बझाङ जिल्लाको तलकोट गाउँपालिकामा नेपाल नेत्र ज्योति संघ, गेटा आँखा अस्पताल र सेवा फाउण्डेसनको सहकार्यमा आँखा उपचार केन्द्र स्थापना गरिएको छ । गाउँपालिका अध्यक्ष कलक ब. रोकायाको अध्यक्षतामा सञ्चालन भएको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि नेपाल नेत्र ज्योति संघ कैलालीका उपसमिति सदस्य यज्ञराज चौधरी रहनुभएको थियो भने विशिष्ट अतिथि गेटा आँखा अस्पतालका निर्देशक सुरेशराज पन्त हुनुहुन्थ्यो ।
उक्त केन्द्रमार्फत दृष्टि परीक्षण, चस्मा जाँच, सामान्य आँखाका रोगहरूको उपचार, आँखाबाट बस्तु हटाउने, स्कुल स्तरको आँखाको जाँच, आँखा शिविर तथा आकस्मिक सेवा उपलब्ध हुने तल्कोट गाउँपालिका स्वास्थ्य शाखा संयोजक तथा यस उद्घाटन कार्यक्रम सञ्चालक नरजित खड्काले बताउनुभयो । साथै, आँखामा पानी आउने समस्या, रङ्ग छुट्याउने क्षमता परीक्षण लगायतका सेवाहरू समेत प्रदान गरिनेछ ।
अध्यक्ष रोकायाले केन्द्र सञ्चालनमा आएपछि अब तलकोटका बासिन्दाले आँखा उपचारका लागि टाढा धाउनुपर्ने बाध्यता हट्ने र सेवा सजिलै पाउने बताउनुभयो । घर आँगनमा आँखा उपचार केन्द्र स्थापना हुँदा तल्कोटबासी खुशी भएका छन् । विगतमा सदरमुकाम चैनपुर र जिल्ला बाहिर उपचारका लागी धाउने तल्कोटबासी अब पालिकामै सेवा पाउँदा खर्च र समयको वचत हुनेमा आशाबादी छन् ।
पालिका मा आखाको उपचार हुने भएकाले आफू र तलकोट्वासी जनता समेत एकदमै खसी भएको पालिका अध्यक्ष कलक ब. रोकायाले बताएका छन ।

