Advertisement

खेलकुद

एनपीएलमा आज काठमाडौं गोर्खाज र कर्णाली याक्स भिड्दै, दुबैलाई जित्नैपर्ने दबाब

एनपीएलमा आज काठमाडौं गोर्खाज र कर्णाली याक्स भिड्दै, दुबैलाई जित्नैपर्ने दबाब

Breaking News 2, खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौंमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज काठमाडौं गोर्खाज र कर्णाली याक्स भिड्दै छन्। त्रिवि मैदान कीर्तिपुरमा आइतबार अपराह्न साढे ३ बजे काठमाडौं र कर्णाली आमनेसामने हुन लागेको हो। सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटा खेल मात्र जितेको छ। दुई अङ्कका साथ कर्णाली छैटौं स्थानमा छ। प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने बाध्यता छ । करण केसीको नेतृत्वमा रहेको काठमाडौँ पाँच खेलमा विजयी भएर तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा पुग्न काठमाडौँका लागि पनि यो खेल महत्त्वपूर्ण छ।...
एनपिएलमा सुदूरपश्चिम रोयल्सको अपराजित यात्रा जारी,  जनकपुर बोल्ट्सलाई हराउँदै प्लेअफमा

एनपिएलमा सुदूरपश्चिम रोयल्सको अपराजित यात्रा जारी, जनकपुर बोल्ट्सलाई हराउँदै प्लेअफमा

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्स अपराजित यात्रा जारी राख्दै प्लेअफमा पुगेको छ । आज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा साविक उपविजेता सुदूरपश्चिमले साविक विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले हराएको हो । पाँचौँ खेलसम्म जितको लय कायम राखेको सुदूरपश्चिम लिग चरणको दुई खेल अगावै प्लेअफमा पुगेको हो । जनकपुरलको निराशा भने अझै रोकिएको छैन । जितसँगै १० अङ्क बनाएको सुदूरपश्चिम तालिकाको शीर्षस्थानमा छ । लगातार चौथो हार खेपेको जनकपुरले अङ्कको खाता खोल्न सकेको छैन । यस हारले तालिकाको अन्तिममा रहेको जनकपुरको अगाडि बढ्ने सम्भावना कमजोर बनेको छ । जितका लागि १४६ रनको मध्यम लक्ष्य पछ्याएको सुदूरपश्चिमले १७.४ ओभरका चार विकेटको क्षतिमा एक सय ४८ रन जोड्दै लक्ष्य पूरा गरेको थियो । सुदूरपश्चिमका लागि इशान पाण्डेले अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले ३५ बलमा आठ चौका र ए...
एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै, पहिलाे खेलमा पोखरा र लुम्बिनी तथा दाेस्राेमा सुदूरपश्चिम र जनकपुर खेल्दै

एनपीएल क्रिकेटमा आज दुई खेल हुँदै, पहिलाे खेलमा पोखरा र लुम्बिनी तथा दाेस्राेमा सुदूरपश्चिम र जनकपुर खेल्दै

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डाैमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा बिहान सवा ११ बजे पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स खेल्दैछन् । तीन खेलमा एउटा खेल जितेको पोखरा २ अङ्कसहित तालिकाको छैटौं स्थानमा छ । चार खेलमा एउटा खेलमा मात्रै खेल जितेको लुम्बिनी २ अङ्कसहित सातौं स्थानमा छ । यस्तै आजै दिउँसो साढे ३ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच खेल हुनेछ । सुदूरपश्चिम यो प्रतियोगितामा अहिलेसम्म अपराजित रहेको छ । चार वटा खेल खेलेको सुदूरपश्चिम ८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । तीन खेलमा एउटा पनि खेल जित्न नसकेको साविक विजेता जनकपुर अङ्कविहीन हुँदै तालिकाको पुछारमा छ । यस्तै ८ अङ्कसहित विराटनगर दोश्रो, ६ अङ्कसहित काठमाण्डु तेश्रो, ४ अङ्कसहित चितवन चौथो र २ अङ्कसहित कर्णाली पाँचौ स्थानमा छ । एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली सहभा...
एनपीएलमा आज पनि दुई खेल हुँदै, पहिलो खेलमा चितवन राइनोज र काठमाण्डू गोर्खाज तथा दोस्रोमा कर्णाली याक्स र विराटनगर किङ्स भिड्दै

एनपीएलमा आज पनि दुई खेल हुँदै, पहिलो खेलमा चितवन राइनोज र काठमाण्डू गोर्खाज तथा दोस्रोमा कर्णाली याक्स र विराटनगर किङ्स भिड्दै

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौंमा जारी संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलो खेल ११ः ४५ चितवन राइनोज र काठमाण्डू गोर्खाजबीच हुनेछ। चितवन चार अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा छ। काठमाण्डूले खेलमा दुई अङ्क मात्र बटुलेको छ। दोस्रो खेल अपराह्न ४ बजे कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ। तीन खेलबाट दुई अंक जोडेको कर्णालीलाई प्लेअफको यात्रालाई कायम राख्न जित्नैपर्ने दबाब छ। अंक तालिकाको दोस्रो स्थानमा रहेको विराटनगरले चार खेलबाट छ अंक जोडेको छ। शुक्रबारको खेल जितेमा उसको प्लेअफको यात्रा सहज हुनेछ।...
एनपीएलमा सुदूरपश्चिम रोयल्सको लगातार चौथो जित, लुम्बिनी लायन्स ७ विकेटले पराजित

एनपीएलमा सुदूरपश्चिम रोयल्सको लगातार चौथो जित, लुम्बिनी लायन्स ७ विकेटले पराजित

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले लगातार चौथो जित निकालेको छ । आज भएको  खेलमा लुम्बिनी लायन्समाथि जित निकाल्दै लगातार चौथो जित बटुलेको हो । सुदूरपश्चिमसँग लुम्बिनी ७ विकेटले पराजित भएको छ। यो जितसँगै सुदूरपश्चिमको अपराजित यात्रा कायमै रहेको छ। टस हारेर ब्याटिङका उत्रिएको लुम्बिनीले १९. ४ ओभरमा सबै विकेट गुमाएर १४३ रन बनाएको थियो। लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए। दिलिपनाथ ३१,डी मार्की सर्ट र सुमीत महर्जनले समान १८/१८, गुलब्दिन नैव ११, सन्दीप जोरा ७, थोमि डार्सा र अभिशेष गौतमले समान ६/६, शेर मल्लले ४ रन बनाउँदा रुवेन ट्रुम्पेलमन खाता नखोली पेभेलियन फर्किए। बलिङतर्फ सुदूरपश्चिमका लागि अविनास बोहरा र हर्मित सिंहले समान तिन/ तीन र हेमन्त धामीले दुई विकेट लिँदा बि कुग्गेलेइजनले एक विकेट आफ्नो पक्षमा पारे। १४५ रनको लक्ष्यसहित मैदा...
एनपीएल: लुम्बिनी लायन्सले दियो जितका लागि सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य

एनपीएल: लुम्बिनी लायन्सले दियो जितका लागि सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौंमा जारी नेपाल प्रिमियर (एनपीएल) मा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङका उत्रिएको लुम्बिनीले १९. ४ ओभरमा सबै विकेट गुमाएर १४३ रन बनायो।  लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए। दिलिपनाथ ३१,डी मार्की सर्ट र सुमीत महर्जनले समान १८/१८, गुलब्दिन नैव ११, सन्दीप जोरा ७, थोमि डार्सा र अभिशेष गौतमले समान  ६/६, शेर मल्लले ४ रन बनाउँदा रुवेन ट्रुम्पेलमन खाता नखोली पेभेलियन फर्किए। बलिङतर्फ सुदूरपश्चिमका लागि अविनाश बोहरा र हर्मित सिंहले समान तिन/ तीन र हेमन्त धामीले दुई विकेट लिँदा बि कुग्गेलेइजनले एक विकेट आफ्नो पक्षमा पारे। रोजेको छ। रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी सुदूरपश्चिमलाई पराजित गर्ने लक्ष्यमा छ। तीन खेलमा एउटा मात्र जितेको लुम्बिनी अङ्क तालिकाको छैटौँ स्थानमा छ। दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सुदूरपश्चिम लगातार तीन...
एनपीएल क्रिकेटमा आज लुम्बिनी र सुदूरपश्चिम तथा जनकपुर र पोखरा खेल्दै

एनपीएल क्रिकेटमा आज लुम्बिनी र सुदूरपश्चिम तथा जनकपुर र पोखरा खेल्दै

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ– काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् । त्रिवि क्रिकेट रंगशालामा हुने पहिलो खेलमा बिहान पौने १२ बजे लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ । तीनवटा खेल खेल्दा सबैमा जितेको सुदूरपश्चिम ६ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । तीनमध्ये दुईमा हार बेहोरेको लुम्बिनी तालिकाको छैटौं स्थानमा छ । एनपीएलको पहिलो सिजनमा यी दुई टोलीबीच एउटा खेल भएकोमा सुदूरपश्चिमले लुम्बिनीलाई ४५ रनले हराएको थियो । यस्तै दिउँसो ४ बजे जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स खेल्दैछन् । दुई खेल खेलेकोमा दुबै हार बेहोरेको जनकपुर तालिकाको सातौं स्थानमा छ । यस्तै दुईमध्ये दुबै खेल हारेको पोखरा तालिकाको पुछारमा छ । एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली सहभागी छन् । यही मङ्सिर १ गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल आउँदो २७ गतेसम्म चल्नेछ । यसैबीच आज जनकपुर बोल्ट्स र पोख...
एनपीएलमा आज विराटनगर किंग्स र चितवन राइनोज खेल्दै

एनपीएलमा आज विराटनगर किंग्स र चितवन राइनोज खेल्दै

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज विराटनगर किंग्स र चितवन राइनोजले खेल्दैछन् । खेल दिउँसो ४ बजे त्रिवि क्रिकेट रंगशालामा शुरू हुनेछ । सन्दीप लामिछाने कप्तान रहेको विराटनरले यसअघि तीन खेल खेलेकोमा सबैमा विजयी भएको छ । विराटनगर ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । यसअघि दुई खेलमा एक जीत र एक हार व्यहोरेको चितवन दुई अंकका साथ तालिकाको पाँचौ स्थानमा छ । चितवनको कप्तान कुशल मल्ल रहेका छन् । एनपीएल क्रिकेटमा हिजो भएको खेलमा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सलाई २२ रनले हरायो । एनपीएलमा आठ वटा फ्रेन्चाइज टोली छन् । गएको मंसिर एक गतेदेखि शुरू भएको दोस्रो संस्करणको एनपीएल क्रिकेट यही २७ गतेसम्म चल्नेछ ।...
एनपिएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबिच खेल हुँदै

एनपिएलमा आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबिच खेल हुँदै

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबिच खेल हुनेछ । उक्त खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४ बजे सुरु हुनेछ । करण केसीको कप्तानीमा रहेको काठमाडौँले तीन खेल खेलेको छ । यसका दुई हार र एक खेलमा जित निकालेको थियो । काठमाडौँ दुई अङ्कसहित तेस्रो स्थानमा छ । रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले पनि तीन खेलमध्ये एक जित निकाल्दै दुई अङ्कसहित चौथो स्थानमा छ । दुवै टोलीलाई प्लेअफ पुग्ने सम्भावना जीवित राख्न आजको खेल महत्त्वपूर्ण मानिएको छ ।...
एनपीएमा कर्णाली याक्समाथि सुदूरपश्चिम रोयल्सको रोमाञ्चक जित, कर्णाली ४५ रनले पराजित 

एनपीएमा कर्णाली याक्समाथि सुदूरपश्चिम रोयल्सको रोमाञ्चक जित, कर्णाली ४५ रनले पराजित 

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्समाथि रोमाञ्चक जित निकालेको छ ।  आज भएको खेलमा सुदूरपश्चिमले कर्णालीलाई ४५ रनले हराएको हो ।  सुदूरपश्चिमले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको कर्णाली १९  आभेर २ बलमा ९४ रनमा अलआउट भयो । कार्णालीका पवन सर्फले २७ र मार्क वाटले १७ रन बनाए । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ४ विकेट लिए । यस्तै हर्मित सिंह र अविनाश बोहराले समान २ र हेमन्त धामीले समान १ विकेट लिए । त्यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनायो । सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ३९ रन बनाए । कर्णालीका कप्तान सोमपाल कामीले ३ विकेट लिए । यो सँगै  सुदूरपश्चिमको लगातार तेस्रो खेलमा जित निकालेको  छ । लगातार तीन खेल जितेको सुदूरपश्चिम अङ्क तालिकाको द...
जनकपुर बोल्ट्समाथि विराटनगर किङ्ग्सको जित, विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

जनकपुर बोल्ट्समाथि विराटनगर किङ्ग्सको जित, विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्ग्सले लगातार तेस्रो जीत निकालेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई ९ रनले हराउँदै आफ्नो लगातार तेस्रो जित दर्ता गरेको हो । विराटनगरले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ९ विकेट गुमाएर १ सय २६ रन मात्र बनाउन सक्यो । जनकपुरका जान निकोल लोफ्टी–इटनले सबैभन्दा धेरै ४१ रन बनाए । विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३५ रन बनायो । विराटनगरका शुभम् रन्जानेले ३७, बसिर अहमदले ३६ रन बनाए । जनकपुरका रूपेश सिंह र सङ्गीत कुरेले २/२ विकेट लिए । यो जीतसँगै विराटनगर ३ खेलमा ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जनकपुरले भने लगातार दाेस्राे हार बेहाेरेकाे छ । एनपीएलमा आजै दोस्रो...
एनपीएल क्रिकेटमा आज दुई खेल, पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रोमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्दै

एनपीएल क्रिकेटमा आज दुई खेल, पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रोमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्दै

Breaking News 1, खेलकुद, मुख्य समाचार, समाचार
काठमाडौं- काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुने भएका छन्। पहिलो खेलमा बिहान पौने १२ बजे जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रो खेलमा अपरान्ह ४ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। विराटनगर र सुदूरपश्चिम अपराजित यात्रा कायम राख्ने लक्ष्यमा छन् भने जनकपुर र कर्णालीका लागि पुनरागमनको दबाब छ। जारी संस्करण विराटनगरले बलियो उपस्थिति देखाइरहेको छ। पहिलो खेलमा पोखरा र दोस्रो खेलमा काठमाण्डुविरुद्ध फराकिलो जित निकाल्दै विराटनगर सहज रुपमा प्लेअफ पुग्ने बाटोमा छ। गत संस्करण नाम अनुसारको प्रदर्शन गर्न नसकेको विराटनगरलाई यस पटक उपाधिको दाबेदार मानिएको छ। टोलीमा घरेलु र विदेशी खेलाडीको तालमेलले गति लिनु विराटनगरको बलियो पक्ष भएको छ। यता, साबिक विजेता जनकपुर पहिलो खेलमै काठमाण्डुसँग ५ विकेटले स्तब्ध बन्यो। उपाधि रक्षा अभियानमा रहे पनि जनकपुर...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज