कैलालीको धनगढीमा आजदेखि सीप तथा रोजगार मेला सञ्चालन हुँदै छ । धनगढी उपमहानगरपालिकाको आयोजनामा सीप तथा रोजगार मेला सञ्चालन हुन लागेको हो । धनगढीस्थित खुला मञ्चमा सञ्चालन हुने मेलाको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन कार्यक्रम रहेको छ ।
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले रोजगार मेलाका लागि नौ जिल्लाका ४७ स्थानीय तहबाट ४ हजार ८ सय ३० जनाले आवेदन दिएकोमा ३९ पालिकाका एक हजार ४० जना छनोट भएको बताए । उनका अनुसार सहभागी प्रशिक्षार्थीहरूलाई २९ विषयमा तालिम दिइने छ ।
नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघका अध्यक्ष प्रमोद पाठकले तालिम ४० दिनसम्म चल्ने जानकारी दिए । जसमा ३० दिन विभिन्न विधामा सिपमुलक तालिम, पाँच दिनसम्म जिवन उपयोगी र उद्यमशिलता विकास सम्बन्धी तालिम दिइनेछ भने दुई दिन रोजगारदाता र तालिमप्राप्त युवाहरुबिच अन्तक्रिया गरिने पाठकले जानकारी दिए ।
युवाहरुलाई स्वरोजगार तथा आत्मनिर्भर बनाउन बजारको मागअनुसार सिप सिकाई दक्ष बनाउने, स्वदेशमै रोजगारका अवसर पाउनका लागि दक्ष जनशक्ती तयार गर्न, युवाहरुलाई दक्ष बनाई उद्यमी बन्न र स्टार्टअप व्यवसायका लागि उत्प्रेरित गर्ने मेलाको मुख्य उदेश्य रहेको मेयर हमालले बताए ।
मेलामै रोजगारदाता र तालिम प्राप्त दक्ष जनशक्तीबीच रोजगारीका लागी अन्तरक्रिया गराउने तथा सम्बन्धित रोजगारको लागि ओजीटी गराइने पनि बताइएको छ ।

