Advertisement

एनपीएलमा सुदूरपश्चिम रोयल्सको लगातार चौथो जित, लुम्बिनी लायन्स ७ विकेटले पराजित

Advertisement

काठमाडौं- कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले लगातार चौथो जित निकालेको छ । आज भएको  खेलमा लुम्बिनी लायन्समाथि जित निकाल्दै लगातार चौथो जित बटुलेको हो ।

सुदूरपश्चिमसँग लुम्बिनी ७ विकेटले पराजित भएको छ।
यो जितसँगै सुदूरपश्चिमको अपराजित यात्रा कायमै रहेको छ।
टस हारेर ब्याटिङका उत्रिएको लुम्बिनीले १९. ४ ओभरमा सबै विकेट गुमाएर १४३ रन बनाएको थियो। लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए।
दिलिपनाथ ३१,डी मार्की सर्ट र सुमीत महर्जनले समान १८/१८, गुलब्दिन नैव ११, सन्दीप जोरा ७, थोमि डार्सा र अभिशेष गौतमले समान ६/६, शेर मल्लले ४ रन बनाउँदा रुवेन ट्रुम्पेलमन खाता नखोली पेभेलियन फर्किए।
बलिङतर्फ सुदूरपश्चिमका लागि अविनास बोहरा र हर्मित सिंहले समान तिन/ तीन र हेमन्त धामीले दुई विकेट लिँदा बि कुग्गेलेइजनले एक विकेट आफ्नो पक्षमा पारे।
१४५ रनको लक्ष्यसहित मैदानमा उत्रिएको सुदूरपश्चिमले १८.२ ओ‍भरमा तीन विकेट गुमाएर लक्ष्य भेट्टायो। सुदूरपश्चिमका लागि विनोद भण्डारीले सर्वाधिक  ६९ रन र हर्मित सिंहले अन्तिम बलमा छक्का हान्दै  सात रनमा नटआउट रहे। आरिफ शेखले ३९ रन बनाउँदा, क्रिश लिन १६ , जोश ब्रोन ९ रनमा आउट भए।
लुम्बिनीका लागि रुवेन ट्रुम्पेलमन, तिलक भण्डारी, अभिशेष गौतमले समान एक एक विकेट लिए।
यसअगाडि तीन खेलमा लुम्बिनीले एउटा मात्र जितेको छ। दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सुदूरपश्चिम लगातार ४ जितका साथ अङ्क तालिकामा शीर्ष स्थानमा छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङमा विद्यार्थीलाई सिस्नोपानी लगाएर कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

बझाङ- बझाङको दुर्गाथलि गाउँपालिका- ३ मौलालिमा रहेको एक निजी विद्यालयका शिक्षक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।...
बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बित्थडचिर- ६ का स्थानीयलाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण

बझाङ-  बझाङको बित्थडचिर गाउँपालिका-६ का स्थानीय बासिन्दालाई खानेपानी संकलन तथा भण्डारणका लागि ड्राम वितरण गरिएको छ। वडाको पाणपाखा ...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज