Advertisement

बाढीपहिरोले अवरुद्ध गण्डकीगाड लघु जलविद्युत दुई महिना पछि सुचारु

Advertisement

सुरेन्द्र खत्री / बझाङ

बाढीपहिरोका कारण अवरुद्ध भएको गण्डकीगाड लघु जलविद्युत आयोजना पुनः सुचारु भएको छ । जिल्लाको केदारस्यु गाउँपालिका वडा नं ८ गण्डकीमा रहेको गण्डकी गाड लघु जलविद्युत आयोजना गत साउनमा आएको अविरल वर्षासँगै बाढीपहिरोका कारण अवरुद्ध भएको थियोे । जलविद्युत अवरुद्ध भएको करिब दुई महिनापछि आजबाट पुनः सुचारू भएको स्थानीयले बताए ।

मेकानिकल विश्वासका अनुसार पावरहाउसमा रहेको मेसिन भित्र पानी पसेपछि मेसिन खराब भएको थियो । उनले भने “जेनेटरमा भएकाे सामान र ईयलसि बाेर्ड भित्रकाे सबै सामान फेरिएपछि विद्युत सञ्चालन गरेका छौ ।” गाउँमा बत्ती नभएर जनतालाई सास्ती भएपछि १३ दिनसम्म अथक प्रयास गरेर वडामा मेसिन बिग्रिएर अवरुद्ध भएको बत्ती जलाउन सफल भएको केदारस्यु गाउँपालिका वडा नं ८ का वडा अध्यक्ष सुरेस जेठाराले बताउनुभयो ।

उहाँले बुटवलमा एक जना ईलेक्ट्रोनिक ईन्जिनियरसंग सल्लाह लिइसकेपछि सामान मगाएर दुई जना मेकानिकल प्राबिधिक वडामै बोलाएपछि नयाँ सामान फेरिएको बताउनुभयो । दुई महिनासम्म अन्धकारमा बसेका स्थानीयहरु वडाको पहलमा विद्युत सञ्चालन भएपछि खुशी भएका छन् । यसैबीच वडाध्यक्ष जेठाराले विद्युत सञ्चालनमा ल्याउन सहयोग गर्ने सम्पूर्ण वडावासि,कार्यसमिति र प्राविधिकहरुलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

च्याउ टिप्न गएका दुई महिलाको गोदावरी नदीमा बाढीले बगाउँदा मृत्यु

च्याउ टिप्न गएका दुई महिलाको गोदावरी नदीमा बाढीले बगाउँदा मृत्यु

धनगढी– कैलालीको गोदावरी नगरपालिका–४ मा गोदावरी नदीमा आएको बाढीले बगाउँदा दुई महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा गोदावरी नगरपालि...
२७ वर्षपछि पार्टीबाट अलगिए अछामका अविरल, नेपाली कम्युनिष्ट पार्टीलाई ठूलो धक्का

२७ वर्षपछि पार्टीबाट अलगिए अछामका अविरल, नेपाली कम्युनिष्ट पार्टीलाई ठूलो धक्का

अछाम- अछामको मेल्लेख गाउँपालिकाको राजनीतिक वृत्तमा तरंग पैदा हुने गरी नेपाली कम्युनिष्ट पार्टी का पुराना नेता लोकबहादुर बोहरा ‘अवि...
आगलागी पीडित परिवारलाई रु ३२ हजार बढी सहयोग हस्तान्तरण

आगलागी पीडित परिवारलाई रु ३२ हजार बढी सहयोग हस्तान्तरण

धनगढी- कैलालीको चुरे गाउँपालिका- २ देशना सलानीका लालबहादुर सार्कीको परिवारलाई आगलागीबाट भएको क्षतिपछि सङ्कलित सहयोग रकम हस्तान्तरण...
पाँचौँ काव्य म्युजिक अवार्ड २०८३ को प्रमुख निर्णायकमा गायिका निरुता खत्री

पाँचौँ काव्य म्युजिक अवार्ड २०८३ को प्रमुख निर्णायकमा गायिका निरुता खत्री

चुल्ठिमा रिबनको डोरी, मुन्टा लाउन्या काटा, आउँदा जादा डिठ पणन्छे साइका सुत्न्या कोठा.. यस्तै गीतबाट हजारौँ स्रोता-दर्शकको मन जित...
औषधिको समुचित प्रयोग र फार्मेसी क्षेत्रका चुनौतीबारे नेपालगञ्जमा अन्तरक्रिया

औषधिको समुचित प्रयोग र फार्मेसी क्षेत्रका चुनौतीबारे नेपालगञ्जमा अन्तरक्रिया

  नेपालगञ्ज, । औषधिको समुचित प्रयोग, गुणस्तरीय फार्मेसी सेवा प्रवाह तथा औषधि व्यवस्थापनका समसामयिक चुनौतीबारे सरोकारवालाबी...
आमाको मृत्युपछि भाइ बोकेर विद्यालय जाने बालिका कल्पनाको परिवारलाई रु ४ लाख ५० हजार सहयोग

आमाको मृत्युपछि भाइ बोकेर विद्यालय जाने बालिका कल्पनाको परिवारलाई रु ४ लाख ५० हजार सहयोग

धनगढी- अछामको रामारोसन गाउँपालिका-५ की बालिका कल्पना बुढाको परिवारलाई संकलित रु ४ लाख ५० हजार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। व...
चुरे गाउँपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

चुरे गाउँपालिका पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा

  धनगढी, असार ८ – कैलालीको चुरे गाउँपालिका लाई आर्थिक वर्ष २०८२/०८३ का लागि पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गर...
समाजसेवा र राजनीतिपछि व्यवसायमा युवराज भण्डारी, धनगढीमा ‘होटल लक्ष्मी रेष्टुरेन्ट एण्ड लज’ सञ्चालन

समाजसेवा र राजनीतिपछि व्यवसायमा युवराज भण्डारी, धनगढीमा ‘होटल लक्ष्मी रेष्टुरेन्ट एण्ड लज’ सञ्चालन

धनगढी- बझाङका युवा समाजसेवी तथा राजनीतिक व्यक्तित्व युवराज भण्डारी व्यवसायिक क्षेत्रमा प्रवेश गरेका छन्। लामो समयदेखि समाजसेवा र र...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज