बझाङ : छबिसपाथिभेरा ७ घट्टेका हत्या आरोपी आज तीन दिनपछि पक्राउ परेका छन् । आफ्नै गाउँले दाई जैलु मण्डेलको हत्या गरि फरार भएका बिजुली मण्डेल घट्टे गाउँमाथिको एक घरबाट स्थानीयले घेरा हाली आज बिहान करिब ६:३० बजे पक्राउ गरेका हुन् ।
स्थानीय लक्षिमन मण्डेलको घरमा आएका बेला स्थानीयले उनलाई समातेको र बिसौनाबाट प्रहरी टोली गएको बताइएको छ ।

शुक्रबार साँझ ७: ३० बजे हत्या गरि फरार भएका आरोपित खोज्न प्रहरी र स्थानीय सोही दिनदेखि खोजीमा थिए । आज बिहान छोरालाई फोन गरेका आधारमा स्थानीयले बिजुलीलाई पछ्याएका थिए ।

