Advertisement

कैलाली

कैलालीको दुर्गा मन्दिर परिसरमा शव फेला, टाउकोमा ढुङ्गा प्रहार गरी हत्या

कैलालीको दुर्गा मन्दिर परिसरमा शव फेला, टाउकोमा ढुङ्गा प्रहार गरी हत्या

Breaking News 1, कैलाली, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी— कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा बुधबार मृत फेला परेका व्यक्तिको टाउकोमा ढुङ्गा प्रहार गरी हत्या गरिएको पाइएको छ। इलाका प्रहरी कार्यालय मालाखेती अगाडि रहेको दुर्गा मन्दिर परिसरमा ती पुरुषको शव फेला परेको हो। ढुङ्गाले टाउकोको बायाँ भागमा प्रहार गरी आँखा समेत फुटाइएको अवस्थामा शव भेटिएकाले अनुहार पहिचान गर्न नसकिने प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए। अन्दाजी ३५–४० वर्ष उमेरका देखिने ती पुरुषको परिचय खुलेको छैन। शव नजिकै रगत लागेको ढुङ्गा फेला परेको छ भने लुगाबाहेक अन्य कुनै सामान भेटिएको छैन। शव मन्दिरको दक्षिणतर्फको प्राङ्गणमा भेटिए पनि हत्या मन्दिरभित्रै भएको प्रहरीको अनुमान छ। शव भेटिएको स्थानभन्दा करिब २० मिटर टाढा मन्दिरको प्राङ्गण रगताम्मे अवस्थामा रहेको र मन्दिरबाट शव तानेर तल फालिएको जस्तो देखिएको थापाले बताए। प्रहरीले शव परीक्षणका लागि सेती...
धनगढीमा काकाले भतिजीमाथि गरे जबरजस्ती करणी

धनगढीमा काकाले भतिजीमाथि गरे जबरजस्ती करणी

Breaking News 3, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी– कैलालीको धनगढी उपमहानगरपालिका–२ कृष्णनगरमा १३ वर्षीया बालिकामाथि करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ परेका युवक पीडित बालिकाका काका पर्ने २४ वर्षीय शिवम् शाह रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार शाहले ती बालिकालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा उनलाई आइतवार राति पक्राउ गरिएको हो। अस्थायी प्रहरी पोस्ट बिशालनगरबाट खटिएको प्रहरी टोलीले शाहलाई नियन्त्रणमा लिएको हो। हाल घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यतिबेला पीडित बालिका मानसिक तनावमा रहेको जनाइएको छ भने पीडितको सुरक्षाको लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको प्रहरीले स्पष्ट पारेको छ।...
स्ववियु उम्मेदवार अम्बिका चौधरीलाई धम्की: “डराएको छैन, अडिग छु”

स्ववियु उम्मेदवार अम्बिका चौधरीलाई धम्की: “डराएको छैन, अडिग छु”

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी – धनगढीमा रहेको कैलाली बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सभापति पदकी उम्मेदवार अम्बिका चौधरीले आफूलाई अराजक समूहले पटक–पटक धम्की दिएको खुलासा गरेकी छन्। नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट बिद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएकी चौधरीले धम्कीका बाबजुद पनि आफ्नो उम्मेदवारी कायम रहेको स्पष्ट पारिन्। “म अत्यन्त दुःखी छु, तर डराएकी छैन, हिम्मत हारेकी छैन,” चौधरीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको अपिलमा भनेकी छन्, “धम्की, लोभ र प्रलोभन सबै आयो, तर म अडिग छु।” उनले निर्वाचनमा स्वतन्त्र, निष्पक्ष र विवेकयुक्त मतदानको आग्रह गर्दै भनिन्, “कसैले पनि डर, धम्की वा लोभमा परेर आफ्नो मतदान अधिकार गुमाउनु हुँदैन। परिवर्तन आफैंबाट सुरु गर्नुपर्छ।” चौधरीले महिला र चौधरी समुदायको प्रतिनिधित्व गर्ने भएकै कारण आफूलाई उम्मेदवारीका लागि अवरोध स...
धनगढीबाट लागू औषध सहित युवक पक्राउ

धनगढीबाट लागू औषध सहित युवक पक्राउ

Breaking News 3, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी– कैलालीको धनगढीबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका – २ को कालिका टोलबाट लागू औषध सहित २३ वर्षीय करन महरा पक्राउ परेका हुन । उनको साथबाट ५ ग्राम लागू औषध खैरो हेरोईन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ ।
घोडाघोडी क्याम्सपको स्ववियु सभापतिमा अनेरास्ववियुका अशोक गौतम

घोडाघोडी क्याम्सपको स्ववियु सभापतिमा अनेरास्ववियुका अशोक गौतम

Breaking News 3, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुका अशोक गौतम विजयी भएका छन्। क्याम्पसले आइतबार सार्वजनिक गरेको नतिजा अनुसार गौतमले ६७० मत ल्याएर अध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिस्पर्धी अखिल (क्रान्तिकारी)का गणेश भण्डारीले ४२८ मत प्राप्त गरे। शनिबार सम्पन्न निर्वाचनमा भण्डारी नेतृत्वको प्यानलले अखिल क्रान्तिकारीसहित अन्य तीन विद्यार्थी संगठनको संयुक्त प्यानल बनाएको थियो। उक्त संयुक्त प्यानलविरुद्ध अनेरास्ववियुका गौतम नेपाल विद्यार्थी संघ (नेविसंघ) लगायतको समर्थनमा उम्मेदवार बनेका थिए। त्यस्तै अनेरास्ववियुका यामबहादुर खत्रीले छुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए। सचिव पदमा नेविसंघका प्रविण भण्डारी ५५५ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी अनेरास्ववियु (एकीकृत समाजवादी निकट) का भुवनराज जैसीले ४९० मत प्राप्त गरे।...
कैलालीमा साझेदारी वन कार्यान्वयनपछि स्थानीयले पाए रोजगारी

कैलालीमा साझेदारी वन कार्यान्वयनपछि स्थानीयले पाए रोजगारी

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कैलाली- कैलालीको गौरीगङ्गा नगरपालिका–९ का आइते भुल बिहानै कामका लागि घरबाट निस्कन्छन् । ज्यालादारी गरेर जीविकोपार्जन गर्ने उनलाई अचेल खाली हात बस्नुपरेको छैन । गौरीगङ्गा साझेदारी वनमा काम पाएपछि भुल काम गर्नमै व्यस्त छन् । उनी भन्छन्, ‘एक हप्ताभन्दा बढी भयो काठ दाउरा काट्ने काम पाएको छु, दैनिक एक हजार आम्दानी भइरहेको छ ।’ घोडाघोडी–८ का रजुल चौधरी पनि आजभोलि साझेदारी वनको काममै व्यस्त छन् । ‘खाली बसिरहेको थिएँ, अहिले काठदाउरा काट्ने काम गरिरहेको छु,’ उनी भन्छन् । आइते र रजुलजस्तै गौरीगङ्गा साझेदारी वनमा ८० जनाभन्दा बढीले रोजगारी पाएका छन् । काठ काट्नेले दैनिक रु एक हजार आम्दानी गरिरहेका छन् । गौरीगङ्गा–१० का सागर धामी भन्छन्, ‘मासिक तलबमा काम गरे पनि साझेदारी वनको काम सुरु भएपछि दैनिक रु एक हजारदेखि रु एक हजार ५०० सम्म तलबबाहेक आम्दानी गरिरहेको छु ।’ दिगो वन व्यवस्थापन गरी राष्ट...
कैलालीबाट लागुऔषधसहित ३ जना पक्राउ

कैलालीबाट लागुऔषधसहित ३ जना पक्राउ

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीबाट लागुऔषधसहित ३ जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–१९ लल्लिपुर घाटबाट कैलारी गाउँपालिका–६ बस्ने २२ वर्षीय विशाल चौधरी समेत ३ जनालाई स्पामो प्रोभोन ४० ट्याब्लेट लागूऔषधसहित इलाका प्रहरी कार्यालय बहुलिया, कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।
कैलालीमा २२ हजार भन्दा बढीको भन्सार छलीका सामान बरामद

कैलालीमा २२ हजार भन्दा बढीको भन्सार छलीका सामान बरामद

Breaking News 3, कैलाली, ताजा अपडेट, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको  धनगढी उपमहानगरपालिका-३ विशालनगरबाट अवैध रूपमा भारतबाट भन्सार छली गरि ल्याएका करिब २२ हजार ६५० बराबरको सुटपिस, प्लाजु, सुर्ति लगायतका सामानहरू जिल्ला प्रहरी कार्यालय, कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।...
कैलालीमा थ्रेसरमा परेर महिलाको खुट्टा छुट्टियो

कैलालीमा थ्रेसरमा परेर महिलाको खुट्टा छुट्टियो

Breaking News 2, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी — कैलालीको गौरीगंगा नगरपालिका–९ की ३५ वर्षीया कला थापा थ्रेसरमा परेर गम्भीर घाइते भएकी छन्। गहुँ थ्रेसिङ गर्ने क्रममा थ्रेसरमा बेरिँदा उनको दाहिने खुट्टाको तीघ्रादेखिको भाग छुट्टिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए। गम्भीर अवस्था भएकी थापाको नेपालगञ्जस्थित नर्सिङ होममा उपचार भइरहेको छ।...
धनगढीमा नेकपा एमालेको प्रदेशस्तरीय विशेष सभा चैत २९ मा

धनगढीमा नेकपा एमालेको प्रदेशस्तरीय विशेष सभा चैत २९ मा

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, राजनीति, सुदूरपश्चिम
धनगढी— नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटीले यही चैत २९ गते धनगढीको पार्कमोडमा प्रदेशस्तरीय बृहत् विशेष सभा आयोजना गर्ने भएको छ। पार्टीको प्रदेश प्रचार तथा प्रकाशन विभागको शुक्रबार बसेको बैठकले विशेष सभाको तयारी तीव्र पारिएको जनाएको छ। लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास, संविधानको रक्षा, र पछिल्लो समय देखिएका अराजकताविरुद्ध खबरदारी गर्न सभा आयोजना गर्न लागिएको विभाग प्रमुख तथा प्रदेश उपसचिव भागरथी विष्टले जानकारी दिइन्। नेकपा एमालेले हाल देशभर सञ्चालन गरिरहेको वडा केन्द्रित टोल अभियानको निरन्तरताका रूपमा यो सभा कैलालीमा आयोजना गर्न लागिएको प्रदेश सचिव रणबहादुर चन्दले बताए। “एकातिर हाम्रो टोल केन्द्रित वडा अभियान चलिरहेको छ, त्यसै अभियानको भागका रूपमा यो सभा आयोजना हुँदैछ,” उनले भने। पार्टी प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि जनता...
टीकापुरमा अनाथ तथा असहाय बालबालिकाका लागि संरक्षण केन्द्र सञ्चालन

टीकापुरमा अनाथ तथा असहाय बालबालिकाका लागि संरक्षण केन्द्र सञ्चालन

Breaking News 3, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
टीकापुर — कैलालीको टीकापुर नगरपालिकाले शैक्षिक वर्ष २०८२ देखि अनाथ तथा असहाय बालबालिकाका लागि संरक्षण केन्द्र सञ्चालनमा ल्याएको छ। सरस्वती माध्यमिक विद्यालय बनगाउँले माघ ३ गते सूचना जारी गर्दै पालिकाभित्र स्थायी बसोबास गर्ने १६ वर्षमुनिका बालबालिकालाई छात्रावासमा भर्ना खुलाएको हो। विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार कार्यविधि २०८१ को आधारमा भर्ना प्रक्रिया सुरु गरिएको प्रधानाध्यापक खगेन्द्रबहादुर घर्तीमगरले जानकारी दिए। छात्रावासमा पहिले मुक्तकमलहरी बालबालिका बस्दै आएका थिए। अहिले कक्षा १२ सकिएको कारण छात्रावास खाली छ। हालसम्म करिब २० बालबालिकाले आवेदन दिएका छन्। पालिकाले अभिभावकविहीन बालबालिकालाई छात्रावासमा राखी कक्षा १२ सम्मको शिक्षासहित लालनपालन गर्नेछ। प्रधानाध्यापक रघुनाथ उपाध्याय र अभिभावक विमला चौधरीले सरकारद्वारा सञ्चालित संरक्षण केन्द्र सकारात्मक पहल भएको बताउँदै बा...
कैलाली बहुमुखी क्याम्पसमा लबदेव धामी सचिव पदमा उम्मेदवार, दलिय राजनीति मुक्त क्याम्पस बनाउन प्रतिबद्ध

कैलाली बहुमुखी क्याम्पसमा लबदेव धामी सचिव पदमा उम्मेदवार, दलिय राजनीति मुक्त क्याम्पस बनाउन प्रतिबद्ध

Breaking News 3, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- धनगढीको कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि प्राज्ञिक विद्यार्थी परिषद् नेपालबाट लबदेव धामीले सचिव पदमा उम्मेदवारी दिएका छन्। उम्मेदवारी दर्ता गराएर धामी अहिले अरुलाई पटकपटक हामीलाई एकटक भन्दै प्रचारप्रसारमा होमिएका हुन । धामीले आफू विद्यार्थीका समस्या समाधान गर्दै क्याम्पसलाई दलिय राजनीतिबाट मुक्त गर्ने लक्ष्यसहित अघि बढेको बताएका छन्। उनले क्याम्पसमा शिक्षाको गुणस्तर सुधार, प्राध्यापक तथा पुस्तकको उचित व्यवस्था, विद्यार्थी हकहितको रक्षा, र माफियातन्त्र अन्त्य गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्। धामी सानैदेखि समाजसेवा र पत्रकारितामा सक्रिय छन्। उनले सञ्चार माध्यममार्फत शिक्षा, राजनीति, र समाजमा रहेका विकृति-विसंगतिहरू उजागर गर्दै आएका छन्। साथै, उनले पत्रकारिता अध्ययन गर्ने विद्यार्थीहरूका लागि तालिम तथा प्रशिक्षण कार्यक्रमहरू सञ्चा...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज