Advertisement

कैलाली

धनगढीबाट खैरो हेरोइनसहित २ पक्राउ

धनगढीबाट खैरो हेरोइनसहित २ पक्राउ

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको धनगढीबाट साढे ८ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ परेका छन्। बिहीबार धनगढी उपमहानगरपालिका–११ बेलाबाट २८ वर्षीय अर्जुन चौधरी र ३२ वर्षीय आशाराम चौधरी पक्राउ परेका हुन्। उनीहरूको साथबाट ८ ग्राम ५८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। दुवै जनालाई वडा प्रहरी कार्यालय धनगढी, लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी पोस्ट अम्बिकाटोलबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो।...
कैलालीमा नदीमा डुबेर एक जनाको मृत्यु

कैलालीमा नदीमा डुबेर एक जनाको मृत्यु

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका–६ घर भई धनगढी उपमहानगरपालिका–९ बस्ने ४० वर्षीय राजेश चौधरीको धनगढी उपमहानगरपालिका–९ स्थित मोहना नदीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको हो। डुबेर गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।...
चुरे गाउँपालिका–२ मा युवा टोलीद्वारा संकलित रकम पीडितलाई हस्तान्तरण

चुरे गाउँपालिका–२ मा युवा टोलीद्वारा संकलित रकम पीडितलाई हस्तान्तरण

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको चुरे गाउँपालिका–२ का विभिन्न पीडित परिवारका लागि स्थानीय युवाहरूले सञ्चालन गरेको सहयोग अभियानबाट संकलित रकम हस्तान्तरण गरिएको छ। मनोज साउद लगायतको युवा टोलीको पहलमा सुरु गरिएको अभियानमार्फत संकलित करिब ६६ हजार रुपैयाँभन्दा बढी रकम आर्थिक अभावमा रहेका तीन घरपरिवारलाई सहयोग गरिएकाे हो। कड्कीरीका करी पार्की, पारु पार्की र छोरा खड्क पार्की परिवारको दयनीय अवस्थालाई मध्यनजर गर्दै सुरु गरिएको अभियानबाट संकलित १७ हजार ७७० रुपैयाँ स्थानीय सरकारको रोहवरमा हस्तान्तरण गरिएको छ। साथै तीनै सदस्यलाई चिसो मौसमका लागि जाकेट समेत वितरण गरिएको थियो। त्यसैगरी, चुरे गाउँपालिका–२ बन्तपुरका राम साउदका १० वर्षीय छोरा योगेन्द्र साउद गाईबाख्रा चराउन जाँदा भिरबाट लडेर गम्भीर रूपमा घाइते भएपछि उपचारका लागि आर्थिक अभाव भएको परिवारलाई लक्षित गरी अर्को अभियान सञ्चालन गरिएको थियो। ललित दियाकोटी र मन...
कैलालीको घोडाघोडीमा जिपको ठक्करमा एक जनाको मृत्यु, तीन घाइते

कैलालीको घोडाघोडीमा जिपको ठक्करमा एक जनाको मृत्यु, तीन घाइते

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको घोडाघोडी नगरपालिका–२ टनकपुरमा आइतबार बिहान भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ गइरहेको लु २ च २३५८ नम्बरको तरकारी बोकेको जिपले साइकल यात्री र पैदल यात्रुलाई ठक्कर दिँदा बर्दगोरिया गाउँपालिका–६, कोटा तुल्सिपुर निवासी ५५ वर्षीय शंकर डगौरा गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि घोडाघोडी अस्पताल पुर्‍याइएको थियो तर चिकित्सकले मृत घोषित गरेका छन्। ठक्करबाट घोडाघोडी नगरपालिका–२ साडेपानीका ५४ वर्षीय पदम बहादुर शाही, बर्दगोरिया गाउँपालिका–६ का ५४ वर्षीय हर्क बहादुर डगौरा र त्यसै स्थानका २५ वर्षीय कृष्ण डगौरा घाइते भएका छन्। घाइतेहरूको घोडाघोडी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न जिप र चालक रोल्पा, त्रिवेणी गाउँपालिका–४ निवासी २३ वर्षीय सन्तोष घर्तीमगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।...
भिरबाट खसेर घाइते भएका योगेन्द्र र  बस दुर्घटनामा मृत्यु भएकी टिकेस्वरिलाइ आर्थिक सहयोग

भिरबाट खसेर घाइते भएका योगेन्द्र र बस दुर्घटनामा मृत्यु भएकी टिकेस्वरिलाइ आर्थिक सहयोग

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी। कैलालीको चुरे गाउँपालिका–२ बसन्तपुरका १० वर्षीय योगेन्द्र साउद भिरबाट खसेर गम्भीर घाइते भएका थिए। गोठालो जाने क्रममा भिरबाट खसेपछि टाउकोमा चोट लागेर गम्भीर घाइते भएका बालकका उपचारका लागि स्थानीय युवाहरूले सहयोग अभियान सञ्चालन गरेका छन्। समाजसेवी मनोज साउदको नेतृत्व र ललित दियाकोटीको सहकार्यमा सञ्चालन गरिएको अभियानमार्फत रु २१ हजार ७९१ रुपैयाँ ४० पैसा संकलन गरी उपचार खर्चका लागि हस्तान्तरण गरिएको हो। यसैबीच, सोही गाउँपालिकाकी टिकेश्वरी बि.क.का परिवारका लागि पनि सहयोग अभियान सञ्चालन गरिएको छ। सिता देवी बि.क.की छोरी टिकेश्वरी भारतको दिल्ली जाँदै गर्दा उत्तर प्रदेशको साजानपुर नजिकै भएको बस दुर्घटनामा परि निधन भएको थियो। घरको जिम्मेवारी सम्हाल्दै आएकी टिकेश्वरीको निधनपछि परिवार आर्थिक संकटमा परेपछि मनोज साउद र गणेश बि.क.को नेतृत्वमा आर्थिक सहयोग संकलन गरिएको हो। देश–विदेशमा रहेक...
सुदूरपश्चिमका प्रभावित सरकारी निकायहरूलाई आलोक मल्टी कन्सर्नद्वारा फर्निचर हस्तान्तरण

सुदूरपश्चिमका प्रभावित सरकारी निकायहरूलाई आलोक मल्टी कन्सर्नद्वारा फर्निचर हस्तान्तरण

Breaking News 1, कैलाली, ताजा अपडेट, दैनिक, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
  धनगढी, कैलाली । हालै भाद्र २३ र २४ गते सम्पन्न जेन्जी आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेशभरिका विभिन्न सरकारी तथा सार्वजनिक कार्यालयहरूमा भएको क्षतिपछि आवश्यक फर्निचर सामग्री सहयोगका रूपमा आलोक मल्टी कन्सर्न प्रा.लि., धनगढी-४ चटकपुर, कैलालीले विभिन्न निकायहरूलाई फर्निचर हस्तान्तरण गरेको छ।   कम्पनीका अनुसार कार्यालयहरूको नियमित सेवा सुचारु गर्न सहज होस् भन्ने उद्देश्यले टेबल, कुर्सी, र्याक, सोफा लगायतका सामग्रीहरू हस्तान्तरण गरिएको हो। उक्त फर्निचर सहायता जिल्ला प्रशासन कार्यालय, प्रदेशस्तरीय मन्त्रालय, विभिन्न जिल्ला कार्यालयहरूसँगै नगरपालिका र गाउँपालिकासहित २२ वटा सरकारी तथा सार्वजनिक निकायहरूलाई प्रदान गरिएको कम्पनीले जनाएको छ।   यस कार्यमार्फत प्रदेशभित्रका सार्वजनिक संरचना पुनर्स्थापना र सेवा प्रवाह निरन्तरतामा सहयोग पुग्ने विश्वास कम्पनीको छ। साथै, अझै सामग्री ग्रहण गर्न...
कैलालीको गोदावरीमा बसको ठक्करबाट वृद्धाको मृत्यु

कैलालीको गोदावरीमा बसको ठक्करबाट वृद्धाको मृत्यु

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको गोदावरीमा बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार महाकाली राजमार्ग अन्तर्गत गोदावरी नगरपालिका–५ तेघरीमा आर्मी ब्यारेक गेट नजिकै बुधबार बिहान साढे ६ बजे दुर्घटना भएको हो। दिपायलबाट धनगढीतर्फ आउँदै गरेको ना ५ ख ५२५ नम्बरको बसले करिब ८० वर्षीया अज्ञात वृद्धालाई ठक्कर दिएको प्रहरीले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएकी वृद्धाको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।...
विपिन जोशीको अन्तिम विदाइ आज

विपिन जोशीको अन्तिम विदाइ आज

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुर । हमासको नियन्त्रणमा रहेकै अवस्थामा मारिएका नेपाली विद्यार्थी कञ्चनपुरका विपिन जोशीको आज अन्त्येष्टी गरिदैछ । आज बिहान ८ बजे महेन्द्रनगरस्थित घरबाट शवयात्रा सुरु गरी महाकाली आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो । दाहसंस्कारमा नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बास समेत सहभागी हुने बताइएको छ । विपिनको शव सोमबार राति सवा आठ बजे कञ्चनपुरको महेन्द्रनगरस्थित घरमा पुर्‍याइएको हो । सोमबार दिउँसो फ्लाई दुबईको उडानमार्फत विपिनको शव काठमाडौँ ल्याइएको थियो । विपिनको शवलाई प्रधानमन्त्री सुशीला कार्की तथा मन्त्रीहरूसहित सरकारका उच्च अधिकारीहरूले विमानस्थलमा पुगेर श्रद्धाञ्जली दिनु भएको थियो । विपिनको शवलाई सोमबार अपराह्न नेपाली सेनाको स्काई ट्रकमार्फत धनगढी पठाई धनगढीबाट शव वाहनमार्फत कञ्चनपुरको महेन्द्रनगरस्थित घरसम्म ...
डोटीमा बोलेरो जिप दुर्घटना, एक जनाको मृत्यु

डोटीमा बोलेरो जिप दुर्घटना, एक जनाको मृत्यु

Breaking News 1, कैलाली, डोटी, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- डोटीमा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। जिल्लाको बडिकेदार गाउँपालिका–३ देवल भन्ने स्थानमा मंगलबार बिहान भएको दुर्घटनामा सोही गाउँपालिकाकी ३५ वर्षीया लक्ष्मी कुमारी सलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डोटीले जनाएको छ। कैलालीको सुखडबाट डोटीको देवलतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ च ४६५१ नम्बरको बोलेरो जिप सापट भाँचिँदा सडकमा पल्टिँएको प्रहरीले जनाएको छ। जिप कैलालीको घोडाघोडी नगरपालिका–८ मैनापोखरीका २७ वर्षका सरोज विकले चलाइरहेका थिए। जिपमा नौ जना सवार रहेकामा अन्य आठ जना सकुशल रहेको प्रहरीले जानकारी दिएको छ। घटनाको थप अनुसन्धानका लागि प्रहरी सहायक निरीक्षक पदमराज भट्टको कमान्डमा चार जनाको टोली खटिएको जिल्ला प्रहरीले जनाएको छ।...
कैलालीको गोदावरीमा युवकमाथि धारिलो हतियार प्रहार गर्ने १० जना पक्राउ

कैलालीको गोदावरीमा युवकमाथि धारिलो हतियार प्रहार गर्ने १० जना पक्राउ

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको गोदावरी नगरपालिका–४ मा एक युवकमाथि धारिलो हतियार प्रहार गर्ने गिरोहका १० जना पक्राउ परेका छन्। डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ का ३२ वर्षीय गौरव ऐरमाथि गोदावरीस्थित शुभम् होटलमा नास्ता खाइरहेका बेला धारिलो हतियार प्रहार गरिएको थियो। घटनापछि फरार समूहका सदस्यलाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त टोलीले भारततर्फ भाग्दै गरेको अवस्थामा धनगढी उपमहानगरपालिका–२ नजिकैबाट पक्राउ गरेको हो। पक्राउ पर्नेमा सन्नी नेपालीसहित १० जना रहेका छन्। प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरू “कोब्रा सरकार” नामले परिचित ग्याङका सदस्य हुन्। उक्त समूहको नेतृत्व सन्नी नेपालीले गर्दै आएको बताइएको छ। गौरव ऐरमाथि राति करिब ११ बजेतिर होटलमा बसेर नास्ता खाइरहेका बेला बाहिरबाट आएको समूहले आक्रमण गरेको थियो। गम्भीर घाइते ऐरलाई प्रारम्भिक उपचारका लागि अत्तरिया अस्पताल र न...
कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्करराज ओझा विजयी

कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्करराज ओझा विजयी

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलाली उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा पुष्करराज ओझा अध्यक्षमा निर्वाचित भएका छन्। उनले प्रतिद्वन्द्वी रुपेश स्वाँरलाई ६१ मतको अन्तरले पराजित गरे। ओझा नेतृत्वको प्यानलबाट तीन उपाध्यक्ष र एक महासचिव विजयी भएका छन् भने स्वाँर नेतृत्वको प्यानलबाट दुई उपाध्यक्ष, सचिव र कोषाध्यक्ष निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्षमा स्वाँर प्यानलका केशवराज जोशी विजयी भएका छन्। उनले ओझा प्यानलका ओम बिष्टलाई पराजित गरे। त्यस्तै, उद्योग उपाध्यक्षमा स्वाँर प्यानलकै लक्ष्मणराज पन्त, एसोसियट उपाध्यक्षमा ओझा प्यानलका मनोज अग्रवाल, वाणिज्य उपाध्यक्षमा गगनराज केसी र वस्तुगत उपाध्यक्षमा भीमराज ओझा (अब्बु) विजयी भएका छन्। महासचिवमा ओझा प्यानलका दिनेश लम्साल विजयी भएका छन्। उनले सुरेश पाण्डेलाई पराजित गरे। त्यसैगरी, कोषाध्यक्षमा तिलकबहादुर बोहरा र सचिवमा प्रकाशकुमार चन्द विजयी भए...
ऐनविपरीत कैलारी गाउँपालिकाका अध्यक्षको घरमा पालिकाको खर्चमा एसी, तीन एसीसहित उपकरण जलेपछि खुल्यो रहस्य

ऐनविपरीत कैलारी गाउँपालिकाका अध्यक्षको घरमा पालिकाको खर्चमा एसी, तीन एसीसहित उपकरण जलेपछि खुल्यो रहस्य

Breaking News 1, कैलाली, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले सरकारी खर्चमा आफ्नो निजी निवासमा तीनवटा एयर कन्डिसनर (एसी) जडान गरेको खुलासा भएको छ। सुदूरपश्चिम प्रदेशको स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधासम्बन्धी (पहिलो संशोधन) ऐन, २०७६ विपरीत चौधरीले कैलारी गाउँपालिका–४, भितरियास्थित आफ्नै घरमा पालिकाको बजेट प्रयोग गरी एसी जडान गराएको जनाइएको छ। अध्यक्ष चौधरीको घरमा ‘ग्री’ ब्रान्डका एक टन क्षमताका दुई थान र १.५ टन क्षमताको एक थान एसी जडान गरिएको थियो। जेनजी आन्दोलनकारीले हालै उनको निवासमा आगजनी गर्दा ती तीनै एसी जलेर नष्ट भएपछि उक्त तथ्य सार्वजनिक भएको हो। गाउँपालिकाले आगलागीबाट भएको क्षतिको विवरण तयार पार्दा चौधरीको घरमा रहेको एसीसहित अन्य विद्युतीय सामग्री पनि पालिकाको खर्चमा जडान गरिएको उल्लेख भएको पाइएको छ। ती सामग्रीमा दुई थान २०० एएच क्षमताका ब्याट्री, चार थान सिलिङ पङ्खा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज