Advertisement

कैलालीमा होरीको दिन ८ सवारी दुर्घटना, १३ जना घाइते

Advertisement

धनगढी- कैलालीमा होरी दिन मात्र ८ वटा सवारी दुर्घटना भएका छन्। जिल्लाका विभिन्न स्थानहरूमा होलीको दिनमा ८ वटा सवारी दुर्घटना भएका हुन्  । उक्त दुर्घटनामा परि १३ जना घाइते भएका छन्।

कैलालीको धनगढी उपमहानगरपालिका–१९ फूलबारी, लम्की चुहा नगरपालिका–२ गणेशचोक, टीकापुर नगरपालिका–१ बम पेट्रोलपम्प, बर्दगोरिया गाउँपालिका–२ दोधरा, गोदावरी नगरपालिका–४ बुढीतोला, बर्दगोरिया गाउँपालिका–१ मुडा, धनगढी उपमहानगरपालिका–१३ भित्री सडक र लम्की चुहा नगरपालिका–१० चुहामा सवारी दुर्घटना भएका हुन।

लम्की चुहा नगरपालिका–२ गणेशचोकमा सुदूरपश्चिम प्रदेश ०१००८ प ७५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएके हो। मोटरसाइकलमा सवारी २ जना पुरुष घाइते भएका छन्। उनीहरूको लालरन्त अस्पताल लम्कीमा उपचार भएको छ। टीकापुर नगरपालिका–१ बम पेट्रोलपम्प नजिक सुदूरपश्चिम प्रदेश ०१००८ प ९२५४ नम्बरको मोटरसाइकलले ६५ वर्षीय वृद्धलाई ठक्कर दिएको छ। उनलाई नेपालगञ्ज रेफर गरिएको छ। मोटरसाइकल चालको लम्कीमा उपचार हुँदैछ।
यता, बर्दगोरिया गाउँपालिका–२ दोधरामा सुदूरपश्चिम प्रदेश ०१००७ प ९४६१ नम्बरको मोटरसाइकलले ६ वर्षीया बालिकालाई ठक्कर दिएको छ। गोदावरी नगरपालिका–४ बुढीतोलामा सुदूरपश्चिम प्रदेश ०१०१२ प ८५८२ नम्बरको मोटरसाइकल दुर्घटना भएको छ। मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा १८ वर्षीय युवक घाइते भएका छन्। उनको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार हुँदैछ।
कैलालीको बर्दगोरिया गाउँपालिका–१ मुडा गाउँमा से ३ प ४०९० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको छ। मोटरसाइकल दुर्घटनामा २७ वर्षीय र २६ वर्षीय २ युवा घाइते भएका छन्। उनीहरूलाई नेपालगञ्ज रेफर गरिएको छ। धनगढी उपमहानगरपालिका–१३ भित्रि सडक खण्डमा से ७ प २८६ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको छ। मोटरसाइकलले पैदलयात्री ५५ वर्षीय पुरुषलाई ठक्कर दिएको हो। उनलाई पनि नेपालगञ्ज् रेफर गरिएको छ। मोटरसाइकल चालक १८ वर्षीय युवकको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार हुँदैछ।
उता कैलालीको लम्की चुहा नगरपालिका–१० चुहामा सुदूरपश्चिम प्रदेश ०१०१२ प ६४१८ नम्बरको मोटरसाइकलले १५ वर्षीय युवकलाई ठक्कर दिएको छ। उनलाई पनि कोहलपुर रेफर गरिएको छ। विभिन्न अनलाइनबाट साभार

प्रतिक्रिया

छुटाउनुभयो कि ?

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

गणेश नेपाली मृत्यु प्रकरण: संसद् र सडकबाट प्रधानमन्त्री बालेन शाहको राजीनामा माग

काठमाडौं- मुगुका गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गर्दै संसद् र सडक दुवैतर्फबाट विरोध चर...
केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

केदारस्युँ गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८२ / ०८३ को वित्तीय प्रगति, ९० प्रतिशत बजेट खर्च

बझाङ- केदारस्युँ गाउँपालिकाले आर्थिक वर्ष २०८२ / ०८३ को वार्षिक वित्तीय प्रगति सार्वजनिक गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले बि...
कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

कैलालीमा बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

धनगढी- कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बर्दगोरिया गाउँपालिका–६ ...
कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली नदीमा बेपत्तामध्ये थप दुई जनाको शव फेला, दुई जना अझै बेपत्ता

कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७, साङ्गेतरामा कर्णाली नदीमा बेपत्ता भएकामध्ये थप दुई जनाको शव बिह...
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर - सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण निरन्तर बढ्दै गएको ...
बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

बर्खामा बिपी राजमार्ग अवरुद्ध भए आधा घण्टामै खुलाइने गरी तयारी

काठमाण्डाै- पटकपटकको बाढीपहिरोले क्षति भई पुनर्निर्माण थालिएको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्डमा अब अवरुद्ध भए आधा घण...
सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

सातै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं- आज सातवटै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोसी, वाग्मती,...
छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

छबिसपाथिभेरा-७ को प्राकृतिक गहना दानछडा झरना प्रचारप्रसारको पर्खाइमा

धनगढी- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ मा अवस्थित दानछडा झरना प्राकृतिक सौन्दर्यले भरिपूर्ण आकर्षक गन्तव्य हो। मनमोहक दृश्य र रमण...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज