संविधान जारी गर्न नेम्वाङको ठूलो हात छ – प्रधानमन्त्री ओलि
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक दोस्रो संविधान सभाबाट संविधान जारी गर्नमा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।
संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका तत्कालीन उपाध्यक्ष नेम्वाङको प्रथम स्मृति दिवसमा बुधबार तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीले दिवंगत नेम्वाङ लोकतन्त्रको साँचो अनुयायी भएको बताए ।
दोस्रो संविधानसभा असफल हुन नदिन र संविधान जारी गर्नमा संविधान सभाका अध्यक्ष नेम्वाङको अत्यन्त महत्त्वपूर्ण र सकारात्मक भूमिका रहेको स्पष्ट गर्दै उनले नेम्वाङले पदीय रूपमा मात्र नभई वैचारिक रूपमा पनि संविधान सभाको अध्यक्षता गरेको कुरा सधैं देशको सम्झना भइरहने बताए ।
उनले भने, ‘नेम्वाङ योग्य कानूनविद्, संविधान विद्का साथै लोकतन्त्रको साँचो अनुयायी हुनुह...












