बझाङ : बझाङ केन्द्रबिन्दु भएर फेरि भुकम्प गएको छ । बझाङको भातेखोला केन्द्रबिन्दु भएर शनिबार बिहान ११ बजेर ४५ मिनेटमा ५.३ रेक्टर स्केलको भुकम्प गएको भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

केही दिनदेखि लगातार पश्चिम नेपालका विभिन्न जिल्लामा भुकम्प गइरहेको छ । गत मंगलबार बझाङको चैनपुर केन्द्रबिन्दु भएर ६. ३ रेक्टर स्केलको भुकम्प गएको थियोे । भुकम्पबाट बझाङमा एक जनाको मृत्यु हुनुका साथै दर्जनौं मान्छे घाइते भएका थिए । सयौंको संख्यामा भौतिक संरचनामा क्षति पुगेको थियोे ।
लगातारको पराकम्पले स्थानीय त्रसित बनेका छन् ।


