नेकपा एकीकृत समाजवादीको महाधिवेशन मिति सरेको छ । पार्टीले यसअघि जेठ ३ गतेदेखि ७ गतेसम्म गर्ने भनेको महाधिवेशन असार १६ देखि २० गतेसम्मका लागि सारेको हो । हिजो बसेको पार्टी सचिवालय बैठकले आन्तरिक तयारी अपुग भएकाले असारमा सार्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो
महाधिवेशन असार १६ गतेदेखि २० गतेसम्म काठमाण्डौँ गर्ने निर्णय भएको उहाँले बताउनुभयो । सङ्गठनको तल्लो तहदेखि नै महाधिवेशन सार्नुपर्ने माग भएकाले त्यसैअनुसार निर्णय गरिएको उहाँको भनाइ छ ।
कामनाटुडे निष्पक्ष पत्रकारिताको दृढ पहरेदार हो, जसले समाचार, विचार, मनोरञ्जन, खेलकुद, विश्व, प्रविधि र जीवनका विविध आयाम उजागर गर्छ। मर्यादित समाज र समृद्धिको यात्रामा अघि बढ्दै हामि आवाजविहीनहरूको बुलन्द स्वर बनिरहेका छौँ । यदि तपाईंसँग भ्रष्टाचार वा अनियमितताको कुनै प्रमाण छ भने, हामीलाई पठाउनुहोस्। सत्य उजागर गर्न कटिबद्ध कामनाटुडे तपाईंको गोपनीयता सुरक्षित राख्नेछ। सचेत नागरिक बनौं, अन्यायविरुद्ध उभिऔं!
केन्द्रिय कार्यालयः सुदूरपश्चिम प्रदेश धनगढी कैलाली
फोन नम्बर – ०९१-५९०९३३