्राउ

छबिसपाथिभेरा -७ घट्टेका हत्या आरोपी मण्डेल तीन दिनपछि पक्राउ

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : छबिसपाथिभेरा ७ घट्टेका हत्या आरोपी आज तीन दिनपछि पक्राउ परेका छन् । आफ्नै गाउँले दाई जैलु मण्डेलको हत्या गरि फरार भएका बिजुली मण्डेल घट्टे गाउँमाथिको एक घरबाट स्थानीयले घेरा हाली आज बिहान करिब ६:३० बजे पक्राउ गरेका हुन् । स्थानीय लक्षिमन मण्डेलको घरमा आएका बेला स्थानीयले उनलाई समातेको र बिसौनाबाट प्रहरी टोली गएको बताइएको छ । शुक्रबार साँझ ७: ३० बजे हत्या गरि फरार भएका आरोपित खोज्न प्रहरी र स्थानीय सोही दिनदेखि खोजीमा थिए । आज बिहान छोरालाई फोन गरेका आधारमा स्थानीयले बिजुलीलाई पछ्याएका थिए ।...
हत्यारा खाेज्न जङ्गल तिर बझाङ प्रहरी

हत्यारा खाेज्न जङ्गल तिर बझाङ प्रहरी

बझाङ
बझाङ : जिल्लाकाे छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका ६० वर्षीय जैलु मण्डेलका हत्या आरोपीलाई पक्राउ गर्न बझाङ प्रहरी जंगलमा पसेको छ । शनिबार हत्या आरोपीत उनका भाइ बिजुली मण्डेलको फोन लोकेसन जंगलमा ट्रेस भएपछि हत्याआराेपित जंगलमै लुकेको आशंकामा जिल्ला प्रहरी कार्यालयकाे टाेली जंगल पसेको हो। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरतबहादुर शाह आफै खटिएका छन । डिएसपी शाह जिल्लामा घटेको घटनाका दाेषिलाइ समात्न आफै फिल्डमा पुग्ने गरेका छन । सुदूरपश्चिम प्रदेश प्रहरीका एसएसपी प्रज्वल महर्जनले त्यहीँ गाउँ नजिकैको जंगलमा आरोपीत लुकेको हुनसक्ने भन्दै खोजिनिती तीब्र पारिएको जानकारी दिनुभयो । उनका अनुसार अहिले प्रहरीले सबै नाकामा नाकाबन्दी नै गरेको छ। उनी कता लेकेर बसे भनेर प्रहरीले पत्ता लगाउन सकेको छैन् सोही कारण उनी भाग्न नपाउन भनेर सबै जिल्लाका प्रहरी टिम खोजीमा लागेको छ ।...
स्थानीय तह कर्मचारी संघर्ष समिति बझाङले बुझायाे ज्ञापनपत्र

स्थानीय तह कर्मचारी संघर्ष समिति बझाङले बुझायाे ज्ञापनपत्र

बझाङ
बझाङ : स्थानीय तह कर्मचारी सँघर्ष समिति बझाङले ज्ञापनपत्र बुझाएको छ ।आज एक कार्यक्रमका साथ जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयलाई स्थानीय तह कर्मचारी सँघर्ष समिति बझाङले ज्ञापनपत्र बुझाएको हाे । प्रमुख जिल्ला अधिकारी मार्फत सम्माननिय प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालय सिहदरवारमा बुझाएको थियाे । ज्ञापनपत्रमा लेखिएको छ । नेपालकाे सविधानले स्थानीयतहलाई स्थानीय सरकारको रुपमा परिकल्पना गरेकाे छ । साेहि अनुरुप लाेकतन्त्रकाे आधारभुत तहकाे रुपमा स्थानीय सरकार सञ्चालनमा देखिन्छ । सरकारले स्थानिय तहमा सरकारकाे अनुभुति भएको भएता पनि कर्मचारीहरुका थुप्रै माग पूरा हुन नसकेकोमा असन्तुष्टि जनाउदै ज्ञापनपत्र बुझाएको सँघर्ष समिती अध्यक्ष झलक दाैल्यालले बताए । स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पनि स्थानीय तहमातहतकाे हुनुपर्ने र अन्य ऐनमा सबै हकअधिकार समेटि...
बझाङमा एक जनाको खुकुरी प्रहारबाट हत्या,आरोपित फरार

बझाङमा एक जनाको खुकुरी प्रहारबाट हत्या,आरोपित फरार

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङमा एक जनाको खुकुरी प्रहार गरि हत्या भएको छ । छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ घट्टेका करिब ६० वर्षिय जैरु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षिय बिजुली मण्डेलले खुकुरी प्रहार गरि हत्या गरेको आरोप लागेको छ । शुक्रबार (आज) साँझ ७: ३० बजे हत्या गरि आरोपित फरार भएको स्थानीय मिन बहादुर मण्डेल बताउनुभयो । उहाँका अनुसार सामान्य बोलचाल हुँदा आरोपित बिजुलीले जैरुको घर आँगनमै गएर खुकुरी प्रहार गरि हत्या गरेका हुन् । प्रहरीका अनुसार हत्यारा आरोपित बिजुलीको लोकेसन ट्र्याक गरेर खोजी भइरहेको र केहीबेर पक्राउ पर्ने सम्भावना रहेको छ । ...
बाढीपहिरोले अवरुद्ध गण्डकीगाड लघु जलविद्युत दुई महिना पछि सुचारु

बाढीपहिरोले अवरुद्ध गण्डकीगाड लघु जलविद्युत दुई महिना पछि सुचारु

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
सुरेन्द्र खत्री / बझाङ बाढीपहिरोका कारण अवरुद्ध भएको गण्डकीगाड लघु जलविद्युत आयोजना पुनः सुचारु भएको छ । जिल्लाको केदारस्यु गाउँपालिका वडा नं ८ गण्डकीमा रहेको गण्डकी गाड लघु जलविद्युत आयोजना गत साउनमा आएको अविरल वर्षासँगै बाढीपहिरोका कारण अवरुद्ध भएको थियोे । जलविद्युत अवरुद्ध भएको करिब दुई महिनापछि आजबाट पुनः सुचारू भएको स्थानीयले बताए । मेकानिकल विश्वासका अनुसार पावरहाउसमा रहेको मेसिन भित्र पानी पसेपछि मेसिन खराब भएको थियो । उनले भने "जेनेटरमा भएकाे सामान र ईयलसि बाेर्ड भित्रकाे सबै सामान फेरिएपछि विद्युत सञ्चालन गरेका छौ ।" गाउँमा बत्ती नभएर जनतालाई सास्ती भएपछि १३ दिनसम्म अथक प्रयास गरेर वडामा मेसिन बिग्रिएर अवरुद्ध भएको बत्ती जलाउन सफल भएको केदारस्यु गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष सुरेस जेठाराले बताउनुभयो । उहाँले बुटवलमा एक जना ईलेक्ट्रोनिक ईन्जिनियरसंग सल्लाह लिइ...
एसईईको ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक,६७ प्रतिशतको ग्रेड वृद्धि

एसईईको ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक,६७ प्रतिशतको ग्रेड वृद्धि

बझाङ, मुख्य समाचार, शिक्षा, सुदूरपश्चिम
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक (ग्रेडवृद्धि) को नतिजा सार्वजनिक गरेको छ । गत साउन २६ र २७ गते सञ्चालन भएको २०७९ सालको पूरक परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको नतिजा अनुसार ६६.९७ प्रतिशत विद्यार्थीले ग्रेड वृद्धि गरेका छन् । परीक्षामा १ लाख १३ हजार ३१३ विद्यार्थी सहभागी थिए । जसमा एक जना विद्यार्थीको परीक्षाफल रद्द गरिएको बोर्डले जनाएको छ । ग्रेड वृद्धि परीक्षा दिएका ३७ हजार ४१६ जना विद्यार्थीले ग्रेड वृद्धि गर्न नसकेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।  आफ्नो नतिजामाथि चित्त नबुझेको खण्डमा पुनर्योगका लागि १५ दिनको समय दिइएको छ । असोज १९ गतेभित्रमा ग्रेडबृद्धि परीक्षाको परीक्षाफलमा कुनै विषयको ग्रेडमा चित्त नबुझी पुनर्योग गर्न चाहेको खण्डमा ५०० रुपैयाँ तिरेर निवेदन दिन सकिनेछ ।  प्रकाशित नतिजामा कुनै प्राविधिक वा अन्य ...
बझाङका ग्रामीण सडकको  दुरावस्थाले दुर्घटनाको जोखिम बढ्दै

बझाङका ग्रामीण सडकको दुरावस्थाले दुर्घटनाको जोखिम बढ्दै

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङका अधिकांश सडकको अवस्था दयनीय बन्दै गएको छ । जिल्लाको ग्रामिण भेगका मात्रै नभएर सदरमुकाम चैनपुर जोड्ने मुख्य सडकखण्डमा समेत खाल्डाखुल्डी हुँदा दुर्घटनाको जोखिम बढेको स्थानीयहरुले बताएका छन् । प्रमुख सरकारी अड्डा रहेको सदरमुकाम क्षेत्रकै सडकले विकासलाई गिज्याइरहेको छ । जयपृथ्वी राजमार्गमै खाल्डाखुल्डी भएपनि त्यसको मर्मतका लागि कसैको ध्यान जान नसकेको स्थानीय राम प्रसाद जोशीले बताए । जिल्लाको मुख्य बजार क्षेत्रको सडक सुधारमा नगरपालिका तथा अन्य सरोकारवाला निकायहरुले ध्यान नदिँदा समस्या भएको स्थानीयहरुको भनाइ रहेको छ । जिल्लाका कच्चि र पक्कि सबै सडकका ठाउँठाउँमा खाल्डाखुल्डी भएपनि मर्मतमा कसैको ध्यान जान सकेको छैन् । सडकमा खाल्डाखुल्डी हुँदा दुर्घटनाको जोखिम बढ्दै गएको चालकहरुले बताएका छन् । साँघुरो सडकमा खाल्डाखुल्डी हुँदा सवारी साधन सञ्चालनमै समस्या भएको जिप चाल...
शिक्षकको आन्दोलनका कारण बझाङका सामुदायिक विद्यालयहरुमा पठनपाठन ठप्प

शिक्षकको आन्दोलनका कारण बझाङका सामुदायिक विद्यालयहरुमा पठनपाठन ठप्प

बझाङ, मुख्य समाचार, शिक्षा, सुदूरपश्चिम
बझाङ : शिक्षकहरुको आन्दोलनका कारण बझाङका सामुदायिक विद्यालयहरुमा पठनपाठन कार्य ठप्प भएको छ । नेपाल शिक्षक महासंघले देशव्यापी आन्दोलनको घोषणा गरेकाले आफूहरु पनि आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघ बझाङका सचिव कविराज जाशीले बताउनुभयो । शिक्षकहरुको आन्दोलनका कारण जिल्लामा ४४८ ओटा सामुदायिक विद्यालयहरुको पठनपाठन ठप्प भएको छ । सदनमा दर्ता भएको नयाँ शिक्षा विधेयकको विरोधमा शिक्षकहरु आन्दोलित भएपछि विद्यालय अनिश्चितकालका लागि बन्द रहेका खप्तड मावि कालुखेतीका शिक्षक गोरख रोकायाले बताउनुभयो । महासंघको देशव्यापी कार्यक्रम अनुसार बझाङका विद्यालय पनि बन्द रहेका उहाँको भनाई छ । विद्यालय बन्द भएपछि बझाङका कक्षा १ देखि १२ सम्मका ७८ हजार ९६३ बालबालिका पठनपाठनबाट वञ्चित भएका छन् । नयाँ विधेयकले शिक्षा क्षेत्र तहसनहस पार्ने शिक्षकहरुको आरोप छ । शिक्षा क्षेत्रकै हित विपरीत विधेयक आएकाले आफूहर...
मोटरसाइकलको ठक्करबाट बझाङमा एक महिला घाइते 

मोटरसाइकलको ठक्करबाट बझाङमा एक महिला घाइते 

बझाङ, मुख्य समाचार, सुदूरपश्चिम
बझाङ : बझाङमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकि छिन् । जयपृथ्वी राजमार्ग अन्र्तगत जिल्लाको केदारस्यु गाउँपालिका १ चौडाममा मोटरसाइकलको ठक्करबाट स्थानिय उमेश भण्डारीकी २९ वर्षिया श्रिमती खिमेश्वरी भण्डारी घाइते भएकि हुन् । आज विहिबार बिहान ९ बजे बित्थडचिर गाउँपालिकाबाट छविसपाथिभेरा गाउँपालिका तर्फ गइरहेको से।१ ब। ६०० नम्बरको छविसपाथिभेरा गाउँपालिकाको सरकारीे मोटरसाइकलले भण्डारीलाई सडक क्रस गर्ने क्रममा ठक्कर दिएको जिल्ला प्रहरी कार्यलय बझाङका प्रहरी निरिक्षक एवं सुचना अधिकारी दिपेश चौधरीले बताए । मोटरसाइकलको ठक्करबाट उनको कम्मर, पेट र हातमा चोट लागेको छ । अवस्था सामान्य रहेकाले प्राथामिक स्वास्थ्य केन्द्र देउरामा उपचार भई रहेको प्रहरीले जनाएको छ । यसैबिच मोटर साइकल चालक खप्तडछान्ना गाउँपालिका ५ का ३८ वर्षिय भेषराज उपाध्यायलाई मोटरसाइकल सहित प्रहरीले नियन्त्रणमा लिए...
शिक्षकहरूको आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित

शिक्षकहरूको आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित

बझाङ, मुख्य समाचार, शिक्षा, सुदूरपश्चिम
शिक्षकहरूको आन्दोलनका कारण पठनपाठन प्रभावित भएको छ । विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनका लागि काठमाण्डौमा आएसँगै पठनपाठन प्रभावित भएको हो । देशभरका २७ हजारभन्दा धेरै सामुदायिक विद्यालयका शिक्षक आन्दोलनमा उत्रिँदा झण्डै ५४ लाख विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।  विद्यालय बन्दको घोषणा नै गरेर शिक्षकहरुले आन्दोलन थालेसँगै आजदेखि देशभरका सामुदायिक विद्यालयमा पठनपाठन रोकिने भएको छ । विधेयकको परिच्छेद–७ मा शिक्षकको सरुवा तथा बढुवाको अधिकार पालिकालाई दिइने प्रावधान छ । यसमा शिक्षकहरूको मुख्य असन्तुष्टि छ । उनीहरूले यो अधिकार जिल्ला शिक्षा कार्यालयलाई दिनुपर्ने माग राखेका छन् । हिजो काठमाण्डौको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म हजारौँ शिक्षक आन्दोलनमा उत्रिए । शिक्षकहरुको छाता सङ्गठन नेपाल शिक्षक महासङ्घको नेतृत्व र आह्वानमा आन्दोलन थालिएक...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज