Advertisement

एआईबाट बाल यौन दुर्व्यवहारका तस्बिर बनाउन नदिन माग

Advertisement

बालबालिकाको क्षेत्रमा काम गर्ने एउटा अग्रणी परोपकारी संस्थाले यूकेका प्रधानमन्त्री ऋषि सुनकलाई एआईबाट निर्माण गरिने बाल यौन दुराचारसम्बन्धी तस्बिरहरूबारे ध्यानाकर्षण गराएको छ।

यूकेले यसै शरद्ऋतुमा एआई सुरक्षाको विषयमा विश्वव्यापी सम्मेलन आयोजना गर्न लागेको छ।

इन्टरनेट वाच फाउन्डेशन (आईडब्ल्यूएफ) ले इन्टरनेटमा भएका यौन दुर्व्यवहारसम्बन्धी सामग्रीहरू हटाउने गर्छ। उसले यसमा एआईमा आधारित तस्बिरहरू बढ्दो क्रममा देखिन थालेको जनाएको छ।

गत महिना आईडब्ल्यूएफले पहिलो पटक एआई तस्बिरहरूको अभिलेख राख्न थालेको थियो।

उसले विश्वभरिका पीडकहरूले बेलाबेलामा वास्तविकजस्ता देखिने तस्बिरका ग्यालरीहरू शेअर गर्ने गरिएको फेला पारेको थियो।

“अहिले हामीले यस्ता तस्बिरहरू ठूलो सङ्ख्यामा देखेका छैनौँ। तर हामी केमा स्पष्ट छौँ भने अपराधीहरूले अभूतपूर्व स्तरमा वास्तविक जस्तै देखिने बाल यौन दुर्व्यवहारका तस्बिरहरू उत्पादन गर्न सक्ने सम्भावना देखिन्छ,” आईडब्ल्यूएफकी प्रमुख कार्यकारी सुसी हार्ग्रीभ्सले भनिन्।

बीबीसीलाई निश्चित भाग नदेखिने बनाइएका केही तस्बिरहरू देखाइएको थियो जसमा झन्डै पाँच वर्षजतिका बालिकाहरूलाई निर्वस्त्र भएर यौनासनमा बसेको तस्बिर खिचाए जस्तो देखिन्छ।

किन यस्तो माग

एआई

आईडब्ल्यूएफ इन्टरनेटमा बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीको सक्रिय रूपमा खोजी गर्न अनुमति पाएको जम्मा तीनवटा परोपकारी संस्थामध्ये एक हो।

उसले मे २४ बाट एआईका तस्बिरहरूको अभिलेख राख्न थालेको थियो। जुन ३० सम्म विश्लेषणकर्ताहरूले २९ वटा वेबसाइटमाथि अनुसन्धान गरे। उनीहरूले तीमध्ये सात वटाले एआईबाट तयार पारिएका तस्बिरहरू शेअर गरेको पत्ता लगाए।

उक्त परोपकारी संस्थाले तस्बिरहरूको सङ्ख्या खुलाएको छैन तर गैरकानुनी साइटहरूमा दर्जनौँ एआई तस्बिरहरू वास्तविक तस्बिरसँग मिसाएर साझा गरिएको उल्लेख गरेको छ।

रेखा
रेखा

त्यहाँ ‘क्याटगोरी ए’ मा पर्ने तस्बिरहरू समेत छन्। उक्त वर्षमा यौन संसर्ग गरेको देखिने तस्बिरहरू पर्छन्। प्रायः सबै देशमा बाल यौन दुर्व्यवहारको तस्बिर लिनु गैरकानुनी हो।

“हामीसँग अहिले देखा परिरहेको प्रविधिभन्दा अगाडि बढ्ने एउटा अवसर छ तर त्यसलाई ध्यान दिएर कानुनबाट सम्बोधन गरिनुपर्छ र त्यसले यो नयाँ जोखिमसँग सङ्घर्ष गर्न पनि सक्नुपर्छ,” हार्ग्रीभ्सले भनिन्।

जुन महिनामा सुनकले एआई सुरक्षाको पहिलो विश्वव्यापी सम्मेलन यूकेले आयोजना गर्ने घोषणा गरेका थिए।

यूके सरकारले विज्ञ र सांसदहरूलाई एक ठाउँमा ल्याएर एआईका जोखिमबारे मन्थन गर्ने वाचा गरेको छ। उक्त सम्मेलनमा कसरी अन्तर्राष्ट्रिय रूपमा संयोजन गरिएका कदमले जोखिमहरू कम गर्न सकिन्छ भन्नेबारे पनि छलफल गर्ने योजना छ।

आईडब्ल्यूएफका विश्लेषकहरूले दुर्व्यवहारसम्बन्धी तस्बिरका प्रवृत्तिहरू पनि अभिलेख राख्ने गरेका छन्। त्यसमा हालै बढेका भनिएका ‘आफैँ सिर्जना गरिएका’ दुर्व्यवहार सामग्री पनि पर्छन् जसमा एउटा बच्चालाई भिडिओ वा तस्बिर पीडकलाई पठाउन बाध्य पार्ने गरिन्छ।

उक्त परोपकारी संस्थाले एआईबाट तस्बिर बनाउने प्रवृत्ति बढेको उल्लेख गर्दै हाल फेला परेका तस्बिर दुर्व्यवहार सामग्रीको एउटा सानो हिस्सामात्रै भएको जनाएको छ।

सन् २०२२ मा आईडब्ल्यूएफले बाल यौन दुर्व्यवहारसम्बन्धी तस्बिर भएका झन्डै २,५०,००० पेजलाई अफलाइन बनाउने प्रयास गरेको थियो।

लाइन
लाइन

विज्ञहरूले त्यस्ता दुराचारीहरूबीच विभिन्न मञ्चमा भएका वार्तालापलाई पनि अभिलेखमा राखेका छन् दुराचारीहरूले बालबालिकाको जीवन्त देखिने तस्बिर कसरी बनाउने भन्ने उपाय एकअर्कालाई सुझाव दिने गरेको पाइएको छ।

उनीहरूले एआईलाई कसरी दुर्व्यवहारको तस्बिर बनाउन झुक्याउने र कसरी ओपन-सोर्स एआई मोडलहरू डाउनलोड गर्ने र सुरक्षा अवरोधहरूलाई छिचोल्ने भन्ने पनि पत्ता लगाएका छन्।

अधिकांश एआई तस्बिर जेनरेटरहरूका कडा नियमहरू हुन्छन् जसले प्रयोगकर्ताहरूलाई प्रतिबन्धित शब्द वा वाक्यांश प्रयोग गरेर सामग्रीहरू तयार पार्न रोक्छ।

तर ओपन-सोर्स टूलहरू निःशुल्क डाउनलोड गर्न सकिन्छ र तिनलाई प्रयोगकर्ताहरूले जसरी चाह्यो त्यसरी चलाउन सक्छन्।

ओपन-सोर्स एआई

प्राध्यापक ब्योर्न ओमर 'स्टेबल डिफ्यूजन' एआई मोडेलका पाँचमध्ये एक विकासकर्ता हुन्
तस्बिरको क्याप्शन,प्राध्यापक ब्योर्न ओमर ‘स्टेबल डिफ्यूजन’ एआई मोडेलका पाँचमध्ये एक विकासकर्ता हुन्

सबैभन्दा लोकप्रिय स्रोत स्टेबल डिफ्यूजन हो। त्यसको कोड सन् २०२२ को अगस्टमा जर्मनीका एआई प्राज्ञहरूले सार्वजनिक गरेका थिए।

बीबीसीले एक एआई तस्बिर निर्मातासँग कुरा गरेको थियो। उनी स्टेबल डिफ्यूजनको ‘स्पेशलाइज्ड भर्सन’को प्रयोग गर्छन् र ११-१२ वर्ष उमेरका बालिकाको तस्बिर बनाउँछन्।

ती जापानी पुरुषले उनका ‘आकर्षक’ तस्बिर औचित्यपूर्ण रहेको दाबी गर्दै “वास्तविक बालबालिकामाथि शोषण नगरी इतिहासमा नै पहिलो पटक तस्बिर बनाउन सकिएको बताए।”

तर विज्ञहरूले ती तस्बिरहरूले गम्भीर हानि पुर्‍याउने सम्भावना रहेको औँल्याएका छन्।

“मेरो मस्तिष्कमा कुनै दुबिधा छैन कि एआईबाट बनाइएका तस्बिरहरूले त्यसप्रति झुकाव बढाउँछ, विचलनलाई सुदृढ बनाउँछ र यसले विश्वभरिका बालबालिकालाई थप क्षति र जोखिमतर्फ उन्मुख गराउँछ,” यूनाइटेड स्टेट्स मार्शल सर्भिसअन्तर्गत यौन दुराचारी र बाल यौन दुर्व्यवहारकर्ताबारे विज्ञता हासिल गरेका माइकल बर्क भन्छन्।

प्राध्यापक ओमर स्टेबल डिफ्यूजनका प्रमुख विकासकर्ता हुन्। उनले त्यसलाई ओपन-सोर्स बनाउने निर्णयको प्रतिरक्षा गरे। कैयौँ प्रगति गरिरहेका व्यवसायसहित सयौँ प्राज्ञ अनुसन्धान परियोजना हालसम्म त्यसका कारण अघि बढेको उनको तर्क छ।

अनुसन्धान वा विकासका काम रोक्नु सही नहुने उनको धारणा छ।

उनले भने, “हामीले यो विश्वव्यापी विकास हो भनेर सामना गर्नुपर्छ। यसलाई यहाँ रोकेर अन्य देशहरू सम्भवतः अलोकतान्त्रिक समाजहरूमा यो प्रविधिलाई रोक्न सकिँदैन। यी विकासक्रमलाई हेरेर हामी तीव्र रूपमा भइरहेका कुराहरूमा कस्ता रोकथामका उपाय अपनाउन सकिन्छ भनेर हेर्न सक्छौँ।”

स्टेबल डिफ्यूजनको नयाँ भर्सन तयार पारिरहेको एउटा प्रमुख कम्पनीमा स्टेबिलिटी एआई पनि पर्छ। उसले अन्तर्वार्ताका लागि गरिएको अनुरोध अस्वीकार गरेको छ।

तर विगतमा उसले आफ्ना एआईका भर्सनहरूको गैरकानुनी वा अनैतिक उद्देश्यमा हुनसक्ने दुरुपयोग निषेधित गरिएको जनाएको थियो।

कामना संवाददाता

कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा प्रकाशीत तथा प्रशारण हुने विभिन्न समाचार, लेख, रचना तथा अन्य विभिन्न कार्यक्रमहरु डाउनलोड गरि कामना टेलिभिजनको अनुमति बिना तथा कामना टेलिभिजनको नाम बिना अन्य कहिँ कतै प्रकाशित तथा प्रशारण भएको पाइएमा प्रतिलिपी ऐन अनुसार कार्वाही गरिनेछ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलमा आज २ खेल हुँदै, सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

एनपीएलमा आज २ खेल हुँदै, सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

काठमाण्डौमा जारी नेपाल प्रीमियर लिग (एनपीएल) क्रिकेटमा आज दुईवटा खेल हुदैछन् । त्रिवि क्रिकेट रंगशालामा आज हुने पहिलो खेलमा बिहान ...
मधेशमा नयाँ सरकार गठनको लागि दाबी पेश गर्ने समय आजसम्म

मधेशमा नयाँ सरकार गठनको लागि दाबी पेश गर्ने समय आजसम्म

काठमाण्डौ- मधेश प्रदेशमा नयाँ सरकार गठनको लागि दाबी पेश गर्ने समय आज बेलुकी ५ बजेसम्म रहे पनि दलहरुबीच सहमति जुट्न सकेको छैन । ...
एनपीएलमा सुदूरपश्चिम रोयल्सको लगातार छैटौं जित, चितवन राइनोज ४९ रनले पराजित

एनपीएलमा सुदूरपश्चिम रोयल्सको लगातार छैटौं जित, चितवन राइनोज ४९ रनले पराजित

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा सुदूरपश्चिम रोयल्सले लगातार छैटौं खेलमा पनि जित हासिल गरेको छ । आज भएको खेलम...
एनपीएलमा आज २ वटा खेल हुँदै, काठमाण्डु र पोखरा तथा सुदूरपश्चिम र चितवन भिड्ने

एनपीएलमा आज २ वटा खेल हुँदै, काठमाण्डु र पोखरा तथा सुदूरपश्चिम र चितवन भिड्ने

काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा आज हुने पहिल...
सुदूरपश्चिमेली नेपाली समाज यूएईद्वारा उपचारार्थ साउँदको उद्धार

सुदूरपश्चिमेली नेपाली समाज यूएईद्वारा उपचारार्थ साउँदको उद्धार

कैलालीको वौनिया घर भएका २३ वर्षीय जगत साउँदलाई उपचार खर्च अभावमा थप समस्या बढेपछि सुदूरपश्चिमेली नेपाली समाज यूएईले उद्धार गरी नेप...
मधेशका मुख्यमन्त्री यादवले आज विश्वास लिँदै

मधेशका मुख्यमन्त्री यादवले आज विश्वास लिँदै

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले बुधवार विश्वास लिँदै छन्। उनले बुधबार बिहान ८ ३० बजे बस्ने प्रदेश सभाको बैठकमा वि...
अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमसहित मनाइँदै

अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमसहित मनाइँदै

काठमाडौँ- अपाङ्गता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवस आज देशभर विभिन्न कार्यक्रमहरू गरी मनाइँदैछ। सरकारदेखि विभिन्न सरोका...
एनपीलएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स खेल्दै

एनपीलएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स खेल्दै

काठमाण्डौ- नेपाल प्रिमियर लिग (एनपीलएल) क्रिकेटमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सले खेल्दैछन् । सन्दीप लामिछानेको कप्तानीम...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज