Advertisement

एनपीएल क्रिकेटमा आज दुई खेल, पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रोमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्दै

Advertisement

काठमाडौं- काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुने भएका छन्। पहिलो खेलमा बिहान पौने १२ बजे जनकपुर बोल्ट्स र विराटनगर किङ्स तथा दोस्रो खेलमा अपरान्ह ४ बजे सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। विराटनगर र सुदूरपश्चिम अपराजित यात्रा कायम राख्ने लक्ष्यमा छन् भने जनकपुर र कर्णालीका लागि पुनरागमनको दबाब छ। जारी संस्करण विराटनगरले बलियो उपस्थिति देखाइरहेको छ।

पहिलो खेलमा पोखरा र दोस्रो खेलमा काठमाण्डुविरुद्ध फराकिलो जित निकाल्दै विराटनगर सहज रुपमा प्लेअफ पुग्ने बाटोमा छ। गत संस्करण नाम अनुसारको प्रदर्शन गर्न नसकेको विराटनगरलाई यस पटक उपाधिको दाबेदार मानिएको छ। टोलीमा घरेलु र विदेशी खेलाडीको तालमेलले गति लिनु विराटनगरको बलियो पक्ष भएको छ। यता, साबिक विजेता जनकपुर पहिलो खेलमै काठमाण्डुसँग ५ विकेटले स्तब्ध बन्यो। उपाधि रक्षा अभियानमा रहे पनि जनकपुरले एकाध बाहेकका खेलाडीबाट योगदान पाउन सकेको छैन। कागजी रुपमा बलियो देखिए पनि अपेक्षाकृत प्रदर्शन गर्न नसकेको जनकपुरलाई विराटनगरविरुद्ध पुनरागमन गर्दै लय समाउने चुनौती छ।

यी दुईबीच गत संस्करण उद्घाटन खेलमा भेट भएको थियो। जहाँ जनकपुरले ८ विकेटको सहज जित निकालेको थियो।

दोस्रो खेलमा आजै सुदूरपश्चिम र कर्णाली आमनेसामने हुनेछन्। सुरुवाती दुवै खेल जितेको सुदूरपश्चिम अपराजित रहँदै प्लेअफ पुग्ने लक्ष्यमा छ। गत संस्करण उत्कृष्ट प्रदर्शनका बाबजुद फाइनलमा स्तब्ध बनेको सुदूरपश्चिम यस पटक उपाधि जित्ने दाउमा छ।

घरेलु क्रिकेटका सफल र अनुभवी विदेशी ब्याटरको साथ पाएको सुदूरपश्चिममा तल्लोक्रमसम्म पनि थुप्रै विकल्पहरु छन्। जुन सुदूरपश्चिमको बलियो पक्ष हो। सुरुवाती २ खेलमा पनि ब्याटिङतर्फ फरक फरक खेलाडीले योगदान दिइरहेका छन्। यता, पहिलो खेलमा चितवन राइनोजसँगको हारबाट जारी संस्करण सुरु गरेको कर्णालीले शनिबार लुम्बिनी लायन्सलाई हराउँदै उत्कृष्ट पुनरागमन गर्यो। ९ विकेटको रवाफिलो जित निकाल्ने क्रममा मार्क वाटले विष्फोटक ब्याटिङ गरे।

गत संस्करण रनरेटमा माथि पर्दै प्लेअफ पुगेको कर्णाली यस पटक सहज यात्राको चाहानामा छ। गत संस्करण यी दुईबीच एक खेल भएको थियो। जहाँ सुदूरपश्चिम ६ विकेटले विजयी भएको थियो।

एनपीएलमा ८ खेलसकिँदा काठमाण्डु गोर्खाजले ३, जनकपुर बोल्ट्सले १ र अन्य सबै टोलीले २–२ खेल खेलिसकेका छन्। पहिलो पटक प्यारापिट र फ्लड लाइटमा खेलाइएको एनपीएलले नेपाली क्रिकेटमा नयाँ उत्साह सिर्जना गर्दा मैदानको प्रतिस्पर्धा समेत तीव्र बनिरहेको छ।

अहिलेसम्म ब्याटिङमा विदेशी खेलाडी हावी देखिँदा बलिङमा भने नेपाली खेलाडीले साख बचाएका छन्।

८ खेल सम्पन्न हुँदा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स अपराजित छन्।,समान ४–४ अंक जोडे पनि नेट रन रेट आधारमा विराटनगर शीर्ष स्थानमा छ। यी दुवै टोलीले काठमाण्डु गोर्खाज र पोखरा एभेन्जर्सलाई हराएका हुन् । १ खेल खेलेको जनकपुर बोल्ट्स र २ खेल खेलिसक्दा पोखरा एभेन्जर्सले कुनै खेल जितेको छैन।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज