Advertisement

कैलाली

कैलालीमा युवकको घाँटी रेटी हत्या, टाउको बोकेर प्रहरी पोस्टतर्फ आउँदै गरेका २ जना पक्राउ

कैलालीमा युवकको घाँटी रेटी हत्या, टाउको बोकेर प्रहरी पोस्टतर्फ आउँदै गरेका २ जना पक्राउ

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा एक युवकको घाँटी रेटी हत्या गरिएको छ। घोडाघोडी नगरपालिका–८ जरैका २८ वर्षीय केशरबहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशदत्त अवस्थीका अनुसार हत्या आरोपमा सोही वडाका २८ वर्षीय लालबहादुर विक र १९ वर्षीय गङ्गा बुढा क्षेत्रीलाई पक्राउ गरिएको छ। प्रहरीका अनुसार दुवै अभियुक्त बुढाको टाउको बोकेर प्रहरी पोस्टतर्फ आउँदै गर्दा खेत प्रहरी पोस्टका जवानले नियन्त्रणमा लिएका थिए। मृतक बुढाको टाउको इलाका प्रहरी कार्यालय सुखडमा राखिएको छ भने शरीर घटनास्थलमै रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी अवस्थीले जानकारी दिए।...
धनगढीमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालन

धनगढीमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालन

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम, स्वास्थ्य
धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–२ भन्सार रोडमा ६० लाख रुपैयाँ लागतमा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ । यो केन्द्र धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको हो । केन्द्र निर्माणमा यूएनडिपी विश्व वातावरण कोषको साना अनुदान कार्यक्रमको आर्थिक सहयोग र हेकाफ ३६० को प्राविधिक सहयोग रहेको छ । स्वास्थ्य संस्थाबाट निस्कने जोखिमयुक्त फोहोर यहाँ ल्याएर ‘अटो–क्लेभ मेसिन’मार्फत उच्च तापक्रम र प्रेसरमा राखी जीवाणु नष्ट गरी मात्र व्यवस्थापन गरिनेछ । धनगढी उपमहानगरपालिकामा हाल १७१ वटा स्वास्थ्य संस्था रहेका छन्, जसमा २१ वटा नगरकै मातहतमा छन् । यी संस्थाबाट दैनिक ठूलो मात्रामा फोहोर निस्कने भएकाले अब स्रोतमै पृथकीकरण गर्ने तयारी गरिएको छ । घरदैलो खोप कार्यक्रममा प्रयोग हुने खोप झोला र सुई काट्ने सुविधा पनि व्यवस्था गरिएको जनाइएको छ ।...
चाडपर्वमा मर्यादित ढंगले पर्व मनाउन कैलाली प्रशासनको आग्रह

चाडपर्वमा मर्यादित ढंगले पर्व मनाउन कैलाली प्रशासनको आग्रह

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- जिल्लाअधिकार कार्यालय कैलालीले चाडपर्वको अवसरमा शान्ति–सुरक्षा कायम राख्दै मर्यादित ढंगले पर्व मनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। कार्यालयले आइतबार सार्वजनिक सूचना जारी गर्दै मादक पदार्थ सेवन गरी सार्वजनिक स्थलमा होहल्ला तथा झगडा नगर्न, अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना नगर्न, कालोबजारी र अनधिकृत मूल्यवृद्धि नगर्न, म्याद नाघेका वस्तुको बिक्री–वितरण नगर्न चेतावनी दिएको छ। त्यस्तै, सवारीसाधनमा तोकिएको क्षमताभन्दा बढी यात्रु नराख्न, मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउन, तोकिएको भन्दा बढी भाडा असुल नगर्न र ट्राफिक नियमको पालना गर्न समेत प्रशासनले अनुरोध गरेको छ।...
धनगढीमा ट्रकसँग ठोक्किँदा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

धनगढीमा ट्रकसँग ठोक्किँदा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

Breaking News 1, कैलाली, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको धनगढीमा ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। बिहीबार साँझ धनगढी उपमहानगरपालिका–७ जेपी चोक नजिक रोकी राखिएको सुपप्र ०१–००१ क १६९० नम्बरको ट्रकमा से ५ प ३४१४ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक धनगढी–१२ का १८ वर्षीय अनिस सिंह र पछाडि सवार १९ वर्षीय गणेश कुँवरलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ। प्रहरीका अनुसार ट्रकको पछाडिको भागमा ठोक्किँदा मोटरसाइकल दुर्घटना भएको हो। उक्त ट्रक र चालक चुरे गाउँपालिका–३ का २९ वर्षीय प्रकाश सिंहलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै, सोही मोटरसाइकलले धनगढी–१२ सी गाउँ बस्ने ७० वर्षीय मना पार्कीलाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ। घाइते पार्कीको उपचार हाल नि...
कैलाली उद्योग वाणिज्य संघको ५१औं साधारणसभा असोज २५ गते हुने

कैलाली उद्योग वाणिज्य संघको ५१औं साधारणसभा असोज २५ गते हुने

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलाली उद्योग वाणिज्य संघको ५१औं साधारणसभा तथा चुनावी अधिवेशन आगामी असोज २५ गते हुने भएको छ। जेनेजी आन्दोलनका कारण स्थगित भएको अधिवेशनबारे सर्वपक्षीय बैठकले नयाँ मिति तय गरेको हो। संघका अध्यक्ष पुष्पराज कुँवरले एक भिडियो सन्देशमार्फत सबै उद्योगी व्यवसायीलाई अधिवेशनमा सहभागी हुन आग्रह गरेका छन्। यसअघि भदौ २८ गते गर्ने भनिएको अधिवेशन आन्दोलनका कारण कफ्र्यु लागेपछि स्थगित भएको थियो। दसैं–तिहारको बीचमा उपयुक्त मिति निर्धारण गर्ने सहमतिअनुसार असोज २५ गते अधिवेशन गर्ने निर्णय गरिएको हो। २२ सदस्यीय कार्यसमितिका लागि उम्मेदवारी दर्ता भइसकेको छ। अध्यक्ष पदमा वरिष्ठ उपाध्यक्ष पुष्करराज ओझा र पूर्वमहासचिव रुपेश स्वाँरले प्यानलसहित उम्मेदवारी दिएका छन्। साथै, पदाधिकारी तथा सदस्य पदका लागि ६ जना व्यवसायीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। संघका २,२७४ जना सदस्यले मतदानमा सहभागी ...
जेनजीकाे हमला दिदै अनलाइनखबरकर्मी विष्टलाई  उपमेयरका छाेराले दिए धम्की

जेनजीकाे हमला दिदै अनलाइनखबरकर्मी विष्टलाई  उपमेयरका छाेराले दिए धम्की

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- जेनजी आन्दोलनको बलमा बैतडीकाे दशरथ चन्द नगरपालिकाकि उपमेयर काैशिला चन्दका छाेरा विशाल चन्दले अनलाइनखबरकर्मी जनक विष्टलाई धम्की दिएका छन् । जेनजीकाे हमला दिदै विष्टलाई अपरिचित नम्बरबाट टेलिफाेन गरेर ज्यान मार्ने भन्दै धम्की दिएका हुन् । धनगढी उपमहानगरपालिका-५ तारानगरमा बस्दै आएका चन्दले प्रेस चाैतारी कैलालीका अध्यक्ष समेत रहेका विष्टलाई अपशब्द प्रयाेग गरेर धम्की दिएका हुन् । धनगढी उपमहानगरपालिका- १३ का नवराज कार्कीकाे माेबाईल प्रयाेग गरेर विशालसँगै धनगढीकै रिवाज शाहले समेत उनलाई धम्क्याएका छन् । जेनजीकाे हमला दिदै धम्की दिएपछि पत्रकार विष्टले सुरक्षा र कानुनी कारवाहीकाे माग गर्दै तिनै जनाकाे नाममा जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएका छन् । २४ भदाैकाे राति घरमा सुतिरहेको अवस्थामा टेलिफोन गर्दै उनीहरूले सुरूमा विष्टलाई प्रेस विज्ञप्ति दिनुपर्नेछ भेटाैँ भनेर कुराकानी गरेका थिए...
धनगढीमा १८ हजार बढी इम्बोस नम्बर प्लेट जलेर नष्ट, चार करोड ५० लाखको क्षति

धनगढीमा १८ हजार बढी इम्बोस नम्बर प्लेट जलेर नष्ट, चार करोड ५० लाखको क्षति

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- यातायात विभागले धनगढीका लागि पठाएका १८ हजार १०० बढी मोटरसाइकलका इम्बोस नम्बर प्लेट जेन–जी आन्दोलनका क्रममा जलेर नष्ट भएका छन्। सुदूरपश्चिम भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको यातायात कार्यालय, धनगढीले असोज १ गतेबाट वितरण सुरु गर्ने तयारी गरेको थियो। तर आन्दोलनका क्रममा गोदाममा आगजनी हुँदा सम्पूर्ण नम्बर प्लेट खरानी भएको कार्यालय प्रमुख भूवन जोशीले बताए। उनका अनुसार चार करोड ५२ लाख रुपैयाँ लागतका नम्बर प्लेटसहित फर्निचर र उपकरणमा पनि करिब एक करोड ५० लाख बढीको क्षति भएको छ। तीन दिनसम्म बलिरहेको आगो निभाउन नसकिएको उनले बताए। नम्बर प्लेट नष्ट भएपछि धनगढी यातायात कार्यालयमा वितरण सेवा अवरुद्ध भएको छ।...
जेनजी आन्दोलनपछि सुदूरपश्चिमका नाकामा कडाइ, नागरिकता वा परिचयपत्र विना आवतजावत रोक

जेनजी आन्दोलनपछि सुदूरपश्चिमका नाकामा कडाइ, नागरिकता वा परिचयपत्र विना आवतजावत रोक

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- जेनजी आन्दोलनपछि गौरीफन्टा, गड्डाचौकीलगायत सुदूरपश्चिमका नाकामा आवतजावतमा कडाइ गरिएको छ। भारत–नेपाल ओहोरदोहोर गर्न अब अनिवार्य रूपमा नागरिकता वा राष्ट्रिय परिचयपत्र देखाउनुपर्ने व्यवस्था गरिएको छ। यसले दसैँ–तिहारमा घर फर्किने, किनमेल वा कामको खोजीमा भारत पस्ने नेपालीलाई सास्ती भएको छ। सरकारले यकिन तथ्यांक नजाने पनि करिब पाँच–छ लाख नेपाली भारतमा रोजगारीमा छन् भन्ने अनुमान छ। कैलाली प्रशासनका सूचना अधिकारी शिवराज जोशीका अनुसार सरकारी कागजातबिना सीमा पार गर्न पूर्ण रोक लगाइएको छ। कागजात नबोक्नेहरूलाई नाकाबाटै फर्काइन्छ। दसैँ नजिकिँदै गर्दा सीमामा चहलपहल बढेको छ। कोही पर्व मनाउन घर फर्किँदै छन् भने कोही भारत पस्ने तयारीमा छन्। विगतमा सहजै पार गर्न सकिने गौरीफन्टा नाकामा अहिले परिचयपत्र अनिवार्य बोकेर मात्र ओहोरदोहोर गर्न पाइन्छ।...
आलोक मल्टी कन्सर्न प्रालिले सरकारी कार्यालयहरूलाई फर्निचर सहयोग गर्ने 

आलोक मल्टी कन्सर्न प्रालिले सरकारी कार्यालयहरूलाई फर्निचर सहयोग गर्ने 

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी– जेन-जी आन्दोलनका कारण सुदूरपश्चिम प्रदेशका विभिन्न सरकारी कार्यालयहरूमा क्षति पुग्दा सेवा सञ्चालनमा कठिनाइ आएपछि, आलोक मल्टी कन्सर्न प्रालि, धनगढी-४, चटकपुरले सहयोग गर्नेभएको छ। कम्पनीले भनेको छ, यसअघि आगलागीबाट ठुलो क्षति भोग्दा पनि आम जनसमुदाय, व्यवसायी र उद्योग वाणिज्य संघ लगायतबाट प्राप्त सहयोग र हौसलाका कारण पुनः सञ्चालनमा फर्किन सफल भएको छौ । यस सहयोगी भावनाको कदर गर्दै, कम्पनीले समाज, समुदाय र राष्ट्रिय हितप्रति आफ्नो प्रतिबद्धता देखाउँदै सरकारी कार्यालयहरूको सहज सञ्चालनका लागि फर्निचर उपलब्ध गराउने निर्णय गरेको हो। आलोक मल्टी कन्सर्न प्रालिले “समाज, समुदाय र राष्ट्रिय हितका कार्यमा निरन्तर सहयोग र सहकार्य गर्न” अठोट जारी राखेको र आगामी दिनमा पनि यस्ता सहकार्यका कार्यक्रमलाई निरन्तर बढाइने जनाएको छ।...
गौरा पर्वको अवसरमा न्यू रोहित फर्निचर सप्लायर्सको भव्य उद्घाटन

गौरा पर्वको अवसरमा न्यू रोहित फर्निचर सप्लायर्सको भव्य उद्घाटन

Breaking News 1, कैलाली, ताजा अपडेट, दैनिक, सुदूरपश्चिम
धनगढी, कैलाली । कैलालीको फूलबारी–१४, डिपोबजारमा आज (भदौ १५ गते) न्यू रोहित फर्निचर सप्लायर्सको भव्य उद्घाटन भएको छ। आलोक मल्टी कन्सर्न प्रा. लि., चटकपुरको शाखाका रूपमा सञ्चालनमा आएको यो नयाँ फर्निचर पसलले यस क्षेत्रका ग्राहकलाई उच्च गुणस्तरका आधुनिक र परम्परागत शैलीका फर्निचर उपलब्ध गराउने लक्ष्य राखेको छ।   उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, व्यवसायी, उद्यमी, समाजका अगुवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। पसलका सञ्चालक दुर्गा प्रसाद जोशीका अनुसार, न्यू रोहित फर्निचर सप्लायर्सले धनगढी तथा आसपासका क्षेत्रमा सोफा, बेड, मोडुलर किचन, दराज, टेबुल, डाइनिङ टेबल, घुम्ने कुर्सी, कार्पेट, पर्दा, गलैचा, इलेक्ट्रिकल आइटम तथा अफिस फर्निचरलगायतका घर र कार्यालयका सम्पूर्ण सामग्री एकै ठाउँमा उपलब्ध गराउनेछ।   गुणस्तर र ग्राहक सेवामा विशेष ध्यान दिने लक्ष्य राखिएको यस फर्निचर...
सुदूरपश्चिममा गौरा पर्व सुरु, आज बिरुडा भिजाइँदै

सुदूरपश्चिममा गौरा पर्व सुरु, आज बिरुडा भिजाइँदै

Breaking News 1, कन्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, ताजा अपडेट, दार्चुला, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
सुदूरपश्चिम प्रदेशको मौलिक तथा ऐतिहासिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु भएको छ। पर्वको पहिलो दिन व्रतालु महिलाले पाँच प्रकारका अन्न तथा गेडागुडी मिसाएर तयार पारिने बिरुडा भिजाएर गौराको सुरुवात गर्ने चलन छ। यस दिनलाई बिरुडा पञ्चमी पनि भनिन्छ। पर्वअनुसार तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले सजाइन्छ। त्यसपछि भाँडाभित्र बिरुडा राखी देवी गौरीलाई अर्पण गरिन्छ। बिरुडालाई गौरीको प्रसादका रूपमा लिने चलन छ। गौरा पर्व पुत्रदा एकादशीपछि भदौ महिनाको बिरुडा पञ्चमीका दिनदेखि सुरु हुन्छ। यसअघि एक महिना शुद्ध शाकाहार र ब्रह्मचर्यको पालना गर्ने परम्परा रहिआएको छ। बिरुडा भिजाउँदा गाउँघरमा मंगल गीत गाउँने र सगुन बाँड्ने प्रथा छ। यस पर्वमा पुरुषको व्रतबन्ध जस्तै महिलाले दुवधागो (रक्षासूत्र) बाँध्ने गर्छन्। साथै, महिलाले व्रत बसेर गौरीलाई पूजाआर्चना गरी दीर्घायु, परिवार सुख–शान्ति र स...
कैलालीको चुरे गाउँपालिकामा खोलाको ठेक्का सेटिङको आरोप

कैलालीको चुरे गाउँपालिकामा खोलाको ठेक्का सेटिङको आरोप

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी– कैलालीको चुरे गाउँपालिकाले हालै शिवगङ्गा खोलाको रोयल्टी सम्बन्धि ठेक्का लगाएको छ। स्रोतका अनुसार कर्मचारीहरूसहित पालिका अध्यक्षका मान्छेले मिलेमतो गर्दै साढे ८ लाख रुपैयाँमा ठेक्का लगाएको आरोप लागेको छ। अलिक अगाडि मात्र पालिकाले उपाध्यक्षलाई जानकारी नदिई ठेक्का सेटिङ गरेको आरोप उठेको छ। यसअघि पनि ठेक्का सेटिङ गरिएको थियो र हाल इन्जिनियरले पुनः सेटिङ गरेको जनाइएको छ। ठेक्का आह्वानको सात दिने पत्रिकासमेत लुकाएर ठेक्का लगाइएको बुझिएको छ। हाल अनलाइन विधिबाट ठेक्का आह्वान गर्नु पर्ने प्रावधान भए पनि यस पटक पालिकाले सो प्रक्रिया अपनाएको छैन। चुरे गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत कालिप्रसाद भट्टले भने, “म आफू सो विषयमा जानकार भएपनि यसमा मेरो भूमिका छैन,” भनी दाबी गरेका छन्।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज