Advertisement

संविधान जारी गर्न नेम्वाङको ठूलो हात छ – प्रधानमन्त्री ओलि

Advertisement

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक दोस्रो संविधान सभाबाट संविधान जारी गर्नमा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका तत्कालीन उपाध्यक्ष नेम्वाङको प्रथम स्मृति दिवसमा बुधबार तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीले दिवंगत नेम्वाङ लोकतन्त्रको साँचो अनुयायी भएको बताए ।

दोस्रो संविधानसभा असफल हुन नदिन र संविधान जारी गर्नमा संविधान सभाका अध्यक्ष नेम्वाङको अत्यन्त महत्त्वपूर्ण र सकारात्मक भूमिका रहेको स्पष्ट गर्दै उनले नेम्वाङले पदीय रूपमा मात्र नभई वैचारिक रूपमा पनि संविधान सभाको अध्यक्षता गरेको कुरा सधैं देशको सम्झना भइरहने बताए ।

उनले भने, ‘नेम्वाङ योग्य कानूनविद्, संविधान विद्का साथै लोकतन्त्रको साँचो अनुयायी हुनुहुन्थ्यो । उहाँको निधनबाट परिवार र हाम्रो पार्टीलाई असाधारण क्षति पुगेको छ नै, देशले जनपक्षीय र देशभक्त व्यक्तित्व गुमाएको छ ।’

अध्यक्ष ओलीले नेम्वाङको नाममा पार्टीले केन्द्रीय प्रतिष्ठान स्थापना गर्ने घोषणा गरे । उनले नेपालको परिवर्तनमा योगदान गरेका नेताहरूका नाममा स्थापना भएका र गरिने यस्ता प्रतिष्ठान ती नेताहरूका विचार, आदर्श, उनीहरूले अँगालेको बाटो, व्यवहार र आचरण अनुरूप चलाउनुपर्ने विचार व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले नेम्वाङले देखाएको आदर्श र उद्देश्य साकार पार्ने प्रण गर्दै उनीप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

केदारस्यूँमा महिलाहरूलाई अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी एक महिने एडभान्स तालिम

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले स्थानीय स्तरमै पाइने कच्चापदार्थको सदुपयोग गर्दै अल्लो भाङ्गो कपडा तथा झोला उत्पादन सम्बन्धी ...
अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछाममा अझै पिठ्युँमै बिरामी बोक्नु पर्ने बाध्यता

अछामको रामारोशन गाउँपालिका–६ भटाकाटीयमा सडक तथा यातायातको उचित पहुँच नहुँदा स्थानीयवासी अझै बिरामीलाई पिठ्युँमा बोकेर स्वास्थ्य सं...
विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज