अनेरास्ववियुको २४ औँ महाधिवेशनमा पुष्कर अवस्थीको उम्मेदवारी: अनुशासन आयोग सदस्यमा युवा नेतृत्वको सशक्त दाबी
काठमाडौं, जेठ २८ – विद्यार्थी संगठन अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन) को २४ औँ महाधिवेशन राजधानी काठमाडौंमा जारी छ। संगठनको नेतृत्व चयनका लागि सहमतिको प्रयास जारी रहँदा पनि हालसम्म सर्वसम्मति कायम हुन सकेको छैन।
सहमतिको विकल्प असफल भएपछि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ। उम्मेदवारका आकांक्षीहरूले प्रतिनिधिहरुलाई आफूतर्फ आकर्षित गर्न आ–आफ्नो पक्षमा लबिङ तीव्र बनाएका छन्। यसै क्रममा सुदूरपश्चिम प्रदेश, मध्यवर्ती क्षेत्र कैलालीका होनहार र कर्मशील विद्यार्थी नेता पुष्कर अवस्थीले अनुशासन आयोग सदस्य पदमा उम्मेदवारी दिएका छन्।
संघर्षबाट नेतृत्वमा
विगत एक दशकभन्दा बढी समयदेखि विद्यार्थी राजनीतिमा सक्रिय अवस्थी विद्यार्थीको हकहित, अधिकार र न्यायका लागि निरन्तर लड्दै आएका छन्। २०७६ सालमा माध्यमिक कक्षा कमिटी हुँदै अनेरास्ववियुमा प्रवेश...











