Advertisement
Thursday, May 22

बझाङका ग्रामीण सडकको दुरावस्थाले दुर्घटनाको जोखिम बढ्दै

Advertisement

बझाङ : बझाङका अधिकांश सडकको अवस्था दयनीय बन्दै गएको छ । जिल्लाको ग्रामिण भेगका मात्रै नभएर सदरमुकाम चैनपुर जोड्ने मुख्य सडकखण्डमा समेत खाल्डाखुल्डी हुँदा दुर्घटनाको जोखिम बढेको स्थानीयहरुले बताएका छन् ।

प्रमुख सरकारी अड्डा रहेको सदरमुकाम क्षेत्रकै सडकले विकासलाई गिज्याइरहेको छ । जयपृथ्वी राजमार्गमै खाल्डाखुल्डी भएपनि त्यसको मर्मतका लागि कसैको ध्यान जान नसकेको स्थानीय राम प्रसाद जोशीले बताए ।

जिल्लाको मुख्य बजार क्षेत्रको सडक सुधारमा नगरपालिका तथा अन्य सरोकारवाला निकायहरुले ध्यान नदिँदा समस्या भएको स्थानीयहरुको भनाइ रहेको छ । जिल्लाका कच्चि र पक्कि सबै सडकका ठाउँठाउँमा खाल्डाखुल्डी भएपनि मर्मतमा कसैको ध्यान जान सकेको छैन् ।

सडकमा खाल्डाखुल्डी हुँदा दुर्घटनाको जोखिम बढ्दै गएको चालकहरुले बताएका छन् । साँघुरो सडकमा खाल्डाखुल्डी हुँदा सवारी साधन सञ्चालनमै समस्या भएको जिप चालक पदम विष्टले बताए ।

यसैबिच जिल्लाको खप्तडछान्ना गाउँपालिकामा तिन महिनादेखि अवरुद्ध भएको सडक अझै सञ्चालनमा आएको छैन् । बर्षातको भेल सडकमै बग्ने गरेको र त्यसले गर्दा सडक अवरुद्ध भएपनि व्यवस्थापनमा कसैको ध्यान जान सकेको छैन् सदरमुकाम क्षेत्रकै सडकमा खाल्डाखुल्डी हुँदा समेत सम्बन्धित निकायहरु मौन रहेका छन् ।

कल्पना उपाध्याय

कल्पना उपाध्याय कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकामा बझाङबाट पत्रकारिता गर्नुहुन्छ । उहाँ समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई बाँसको कप उपहार:

प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीलाई बाँसको कप उपहार:

बझाङ: जलवायु परिवर्तन र प्लास्टिक प्रदूषण न्यूनीकरणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज बझाङका प्रमुख जिल्ला अधिकारी श्री क...
४४ लाखको सडक योजनामा २३ लाख हिनामिना

४४ लाखको सडक योजनामा २३ लाख हिनामिना

४४ लाखको सडक योजनामा २३ लाख रुपैयाँ बजेट हिनामिना भएको छ। नभएको काम भएको देखाएर सडक आयोजनाको बजेट हिनामिना गरेको आरोपमा त्यसमा संल...
बझाङ को तलकोट गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना

बझाङ को तलकोट गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना

बझाङ जिल्लाको तलकोट गाउँपालिकामा नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल र सेवा फाउण्डेसनको सहकार्यमा आँखा उपचार केन्द्र स्थापना...
राजावादीको आन्दोलनमा जान रास्वपाले गर्यो अस्विकार

राजावादीको आन्दोलनमा जान रास्वपाले गर्यो अस्विकार

संसद्को चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीलाई राजसंस्था पुनर्स्थापनाको प्रदर्शनमा सहभागी गराउने पूर्वपञ्च नेता नवराज सुवेदी नेत...
कैलालीमा विहे तय भइसकेपछि बेपत्ता प्रेमीसँगै भागिन् युवती, २ लाखको कुरा ‘डिसमिस’

कैलालीमा विहे तय भइसकेपछि बेपत्ता प्रेमीसँगै भागिन् युवती, २ लाखको कुरा ‘डिसमिस’

धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–४ राजीपुरका सहदेव कुमाल २५ बैशाखमा धनगढीबाट बेपत्ता भएपछि तय भइसकेको विवाह एकाएक रद्द भयो । ...
आठबिसकोटमा सार्वजनिक खानेपानी तोडफोड गर्ने विरुद्धको मुद्धा जिल्ला प्रहरी कार्यालमा सिफारिस

आठबिसकोटमा सार्वजनिक खानेपानी तोडफोड गर्ने विरुद्धको मुद्धा जिल्ला प्रहरी कार्यालमा सिफारिस

आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट न...
आजको मौसम कस्तो रहला ?

आजको मौसम कस्तो रहला ?

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको तथा बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभाव रहेको जल तथ...
बाटोमै प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवान देउवा पुरस्कृत

बाटोमै प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवान देउवा पुरस्कृत

कैलालीमा सुत्केरी व्यथाले छट्पटाइरहेको अवस्थामा भेटिएकी महिलालाई प्रसूति गराउन सहयोग गर्ने प्रहरी जवानलाई पुरस्कृत गरिएको छ । मंगल...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज