बझाङ : बझाङका अविनाश थापा काजी मोडलिङमा लोकप्रिय बन्दै गएका छन् । जिल्लाको खप्तडछान्ना गाउँपालिका ४ घर भएका थापा पछिल्लो समय विभिन्न म्युजिक भिडियोमा अभिनय गर्दै आएका छन् ।
उनको केही दिन अघि मात्रै म्यूजिक भिडिओ ‘पागल’ पनि सार्वजनिक भएको छ। स्नेहा क्षेत्रीको आवज रहेको उक्त म्यूजिक भिडिओमा थापासँगै मनीषा कार्की र भावना बान्तोलाको अभिनय छ। रमेश बिजुली विसीको कथा/निर्देशन रहेको उक्त म्यूजिक भिडिओ रिदम अस्मित साउँद युट्युब च्यानलमार्फत् गत आइतबार सार्वजनिक भएको हो।

विगत ६ वर्षदेखि मोडलिङ क्षेत्रमा लागिरहेका थापाले अहिलेसम्म १८ वटा गीतमा मोडलिङ गरिसकेका छन्।
उनले ५ वटा गीत आफ्नै निर्देशन गरेका छन्। नयाँ म्यूजिक भिडिओ ‘पागल’ लाई पनि दर्शकहरूले रुचाएका छन्।