Advertisement

कञ्चनपुरको दोधरा चाँदनीका बाढी पीडितको बिचल्ली

Advertisement

कञ्चनपुर । गत असारको बाढीले घरमा क्षति पुर्याए पछि विस्थापित  भएका कञ्चनपुरको दोधारा चाँदनी ३ पटेराखल्लाका बासिन्दा फेरि बिचल्लीमा परेका छन । असारमा क्षति भएको घर मर्मत गरेर जेनतेन फर्किरहेका पटेराखल्लावासी राम्ररी पुनःस्थापित हुन पाउँदै शुक्रबार फेरि विस्थापित भएका हुन । असार अन्तिम साताको भीषण वर्षासँगै जोगबुडा नदीमा आएको बाढी बस्तीमा पसेपछि पटेराखल्लाका २७ परिवार विस्थापित भएका थिए । करिब एक महिनासम्म उनीहरू नजिकैको जमुना आधारभूत विद्यालयमा बसे । बाढीले भत्केका घर मर्मत गरेर र हिलो हटाएर उनीहरू घरमा बस्न थालेका थिए । पानी पर्दा भने फेरि उनीहरू विद्यालयमै बास बस्थे ।

शुक्रबार जोगबुडाको बाढी फेरि बस्ती पसेपछि दोधारा चाँदनी ३ पटेराखल्लाका सबै परिवार विस्थापित भएका हुन् । उनीहरू अहिले नजिकैको जमुना आधारभूत विद्यालयमा बसिरहेका छन् । ‘पटेराखल्लाका बासिन्दा फेरि विस्थापित भएका छन्, यो ठाउँ नै जोखिममा छ,’ वडा ३ का अध्यक्ष हरिसिंह धनाडीले भने, ‘यो बस्तीलाई सुरक्षित स्थानमा सार्ने विषयमा पनि छलफल भइरहेको छ ।’ उनका अनुसार असार अन्तिम साताको बाढीले खाद्यान्नसँगै लुगाकपडा र खेतीपाती सबै नोक्सान भएको थियो ।पहिलेको बाढीले विस्थापन गरेको बेला बर्खे बिदा भएका कारण विद्यालय बन्द थियो । तर अहिले विद्यालय सञ्चालनमा भएका कारण लामो समयसम्म त्यहाँ आश्रय लिन सक्ने अवस्था छैन ।

पटेराखल्लासँगै जिल्लाका अन्य स्थानमा पनि ठूलो संख्यामा विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबारको बाढीले जिल्लाभर ३ सय ७ परिवार विस्थापित भएका छन् । दोधारा चाँदनी १० कुतियाकभर, शान्तिटोल, निशानी टोल र वडा ८ को सुन्दरनगर बस्ती डुबानमा परेका थिए । उक्त क्षेत्रमा एक सयभन्दा बढी परिवार विस्थापित भएका छन् । भुजेला खोला बस्तीमा पस्दा भीमदत्त नगरपालिका ११, १२ र १३ का ५० परिवार विस्थापित भएका छन् । बेलडाँडी, बेलौरी र पुनर्वास क्षेत्रमा पनि विस्थापित अझै घर फर्किन नसकेको जिल्ला प्रहरीका प्रहरी निरिक्षक ईश्वर थापाले बताए ।

वर्षा रोकिएसँगै महाकालीलगायत अन्य नदीको बहाव घटेको छ । तर अझै पनि बस्तीको डुबान कम भइसकेको छैन । प्रहरीका अनुसार शुक्रबार ४ लाख ६१ हजार क्युसेक पुगेको महाकालीको बहाव शनिबार २ लाखमा झरेको छ ।

धनगढी खबर 

प्रतिक्रिया

छुटाउनुभयो कि ?

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आ...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको ...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक व...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० न...
कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

कैलालीको कैलारीमा श्रद्धाञ्जलीसहित राहत हस्तान्तरण, किसान सहकारीबाट परिवारलाई लाखौं सहयोग

रमित ओली, हसुलिया- कैलालीको कैलारी गाउँपालिकामा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा आयोजित श्रद्धाञ्जली सभा तथा सुविधा...
बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

बझाङ यार्चागुम्बा मुद्दा सम्बन्धी समाचार सच्याइयो

यस यसअघि प्रकाशित “बझाङमा यार्चागुम्बा ओसारपसार मुद्दामा फरार अभियुक्त पक्राउ” सम्बन्धी समाचारमा केही तथ्यगत त्रुटि भएको पाइएकाले ...
बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

बझाङको छबिसपाथिभेरा- ७ मा स्थानीयलाई एक हप्ते साबुन बनाउने तालिम दिइँदै

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ का स्थानीयलाई साबुन बनाउने तालिम प्रदान गरिँदैछ । घरेलु तथा साना उद्योग कार्यालय चैनपुर बझ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज