कैलाली: लम्की चुहा नगरपालिका वडा नं 05 काे आर्थिक सहयोगमा यनिमल रेस्क्यु टिमकाे आयोजनामा वडा भित्रका करिव 30 वटा कुकुरलाई रेविज विरुद्ध खोप लगाईएको छ।

आज उक्त कार्यक्रममा बोल्दै यनिमल रेस्क्यु टिमका अध्यक्ष राहुल सुनारले हामी एक्लैले यो काम गर्न नसकिने र यो एक्दमै खतरनाक भएकोले यसमा सामाजिक संघ संस्था र स्थानिय निकायले गम्भिर भएर लाग्नु पर्ने बताउनु भयो।

साथै उक्त कार्यक्रममा बोल्दै वडा नं 05 कि वडा अध्यक्ष माया बिष्टले यि छाडा कुकुरकाे टोकाईले मानिसको अकालमै ज्यान जाने र ति कुकुरको टोकाईबाट घरपालुवा गाई बाख्रालाई टोकेर समेत क्षती पुराएको बताउनु भयो। साथै उहाँले यस्ता कार्यक्रमका लागी वडा हरपल साथमा रहने र सम्बन्धित निकायमा पहल गर्ने बताउनु भयो।
