Advertisement

बझाङका ग्रामीण सडकको दुरावस्थाले दुर्घटनाको जोखिम बढ्दै

Advertisement

बझाङ : बझाङका अधिकांश सडकको अवस्था दयनीय बन्दै गएको छ । जिल्लाको ग्रामिण भेगका मात्रै नभएर सदरमुकाम चैनपुर जोड्ने मुख्य सडकखण्डमा समेत खाल्डाखुल्डी हुँदा दुर्घटनाको जोखिम बढेको स्थानीयहरुले बताएका छन् ।

प्रमुख सरकारी अड्डा रहेको सदरमुकाम क्षेत्रकै सडकले विकासलाई गिज्याइरहेको छ । जयपृथ्वी राजमार्गमै खाल्डाखुल्डी भएपनि त्यसको मर्मतका लागि कसैको ध्यान जान नसकेको स्थानीय राम प्रसाद जोशीले बताए ।

जिल्लाको मुख्य बजार क्षेत्रको सडक सुधारमा नगरपालिका तथा अन्य सरोकारवाला निकायहरुले ध्यान नदिँदा समस्या भएको स्थानीयहरुको भनाइ रहेको छ । जिल्लाका कच्चि र पक्कि सबै सडकका ठाउँठाउँमा खाल्डाखुल्डी भएपनि मर्मतमा कसैको ध्यान जान सकेको छैन् ।

सडकमा खाल्डाखुल्डी हुँदा दुर्घटनाको जोखिम बढ्दै गएको चालकहरुले बताएका छन् । साँघुरो सडकमा खाल्डाखुल्डी हुँदा सवारी साधन सञ्चालनमै समस्या भएको जिप चालक पदम विष्टले बताए ।

यसैबिच जिल्लाको खप्तडछान्ना गाउँपालिकामा तिन महिनादेखि अवरुद्ध भएको सडक अझै सञ्चालनमा आएको छैन् । बर्षातको भेल सडकमै बग्ने गरेको र त्यसले गर्दा सडक अवरुद्ध भएपनि व्यवस्थापनमा कसैको ध्यान जान सकेको छैन् सदरमुकाम क्षेत्रकै सडकमा खाल्डाखुल्डी हुँदा समेत सम्बन्धित निकायहरु मौन रहेका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढीमा डा. गोविन्द केसीसँग सरकारी टोलीको वार्ता सुरु

धनगढी- चार दिनदेखि अनशनरत चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीसँग सरकारले औपचारिक वार्ता सुरु गरेको छ। प्रधानमन्त्रीका ...
बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बझाङमा रेश नेपालको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

धनगढी- बझाङमा सामुदायिक सशक्तीकरणका लागि द्रुत कार्य ( रेश) नेपालको वार्षिक साधारण सभा सम्पन्न भएको छ । सनिवार केदारस्यूँ गाउँपाल...
एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

एमाले र नेकपाबीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने लिखित सहमति भएको छ। शनिबार एमाले अध्यक्ष...
कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

कैलालीको हाटखोली नदीमा पौडी खेल्ने क्रममा डुबेर १५ वर्षीय बालकको मृत्यु

धनगढी- कैलालीको गोदावरी नगरपालिका-४ हाटखोलीस्थित नदीमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ। शनिवार नदीमा डुबेर घाइते ...
आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

आजको मौसम : तीन प्रदेशका पहाडी तथा हिमाली भागमा भारी वर्षाको सम्भावना

काठमाडौं- देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्...
छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

छबिसपाथिभेराको खोलापारी कृषक समूहका पदाधिकारीले सिके गोलभेडाबाट सस बनाउने सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७, खोरीस्थित खोलापारी कृषक समूहका लागि ५ दिने गोलभेडा प्रशोधन तथा सस (चट्नी) बनाउने तालिम प्र...
भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

भक्तपुरमा प्रथम कर्णाली फुटसल कप हुँदै, विजेतालाई ५५ हजार ५५५ रुपैयाँ पुरस्कार

धनगढी- कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडी तथा खेल प्रतिभालाई लक्षित गर्दै भक्तपुरमा ‘प्रथम कर्णाली फुटसल कप २०८३’ आयोजना हुने भ...
प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

प्रधानमन्त्री शाहको सचिवालयमा २७ जना नियुक्त, दुई सल्लाहकारलाई मन्त्रीसरह सुविधा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले आफ्नो सचिवालयमा २७ जनालाई नियुक्त गरेको खुलेको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसकी सांस...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज