बझाङ : बझाङ केन्द्रबिन्दु भएर फेरि भुकम्प गएको छ । बझाङको भातेखोला केन्द्रबिन्दु भएर शनिबार बिहान ११ बजेर ४५ मिनेटमा ५.३ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
केही दिनदेखि लगातार पश्चिम नेपालका विभिन्न जिल्लामा भुकम्प गइरहेको छ । गत मंगलबार बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६. ३ रेक्टर स्केलको भुकम्प गएको थियोे । भुकम्पबाट बझाङमा एक जनाको मृत्यु हुनुका साथै दर्जनौं मान्छे घाइते भएका थिए । सयौंको संख्यामा भौतिक संरचनामा क्षति पुगेको थियोे ।
लगातारको पराकम्पले स्थानीय त्रसित बनेका छन् ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३