Advertisement
Monday, May 19

बझाङ पुगेका रास्वपा सभापति लामिछानेद्वारा भुकम्पले क्षतिग्रस्त क्षेत्रको अनुगमन र पिडितलाई राहत वितरण

Advertisement

बझाङ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति भूकम्प प्रभावित बझाङ पुगेका छन्। बुधबार राति बझाङको जयपुथ्वी नगरपालिका पुगेका उनले राति नै भूकम्प प्रभावितहरूलाई राखिएको कभर्डहल अवलोकन गरेका छन्।

‘भूकम्प प्रभावित बझाङलाई तत्काल राहत र पुनःस्थापनाको खाँचो छ,’ उनले भने, ‘म हिजै राति भूकम्प प्रभावितहरू राखिएका केही कभर्ड हलमा पुगें। यहाँको अवस्था एकदमै नाजुक छ। निरन्तर परकम्प गइरहेकाले उहाँहरू त्रासमा हुनुहुन्छ।’

उनले बझाङमा अझै केन्द्र सरकारको ध्यान नपुगेको बताए। प्रभावितहरू राहत र पुनःस्थापनाको पर्खाइमा रहेकाले सरकारले आवश्यक निर्णय गर्न ढिलाइ गर्न नहुने बताए।

‘यत्ति नै क्षति काठमाडौंमा भएको भए सबैको ध्यान तान्थ्यो। बझाङमा सहायता पुगेको छैन। सुदूरपश्चिमकै ठूलो जिल्ला भएकाले सबैतिर म पनि पुग्न भ्याएको छैन। जहाँजहाँ पुगें, बस्न मिल्ने घर एउटै छैन। सबै चर्किएका छन्। परकम्प गइरहेको छ,’ उनले भने।

सभापति लामिछानेले ४० वटा टेन्ट र केही राहत सामग्री जिल्ला प्रशासन कार्यालयलाई आज बिहान हस्तान्तरण गरेको बताए।

‘स्लुक–कलेज चर्किएका छन्। स्वास्थ्य संस्था र प्रहरी चौकीसमेत चर्किएको देखें। सीमित स्रोत र साधनका कारण राहत र उद्धारमा कठिनाइ भइरहेको छ,’ उनले भने, ‘यसमा ध्यान पुगोस्।’

सभापति लामिछानेले प्रहरीसँग सवारी साधन र विपद् उद्धारका लागि चाहिने बन्दोवस्तीका सामग्रीहरू पनि नभएको बताए।

बझाङका जयपृथ्वी नगरपालिका, मष्टा, थलारा र खप्तडछान्ना गाउँपालिका भूकम्पबाट बढी प्रभावित छन्। 

मंगलबार बझाङमा गएको भूकम्पका कारण एक जनाको मृत्यु भएको र सय जना घाइते भएका बझाङ प्रहरी प्रमुख डिएसपी भरत बहादुर सिहँले बताए ।

त्रिपाल, कम्बल लगायतको अभावमा प्रभावितहरूलाई वैकल्पिक बासस्थानको प्रबन्ध गर्न नसकिएको उनले बताए। गाउँपालिकाका ८० प्रतिशत घरहरू चर्किएका छन् भने १० प्रतिशतभन्दा बढी बस्नै नमिल्ने भएको डिएसपी शाहले बताए।

‘मष्टा गाउँपालिका नै सबैभन्दा बढी प्रभावित हो। यहाँ ७० जना घाइते छन्। दुई जना गम्भीर घाइते भएकाले उनीहरूको उपचार भइरहेको छ,’ उनले भने, ‘यहाँ तत्काल त्रिपाल, कम्बललगायतका सामग्रीको जरूरत छ।’

प्रदेश सरकारले घाइतेहरूको नि:शुल्क उपचारको प्रबन्ध गर्ने निर्णय गरेको छ।

‘हामीसँग स्रोत–साधन नभएकाले उद्धार गर्न पनि कठिनाइ भइरहेको छ। परकम्प गइरहेको र घरभित्र बस्न सक्ने अवस्था नरहेकाले कम्तिमा तीन महिनासम्म प्रभावितलाई वैकिल्पक बासस्थापनको प्रबन्ध गर्नुपर्ने छ,’ उनले भने।

जिल्ला भित्र रहेका अधिकांश स्कुल चर्किएकाले खुला आकाशमुनि पठनपाठन गर्नुपर्ने अवस्था रहेको छ।

कल्पना उपाध्याय

कल्पना उपाध्याय कामना टेलिभिजनद्वारा सञ्चालित कामना टुडे अन्लाईन पत्रीकामा बझाङबाट पत्रकारिता गर्नुहुन्छ । उहाँ समसामयिक विषयमा कलम चलाउनुहुन्छ ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

आज हावाहुरी सहित यिँ प्रदेशमा भारी वर्षा हुने

आज हावाहुरी सहित यिँ प्रदेशमा भारी वर्षा हुने

काठमाडौं : कोशी प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आ...
सरकारको सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब

सरकारको सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब

सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २६ खर्ब २२ अर्ब ४० करोड रुपैयाँ देखिएको छ । सार्वजनिक ऋण व्यस्थापन कार्यालयले आइतबार सार्वजनिक गर...
पुल अभावले बागथला–बिजगडा सडक वर्षातमा अवरुद्ध हुने- सरोकारवाला मौन

पुल अभावले बागथला–बिजगडा सडक वर्षातमा अवरुद्ध हुने- सरोकारवाला मौन

बागथला–बिजगडा सडक खण्डअन्तर्गत रातागडा खोला । तस्बिर : सुरेश धामी बझाङ: बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका हुँ...
राष्ट्रिय युवा संघ नेपाल : महासचिव पदमा विनय शाहको किन बलियो दाबी ?

राष्ट्रिय युवा संघ नेपाल : महासचिव पदमा विनय शाहको किन बलियो दाबी ?

कैलाली: नेकपा एमालेको सबैभन्दा बलियो मानिने जनसंगठन, राष्ट्रिय युवा संघ नेपाल, आफ्नो दशौँ राष्ट्रिय महाधिवेशनको तयारीमा छ । जेठ ९ ...
हुलाकी राजमार्गकेन्द्रित अभियानपछि माओवादी मध्यपहाडी लोकमार्गमा 

हुलाकी राजमार्गकेन्द्रित अभियानपछि माओवादी मध्यपहाडी लोकमार्गमा 

प्रमुख प्रतिपक्ष दल माओवादीले शुक्रबारदेखि बैतडीको पाटनबाट मध्यपहाडी लोकमार्गकेन्द्रित जनतासँग माओवादी जागरण अभियानको थालनी गरेक...
प्रचण्ड देउवा टेलीफोन वार्ता पछि जनार्दन बुढानिलकण्ठमा

प्रचण्ड देउवा टेलीफोन वार्ता पछि जनार्दन बुढानिलकण्ठमा

प्रमुख प्रतिपक्षी दल माओवादीले कांग्रेस सभापति तथा सत्तागठबन्धनका मुख्य नेता शेरबहादुर देउवासँग एकैदिन दुईपटक संवाद गरेको छ । शुक्...
अज यी प्रदेशमा चट्याङ सहित वर्षा

अज यी प्रदेशमा चट्याङ सहित वर्षा

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बंगालको खाडी र अरब सागरबाट आएको ...
स्थानीय सञ्चालन ऐन पास गर्ने तयारीमा प्रदेश सरकार

स्थानीय सञ्चालन ऐन पास गर्ने तयारीमा प्रदेश सरकार

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट स्थानीय सञ्चालन ऐन पास गर्ने तयारीमा प्रदेश सरकार लागेको...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज