बालेन शैलीमा कञ्चनपुरको बेलडाँडीमा डोजर फेसनको नक्कल, चर्चा कमाउने होडबाजीमा अध्यक्ष राना
धनगढी- बालेन शैलीमा कञ्चनपुरको एक स्थानीय तहले ग्रामीण सडकमा डोजर फेसनको नक्कल गरेको छ ।
जिल्लाको बेलडाँडी गाउँपालिकाले ममंगलबार चवन्नी बजार क्षेत्रमा डोजर फेसनको नक्कल गरेको हो ।
देशका अधिकांश शहरी क्षेत्रका बजार फराकिलो पार्ने योजना बनाउँदै कतिपय महानगर तथा उपमहानगरपालिकामा डोजर चलाएर प्रमुखहरूले चर्चा कमाइरहेको बेला कञ्चनपुरको ग्रामीण क्षेत्र बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र रानाले डोजर फेसनको नक्कल गरेका स्थानीयले बताए ।
पालिकाले जनघनत्व र सवारीसाधनको ओहोरदोहोर खासै नहुने चवन्नी बजारको सडकलाई कतै ३० , कतै १२ त कतै ६ मिटर बनाउन पक्की संरचनानै भत्काउन तम्सिएपछि स्थानीयहरू आक्रोशित हुनुका साथै बिरोधमा उत्रिएका छन् ।
स्थानीय कृष्णा थापाले भनिन् नगरपालिकाले स्थानीयसँग समन्वय, छलफल तथा सहमति बिनै एकलौटीरुपमा शासन गर्न थालेको छ । हामीले बारम्बार पालिकामा गएर छलफल तथा समन्वय ...










