Advertisement

कैलाली

धनगढीमा निजी वायुसेवा कम्यती यतीको परीक्षण उडान

धनगढीमा निजी वायुसेवा कम्यती यतीको परीक्षण उडान

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- धनगढी र सुर्खेत विमानस्थलमा यती एअरलाइन्सले शनिबार  परीक्षण उडान गरेको छ । निजी वायुसेवा कम्पनी यती एअरलाइन्सको एन–एएमएनको एटीआर ७२ विमानले सुदूरपश्चिम प्रदेशको धनगढी विमानस्थल र कर्णाली प्रदेशको राजधानीस्थित सुर्खेत विमानस्थलमा परीक्षण उडान गरेको हो । दुवै ठाउँमा सफलातपूर्क परीक्षण उडान भएका एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए । नेपालगञ्ज विमानस्थलबाट उडेको यतीको विमान सुर्खेत विमानस्थलमा दिउँसो सवा १२ बजे अवतरण गरेको थियो भने नेपालगञ्जबाटै उडेको सोही विमान दिउँसो साढे १ बजे धनगढी विमानस्थलमा अवतरण गरेको थियो । परीक्षण उडानमा रहेको उक्त विमानलाई यती एअरलाइन्सका प्रशिक्षक पाइलटद्वय क्याप्टेन समर्थरत्न तुलाधर र क्याप्टेन राजु राजवंशीले उडान भरेका थिए । उक्त उडानको अवलोकनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणका तथा यती एअरलाइन्सका प्राविधिक तथा प्रतिनिधिहरूको टोली साथमा रहेका...
रघुनाथ आदर्श प्राविधिक माविको ६३ औं वार्षिकोत्सब सम्पन्न,, विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

रघुनाथ आदर्श प्राविधिक माविको ६३ औं वार्षिकोत्सब सम्पन्न,, विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा रहेको रघुनाथ आदर्श (प्राविधिक) माध्यमिक विद्यालयको वार्षिकोत्सब तथा अभिभावक भेला सम्पन्न भएको छ । जिल्लाको जोशीपुर गाउँपालिका-७ बौनियाँमा रहेको रघुनाथ आदर्श (प्राविधिक) माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सब तथा अभिभावक भेला सम्पन्न भएको हो । शुक्रबार विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदम बोहराको अध्यक्षतामा भएको वार्षिकोत्सब तथा अभिभावक भेला कार्यक्रममा प्रमुख अतिथि संविधानसभा सदस्य बुद्धिसागर चौधरी रहनु भएको थियोे । वार्षिकोत्सब तथा अभिभावक भेला कार्यक्रममा विभिन्न कला भेषभुषा, सांस्कृतिक प्रदर्शनी ,नृत्य , देउडा आयोजना गरिएको थियोे। हाम्रो लोक संस्कृति र परम्परागत कलालाई जोगाइ राख्न देउडा खेल र अन्य थारु संस्कृति आयोजना गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदम बोहराले बताए । उनलेे भने यी कार्यक्रमले विभिन्न सामाजिक तहका मानिसहरूलाई सामूहिक रूपमा सहभागी हुँदा...
कैलालीको अत्तरियामा विद्युतका कर्मचारी माथि खुकुरी प्रहार ,  प्रहार गर्ने समुह फरार

कैलालीको अत्तरियामा विद्युतका कर्मचारी माथि खुकुरी प्रहार , प्रहार गर्ने समुह फरार

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको गोदावरी नगरपालिका-१ मा नेपाल विद्युत प्राधिकरणका कर्मचारीमाथि अज्ञात समूहले खुकुरी प्रहार गरेको छ । विहिबार बिहान कार्यालय अगाडि अज्ञात समूहले कर्मचारी सुन्दरलाल चौधरी माथी खुकुरी प्रहार गरेको हो । खुकुरीले चौधरीको टाउकोमा चोट लागेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । घाईते चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पठाईएको डिएसपी गंगा बहादुर थापाले बताए । उनको अनुसार खुकुरी प्रहार गर्ने फरार रहेको र, खोजी कार्य जारी रहेको बताए । स्थानीयका अनुसार ३ मोटरसाइकलमा आएका ६ जनाले कार्यालय अगाडि उभिएका चौधरी माथी खुकुरी प्रहार गरेका थिए ।...
सीप तथा रोजगार मेलामा २५ जनालाई बेतबाँसको तालिम,,स्वरोजगार बन्ने सहभागिको अपेक्षा

सीप तथा रोजगार मेलामा २५ जनालाई बेतबाँसको तालिम,,स्वरोजगार बन्ने सहभागिको अपेक्षा

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकामा सीप तथा रोजगार मेला जारी छ । स्वदेशी उत्पादनको प्रबद्र्धन गर्ने उद्देश्य सहित धनगढी उपमहानगरपालिकाले आयोजना गरेको सिप तथा रोजगार मेला खुलामञ्चमा चलिरहेको छ उक्त मेलामा २५ जनालाई बेतबाँसको तालिम दिइदै आएको छ । रोजगार ब्यवसायी महासंघ सगंको सहकार्यमा उपमहानगरपालिकाले बिभिन्न २९ बिधामा तालिम दिइरहेको छ । सोही मेलामा उपमहानगरले २२ जना महिला र ३ जना पुरुषलाई बेतबाँसको तालिम दिइरहेको हो । हालसम्म तालिममा सहभागीहरुले मुडा, र्याक लगायतका सामग्री बनाउन सिकिसकेका छन् । घर आगन तथा जगंलमा रहेको बेतबाँसको उपयोग नगरी बिभिन्न ठाउँमा काठबाट भनेका कुर्सी टेवल प्रयोग गर्ने प्रचलन बढ्दो छ । आफ्नै ठाउँमा रहेको बेतबाँसको प्रयोग गर्न नजान्दा घरमा आवश्यक पर्ने फर्निचरका लागी महगों शुल्क तिर्नुपर्ने बाध्यता छ । यसै बाध्यतालाई मध्यनजर गर्दै धनगढी उपमहानगरपालिकाले सिप तथ...
फोहर बिक्रीबाट धनगढीमा ४५ लाख ५५ हजार आम्दानी

फोहर बिक्रीबाट धनगढीमा ४५ लाख ५५ हजार आम्दानी

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–२ मा सञ्चालित सूक्ष्म वर्गीकरण केन्द्रले कुहिने र नकुहिने फोहर बिक्री गरेर रु ४५ लाख ५५ हजार आम्दानी गरेको छ । केन्द्रले गत आर्थिक वर्षमा रु २५ लाख ५५ हजार र चालु आवको आठ महिनामा रु २० लाख आम्दानी गरेको हो । उपमहानगरपालिकाका वातावरण, खानेपानी तथा सरसफाइ व्यवस्थापन शाखा प्रमुख अशोक अवस्थीका अनुसार उपमहानगरपालिकाले आव २०८०र०८१ को साउनदेखि सञ्चालनमा ल्याएको उक्त केन्द्रलाई चालु आवदेखि निजी कम्पनीमार्फत ठेक्का लगाई फोहर बिक्री गर्दै आएको छ । धनगढीको नन्दादेवी सेवा केन्द्रलाई २०८१ देखि २०८६र८७ सम्म पाँच वर्षका लागि ठेक्का दिइएको छ । ठेकेदार कम्पनीसँग पहिलो वर्षको ठेक्का रकमअनुसार प्रत्येक वर्ष १० प्रतिशतले पाँच वर्षसम्म रकम वृद्धि गर्नेगरी ठेक्का सम्झौता गरेको छ । उपमहानगरपालिकाका १९ वडामध्ये हाल नौ वटा वडाबाट दैनिक २१ टन फोहर सङ्कलन गरेर केन्द्रले फोह...
घोडाघोडी चरा अभयारण्य क्षेत्रमा ३ सय ८२ प्रजातिका चरा

घोडाघोडी चरा अभयारण्य क्षेत्रमा ३ सय ८२ प्रजातिका चरा

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलालीमा रहेको घोडाघोडी चरा अभयारण्य क्षेत्रमा ३ सयभन्दा बढी प्रजातिका चरा पाइन थालेका छन्।   रैथाने र आगन्तुक गरेर त्यहाँ ३ सय ८२ प्रजातिका चरा पाइन थालेका हुन। घोडाघोडी पन्छी अभयारण्य क्षेत्र बसाइँ सरी आउने चराका लागि महत्त्वपूर्ण आश्रय स्थल बनेको सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जानकारी दिएको छ।   घोडाघोडी ताल क्षेत्रमा ३२ प्रजातिका माछा, ३४ प्रजातिका स्तनधारी पाइने गरेका जनाइएको छ। यसैगरी, ३२ प्रजातिका पुतली, ११ प्रजातिका घोंघी, सात प्रजातिका घस्रने जन्तु र ६४७ प्रजातिका वनस्पति पाइने गरेको मन्त्रालयले जानकारी दिएको छ।  चरा र बासस्थान संरक्षण गर्ने उद्देश्यका साथ प्रदेश सरकारले घोडाघोडीलाई नेपालकै पहिलो चरा आरक्षको रुपमा पन्छी अभयारण्य क्षेत्र बनाएको छ। सुदूरपश्चिम प्रदेश वन ऐन, २०७७ को दफा ८७ मा टेकेर प्रदेश सरकारले २०७९ भदौ ९ गते पन्छी अभयारण्य ...
टीकापुर विमानस्थलमा साताको तीन दिन उडान भर्ने तारा ऐअरले अब एकदिन मात्रै भर्ने

टीकापुर विमानस्थलमा साताको तीन दिन उडान भर्ने तारा ऐअरले अब एकदिन मात्रै भर्ने

Breaking News 1, कैलाली, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको टीकापुर विमानस्थलमा तारा ऐअरले प्रत्येक सोमवारमात्रै उडान भर्ने भएको छ। यसअघि साताको तीन दिन विमानस्थलमा उडान भर्ने बताएको ताराले अबदेखि एक दिन मात्र उडान भर्ने भएको हो। तारा एअरले टीकापुर नगरपालिकालाई मिति २०८१ फागुन १९ गते एक पत्र पठाउदै सोमवार हप्ताको एक दिन मात्र उडान भर्ने उल्लेख गरेको छ। नगरपालिका र तारा एअरबिच २०८१ मंसिर १८ गते भएको उडान सञ्चालन सम्बन्धी सम्झौताको शर्त नं. १ अनुसार मार्च महिनादेखी जहाज नेपालगञ्ज बेस नहुने भएकाले फ्लाईट सङ्ख्या घटाएको बताएको छ।...
उत्पीडित जनता अझै आफ्नो अधिकारको पर्खाइमा:  अध्यक्ष प्रचण्ड

उत्पीडित जनता अझै आफ्नो अधिकारको पर्खाइमा: अध्यक्ष प्रचण्ड

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- नेपाल माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उत्पीडित जनताले अझै अधिकार प्राप्त गर्न नसकेको बताएका छन् । कैलालीको टीकापुरमा मंगलबार आयोजित थारु राष्ट्रियमुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनमा उनले उत्पीडित जनता अहिले पनि आफ्नो अधिकारको पर्खाइमा रहेको बताए । “यो व्यवस्था ल्याउनमा उत्पीडित जाति, वर्ग र समुदायको महत्वपूर्ण भूमिका थियो र छ । तिनको अधिकारलाई स्थापित गर्दै समाजवाद स्थापना गर्नु अहिलेको आवश्यकता हो”, अध्यक्ष दाहालले भने । समाजवादी क्रान्तिका लागि जातीय मोर्चा आवश्यक हुने उनको जिकिर थियो । विगतमा भएको सशस्त्र सङ्घर्षलाई सफल पार्नमा पार्टीसँग जोडिएका जातीय मोर्चाको भूमिका विशेष रहेको बताउँदै अध्यक्ष दाहालले बृहत् शान्ति प्रक्रियापछि ती समुदायसँगको समन्वय र सहकार्यमा केही कमजोरी भएको स्वीकारे । “जनताको माझबाट सत्तामा पुगेपछि ह...
कैलालीमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

कैलालीमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको ज्यान गयो

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा ट्याक्टरको ठक्करबाट पैदलयात्रीको ज्यान गएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–३ मा से २ त २२७९ नम्बरको ट्याक्टरको ठक्करबाट स्थानीय ६२ वर्षीय पैदलयात्री प्रकाश केसीको ज्यान गएको हो भएको हो । सोमबार ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीले ट्याक्टर र चालक ३१ वर्षीय दिनेश रानालाई पक्राउ गरेको छ ।...
सौन्दर्यीकरण गरिँदै ओजुवा ताल क्षेत्र,,पर्यटन विकास गर्ने उद्देश्य

सौन्दर्यीकरण गरिँदै ओजुवा ताल क्षेत्र,,पर्यटन विकास गर्ने उद्देश्य

Breaking News 1, कैलाली, ताजा अपडेट, पर्यटन, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा अवस्थित ओजुवा ताल क्षेत्रको सौन्दर्यीकरण गरिन लागेको छ । जिल्लाको टीकापुर नगरपालिका–७ स्थित डल्फिन देखिने क्षेत्रमा रहेको ओजुवा ताल क्षेत्रको सौन्दर्यीकरण गरिन लागेको हो । अहिले पर्यटन विकास गर्ने उद्देश्यले सङ्घीय सरकार र टीकापुर नगरपालिकाको संयुक्त लगानीमा ताल क्षेत्रको सौन्दर्यीकरण भइरहेको वडा अध्यक्ष यज्ञप्रसाद न्यौपानेले बताए। उनका अनुसार ताल परिसरमा २०५ मिटर पर्खाल निर्माणको काम पूरा भएको छ। यसैगरी, तालमा पानी आपूर्तिका लागि दुई वटा बोरिङ निर्माण गरिएको छ। आगन्तुक बस्नका लागि बेन्च राख्ने, टहरा बनाउने कार्य पनि भइरहेको छ। यस्तै, ताल परिसर क्षेत्रमा बिजुली जडान, बाटोमा ग्राभेलको काम पनि भइरहेको अध्यक्ष न्यौपानेले बताए। १२ बिघा क्षेत्रफलमा फैलिएको ओजुवा ताल विभिन्न प्रजातिका चरा पनि बस्ने गरेका छन्। ताल परिसर सौन्दर्यीकरणका लागि सङ्घीय सरकारले समपूरक अनुदान अन्तर्...
कैलालीमा स्कुटर दुर्घटना हुँदा बझाङ घर भएका प्रहरीको मृत्युु

कैलालीमा स्कुटर दुर्घटना हुँदा बझाङ घर भएका प्रहरीको मृत्युु

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार
धनगढी- कैलालीमा स्कुटर दुर्घटना हुँदा बझाङ घर भएका एकजना प्रहरीको मृत्युु भएको छ । जिल्लाको धनगढी–अत्तरिया छ लेन सडकअन्तर्गत गोदावरी नगरपालिका– २ मा प्रहरी नायब निरीक्षक ३४ वर्षीय योगेन्द्रबहादुर बोहराको स्कुटर दुर्घटना हुँदा मृत्यु भएको हो । आज बिहान साढे ११ बजे सु.प.प्र. ०१–००९ प ३४२९ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भएर विद्युतको पोलमा ठोक्किएर दुर्घटना हुँदा बोहरा गम्भीर घाइते भएका थिए,’ उनलाई दुर्घटना पछि उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ल्याइएको थियोे भने १२ बजेको बोहराको निधन भएको छ ।’ प्रहरी नायक निरीक्षक बोहराको घर बझाङको मष्टा गाउँपालिका –७ हो । उनी सुदूरपश्चिमका सभामुख भीमबहादुर भण्डारीको व्यक्तिगत सुरक्षाका लागि खटिने निजी सुरक्षा गार्ड (पिएसओ) हुन् ।...
कैलालीको शैलेश्वरी सामुदायिक वनमा दुई जना छुट्टाछुट्टै मृत फेला

कैलालीको शैलेश्वरी सामुदायिक वनमा दुई जना छुट्टाछुट्टै मृत फेला

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको एक सामुदायिक वनमा दुई जना छुट्टाछुट्टै स्थानमा मृत अवस्थामा फेला गरेका छन् जिल्लाको धनगढी उपमहानगरपालिका–९ सालघारीस्थित शैलेश्वरी सामुदायिक वनमा आइतबार बिहान दुई जना छुट्टाछुट्टै मृत फेला परेका हुन् । धनगढी–१० बस्ने अन्दाजी ३२ वर्षीय देवल चौधरी र सोही ठाउँका अन्दाजी ३४ वर्षीय कैदा राना मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराका जानकारी दिए । उनका अनुसार चौधरीको शव साइकलमा सामान बाध्ने रबरले पासो लगाएर रुखमा झुन्डिएको अवस्थामा फेला परेको थियोे भने चौधरी झुन्डिएको करिब १५ \२० मिटर दुर भुइँमा पल्टिएको अवस्थामा रानाको शव फेला परेको थियो । जनाइएको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज