Advertisement

संविधान जारी गर्न नेम्वाङको ठूलो हात छ – प्रधानमन्त्री ओलि

Advertisement

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक दोस्रो संविधान सभाबाट संविधान जारी गर्नमा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका तत्कालीन उपाध्यक्ष नेम्वाङको प्रथम स्मृति दिवसमा बुधबार तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीले दिवंगत नेम्वाङ लोकतन्त्रको साँचो अनुयायी भएको बताए ।

दोस्रो संविधानसभा असफल हुन नदिन र संविधान जारी गर्नमा संविधान सभाका अध्यक्ष नेम्वाङको अत्यन्त महत्त्वपूर्ण र सकारात्मक भूमिका रहेको स्पष्ट गर्दै उनले नेम्वाङले पदीय रूपमा मात्र नभई वैचारिक रूपमा पनि संविधान सभाको अध्यक्षता गरेको कुरा सधैं देशको सम्झना भइरहने बताए ।

उनले भने, ‘नेम्वाङ योग्य कानूनविद्, संविधान विद्का साथै लोकतन्त्रको साँचो अनुयायी हुनुहुन्थ्यो । उहाँको निधनबाट परिवार र हाम्रो पार्टीलाई असाधारण क्षति पुगेको छ नै, देशले जनपक्षीय र देशभक्त व्यक्तित्व गुमाएको छ ।’

अध्यक्ष ओलीले नेम्वाङको नाममा पार्टीले केन्द्रीय प्रतिष्ठान स्थापना गर्ने घोषणा गरे । उनले नेपालको परिवर्तनमा योगदान गरेका नेताहरूका नाममा स्थापना भएका र गरिने यस्ता प्रतिष्ठान ती नेताहरूका विचार, आदर्श, उनीहरूले अँगालेको बाटो, व्यवहार र आचरण अनुरूप चलाउनुपर्ने विचार व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले नेम्वाङले देखाएको आदर्श र उद्देश्य साकार पार्ने प्रण गर्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

कामना संवाददाता

कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा प्रकाशीत तथा प्रशारण हुने विभिन्न समाचार, लेख, रचना तथा अन्य विभिन्न कार्यक्रमहरु डाउनलोड गरि कामना टेलिभिजनको अनुमति बिना तथा कामना टेलिभिजनको नाम बिना अन्य कहिँ कतै प्रकाशित तथा प्रशारण भएको पाइएमा प्रतिलिपी ऐन अनुसार कार्वाही गरिनेछ ।

प्रतिक्रिया

Advertisement

छुटाउनुभयो कि ?

अछामकी इशरा र सरस्वतीका हत्या आरोपितलाई बाल सुधार गृह पठाइयो

अछामकी इशरा र सरस्वतीका हत्या आरोपितलाई बाल सुधार गृह पठाइयो

धनगढी- अछाममा दुई किशोरीको हत्यामा संलग्न दुई किशोरलाई बाल सुधार गृह पठाएको छ। ढकारी गाउँपालिका-८ पल्साताकी १४ वर्षीया इशरा खड्का ...
विश्वमै लोपोन्मुख गिद्ध डडेल्धुरामा भेटिए

विश्वमै लोपोन्मुख गिद्ध डडेल्धुरामा भेटिए

डडेल्धुरा- डडेल्धुरामा विश्वमै लोपोन्मुखको सूचीमा रहेका गिद्ध देखापरेका छन् । जिल्लाको परशुराम नगरपालिका- ६ सिमलखेतमा आज विहान ४ ...
दलितको घर भत्काएर उठिबास लगाउने पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ

दलितको घर भत्काएर उठिबास लगाउने पालिका अध्यक्ष र पूर्ववडाध्यक्ष पक्राउ

जनकपुरधाम— सिरहाको औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलिप यादवलाई सिरहा प्रहरीले नियन्त्रणमा लिएको छ । वडा...
५ लाखभन्दा बढी आप्रवासीलाई देश छोड्न ट्रम्प प्रशासनको आदेश

५ लाखभन्दा बढी आप्रवासीलाई देश छोड्न ट्रम्प प्रशासनको आदेश

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ५ लाख ३० हजारभन्दा बढी आप्रवासीहरू प्रवासीहरू प्रभावित हुनेगरी ठूलो निर्णय गरेको छ । ...
नवजीवन सहकारीद्वारा चामल बिक्रि वितरण सुरु

नवजीवन सहकारीद्वारा चामल बिक्रि वितरण सुरु

धनगढी- कैलालीमा नवजीवन सहकारी संस्था लिमिटेडले आफैंले उत्पादन गरेको चामल बिक्रि वितरण सुरु गरेको छ । सुदूरपश्चिम प्रदेशकै ठुलो सहक...
कैलालीमा विद्युतका कर्मचारी चौधरीमाथि खुकुरी प्रहार गर्ने थप २ जना पक्राउ

कैलालीमा विद्युतका कर्मचारी चौधरीमाथि खुकुरी प्रहार गर्ने थप २ जना पक्राउ

धनगढी- कैलालीमा विद्युतका कर्मचारीमाथि दिनदहाडै खुकुरी प्रहार गर्ने थप २ जना पक्राउ परेका छन्। विद्युत् प्राधिकरणको धनगढी वितरण के...
बालमैत्री स्थानीय शासन वडा घोषणामा जोड दिएका छौ: वडासदस्य जोशी

बालमैत्री स्थानीय शासन वडा घोषणामा जोड दिएका छौ: वडासदस्य जोशी

बझाङ- बझाङको जयपृथ्वी नगरपालिका–११ का वडासदस्य पदमराज जोशीले बालमैत्री स्थानीय शासन वडा घोषणाका लागि आवश्यक पर्ने सुचकहरू पूरा गर्...
आज देशका केही स्थानमा वर्षाको सम्भावना

आज देशका केही स्थानमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज