बझाङ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित जिल्ला बझाङ आउने भएका छन् ।
प्रधानमन्त्री प्रचण्ड मंगलबार गएको भूकम्पको केन्द्रविन्दु रहेको बझाङ जाने कार्यक्रम तय भएको उनको सचिवालय जनाएको छ ।
प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार बझाङ जाने कार्यक्रम शुक्रबारका लागि तय गरिएको हो ।
आज बिहान मात्रै सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषद्को बैठक बसेको थियो ।
बैठकमा उनले एकपटक बझाङमै गएर प्रत्यक्ष अवलोकन गरी थप राहत, पुनर्स्थापना र पुनर्निर्माणको काम गर्ने बताएका थिए ।
प्रधानमन्त्रीको नताले पनि एकपटक बझाङमै गएर प्रत्यक्ष अवलोकन गर्ने र त्यो रिपोर्ट आइसकेपछि स्टेप चाल्छौं,’ उनले भने ।
मंगलबार दिउँसो ३: ०६ बजेको समयमा बझाङ केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्पमा परी एक जना महिलाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । जिल्लामा व्यक्तिगत घरका साथै केही सार्वजनिक भवनमा पनि क्षति पुगेको छ ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३