काठमाडौंमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज काठमाडौं गोर्खाज र कर्णाली याक्स भिड्दै छन्।
त्रिवि मैदान कीर्तिपुरमा आइतबार अपराह्न साढे ३ बजे काठमाडौं र कर्णाली आमनेसामने हुन लागेको हो।
सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटा खेल मात्र जितेको छ। दुई अङ्कका साथ कर्णाली छैटौं स्थानमा छ।
प्लेअफको यात्रामा रहिरहन उसलाई आज जित्नैपर्ने बाध्यता छ ।
करण केसीको नेतृत्वमा रहेको काठमाडौँ पाँच खेलमा विजयी भएर तेस्रो स्थानमा छ । प्लेअफको यात्रामा पुग्न काठमाडौँका लागि पनि यो खेल महत्त्वपूर्ण छ।

