Advertisement

समाचार

आज देशका पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्षाको सम्भावना

आज देशका पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ— देशमा हाल स्थानीय वायुको प्रभावसँगै बंगालको खाडी र उत्तर प्रदेश आसपासको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनुका साथै बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज कोशी प्रदेश सहित देशका पहाडी भेगका केही स्थानमा र बाँकी ठाउँका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। कोशी प्रदेशका केही स्थानमा भारी वर्षा पनि हुन सक्ने चेतावनी दिइएको छ। त्यस्तै, उच्च पहाडी र हिमाली भेगका केही स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ। यस्तो मौसमका कारण कृषि, जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पर्न सक्ने भएकाले सतर्क रहन मौसम विभाग...
सुपर ओभरमा राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

सुपर ओभरमा राजस्थानलाई हराउँदै दिल्ली शीर्ष स्थानमा

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ— भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सलाई सुपर ओभरमा हराउँदै दिल्ली क्यापिटल्स शीर्ष स्थानमा पुगेको छ। बुधबार अरुण जेट्ली रंगशालामा टस हारेर पहिले ब्याटिङमा उत्रिएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदै १८८ रन बनायो। त्यसपछि १८९ रनको लक्ष्य लिएर मैदानमा ओर्लिएको राजस्थानले पनि २० ओभरमा ४ विकेट गुमाएर १८८ रन बनायो, जसले गर्दा खेल सुपर ओभरमा पुग्यो। सुपर ओभरमा पहिले ब्याटिङ गर्दै राजस्थानले ११ रन बनायो। जवाफमा दिल्लीले त्यो लक्ष्य केवल ४ बलमै पुरा गर्‍यो। यो दिल्लीको ६ खेलमा पाँचौँ जित हो र उसले १० अंकसहित शीर्ष स्थानमा कब्जा जमाएको छ। राजस्थान भने सात खेलमा चार अंकसहित तालिकाको आठौँ स्थानमा छ। उसलाई यो प्रतियोगितामा पाँचौँ हार हो।...
शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित

शिक्षक आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित

Breaking News 2, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, शिक्षा, समाचार, सुदूरपश्चिम
कञ्चनपुर- शिक्षकको काठमार्डौँ केन्द्रित आन्दोलनले विद्यार्थी भर्ना अभियान प्रभावित बनेको छ। सरकारले यही वैशाख २ गतेदेखि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना अभियानको तयारी गरे पनि शिक्षक आन्दोलनमा हुँदा भर्ना अभियान प्रभावित बनेको हो । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासङ्घको नेतृत्वमा गत चैत २० गतेदेखि शिक्षकले सडक आन्दोलन गरिरहेका छन् । महासङ्घले शैक्षिक हड्तालसमेत घोषणा गरेको छ । उक्त हड्तालको समर्थनमा यहाँका विभिन्न सामुदायिक विद्यालयले सूचना जारी गर्दै शिक्षक महासङ्घको आन्दोलनलाई ऐक्यबद्धता जनाउँदै विद्यालयमा सबै शैक्षिक गतिविधि बन्द गरेको जानकारी गराएका छन् । महेन्द्रनगरस्थित महेन्द्रनगर माध्यमिक विद्यालयका प्रधानाध्यापक देवराज भट्टले सम्पूर्ण शैक्षिक कार्य बन्द गरिएको जानकारी दिए। “शिक्षक÷शिक्षिका आन्दोलनमा काठमाडौँ गएका छन् । शैक्षिक कार्य गर्ने वातावरण छैन ।”...
सुनसरीको देवानगञ्जमा गोलीकाण्ड, तीन जना पक्राउ, तीन अझै फरार

सुनसरीको देवानगञ्जमा गोलीकाण्ड, तीन जना पक्राउ, तीन अझै फरार

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, समाचार
सुनसरी- देवानगञ्ज गाउँपालिकामा भएको गोली प्रहार घटनामा संलग्न तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा देवानगञ्ज–७ का २१ वर्षीय शिवकुमार मेहता, देवानगञ्ज–१ का रवीनकुमार यादव र पिन्टु यादव रहेका छन्। सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाका अनुसार गोली लागेर गम्भीर घाइते भएका मेहताको विराटनगरमा प्रहरी निगरानीमा उपचार भइरहेको छ। घटनामा संलग्न अर्का समूहका तीन जना अझै फरार छन्। फरारमध्ये कामेश्वर यादवसहितका तीन जना सीमावर्ती क्षेत्रमा बस्दै आपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार घटनामा कुल ६ जनाको संलग्नता रहेको छ। प्रारम्भिक अनुसन्धानमा उनीहरू सबै आपराधिक पृष्ठभूमिका रहेको र भारतमा समेत खोजीको सूचीमा परेका तथ्य खुलेका छन्। पक्राउ परेका रवीन यादव यसअघि गाँजा तस्करीमा संलग्न रहेको र केही दिनअघि मात्र पक्राउ परेर छुटेका थिए। प्रहरीका अनुसार घाइते मेहता...
देशका पहाडी भूभागमा बदली, कतै–कतै वर्षा र हिमपातको सम्भावना

देशका पहाडी भूभागमा बदली, कतै–कतै वर्षा र हिमपातको सम्भावना

Breaking News 2, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- स्थानीय वायु प्रणालीको प्रभावले देशका केही भागमा मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा चट्याङसहित हल्का वर्षा भइरहेको छ। दिउँसो पनि पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ भने थोरै स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ। रातिको मौसमतर्फ, कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आकाश मुख्यतः खुल्ला रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ।...
पेट्रोलियम पदार्थको मुल्य घट्यो

पेट्रोलियम पदार्थको मुल्य घट्यो

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । निगमको सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर तीन रुपैयाँ घटाएको हो । मुल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५७ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ५९ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ६० रुपैयाँ तोकिएको छ । यस्तै, डिजेल तथा मट्टीतेलको मूल्य पहिलो वर्गका लागि एक सय ४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि एक सय ४५ रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ४६ रुपैयाँ निर्धारण गरिएको निगमले जनाएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाण्डौ, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ । इन्डियन आयल कर्पोरेशनबाट प्राप्त पेट्रोलिमय पदार्थको नयाँ खरिद मूल्यअनुसार प...
नहरमा डुबेर एक बालिका बेपत्ता

नहरमा डुबेर एक बालिका बेपत्ता

Breaking News 2, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- कैलालीमा नहरमा डुबेर एक बालिका बेपत्ता भएकी छन् । जिल्लाको लम्कीचुहा नगरपालिका–३ बल्चौर बस्ने दिर्घ बादीकी ९ वर्षीया छोरी खुसी बादी बेपत्ता भएकी प्रहरीले जनाएको छ। उनि बल्चौर स्थित रानीजमरा कुलरिया सिचाई आयोजनाको नहरमा नुहाउने क्रममा डुबेर बेपत्ता भएकी जनाइएको छ। उनको खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ।...
कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय

कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने शिक्षक महासंघको निर्णय

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, शिक्षा, समाचार
काठमाडौं- नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय गरेको छ । महासंघले सोमबार एक विज्ञप्ति जारी गर्दै कक्षा १२ को परीक्षामा सहभागी नहुने जानकारी दिएको हो । कक्षा १२ को परीक्षा ११ वैशाखदेखि सुरु हुँदैछ । नयाँ शैक्षिक सत्र पनि सुरु भएको छ । सरकारले भर्ना अभियान घोषणा गरे पनि महासंघले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरूले सडक आन्दोलन गरिरहेका छन् । जारी आन्दोलनमा साथ दिन महासंघले निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई अनुरोध समेत गरेको छ । देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द गरी काठमाडौँको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन प्रधानाध्यापक, शिक्षक, कर्मचारी लाई महासंघले आग्रह समेत गरेको...
चट्याङ लागेर एकै परिवारका चार जना घाइते

चट्याङ लागेर एकै परिवारका चार जना घाइते

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
सङ्खुवासभा– जिल्लाको खाँदबारी नगरपालिका-९ साठीमुरेमा चट्याङ लागेर एकै परिवारका चार जना घाइते भएका छन्। सोमबार साँझ हावाहुरी तथा पानीसँगै आएको चट्याङ लागेर खाँदबारी–९ साठीमुरेमा एकैपरिवारका चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। चट्याङ लागेर कोपिला श्रेष्ठ, १८ वर्षीय छोरा गगन श्रेष्ठ, १८ वर्षीया बुहारी बविता मगर र १३ वर्षीया छोरी निरुता श्रेष्ठ घाइते भएका हुन्। घाइतेको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको छ। उपचाररत चारैजना खतरामुक्त रहेका अस्पतालले जनाएको छ।...
बाजुरामा ९ महिनामा विपद्बाट १३ को ज्यान, करोडौंको क्षति

बाजुरामा ९ महिनामा विपद्बाट १३ को ज्यान, करोडौंको क्षति

Breaking News 1, ताजा अपडेट, बाजुरा, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बाजुरा— बाजुरामा चालु आर्थिक वर्षको ९ महिनामा बाजुरामा विभिन्न विपद्बाट १३ जनाले ज्यान गुमाएका छन्। यिनै घटनाबाट करिब एक करोड ८४ लाख ८१ हजार रुपैयाँ बराबरको क्षति भएको छ। भूकम्प, पहिरो, बाढी, आगलागी, चट्याङ, हावाहुरीलगायतका प्राकृतिक विपद्बाट ठूलो मात्रामा धनजनको क्षति भएको तथ्यांकले देखाएको छ। सुरक्षा निकायका अनुसार सबैभन्दा धेरै घटना बाढी, पहिरो र आगलागीका कारण भएका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आगलागीबाट एक जनाको ज्यान गएको छ भने चट्याङ लागेर २ जनाको मृत्यु र ५ जना घाइते भएका छन्। पहिरोमा परेर ४ जना घाइते भएका छन्। सबैभन्दा धेरै घटना भीरबाट लडेका छन्— जसमा ६ जनाले ज्यान गुमाएका छन् र ८ जना घाइते भएका छन्। त्यस्तै, रुखबाट लडेका कारण १ जनाको मृत्यु र ४ जना घाइते भएका छन्। जंगली जनावरको आक्रमणमा १ जनाको मृत्यु र ५ जना घाइते भएका छन्। अन्य विभिन्न कारणले २ जनाको मृ...
आईपीएलमा लखनउको लगातार जितको यात्रा चेन्नईले रोक्यो

आईपीएलमा लखनउको लगातार जितको यात्रा चेन्नईले रोक्यो

Breaking News 1, अन्तर्राष्ट्रिय, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किङ्सले दोस्रो जित हासिल गरेको छ। गएराति भएको खेलमा चेन्नईले लखनउ सुपर जायन्ट्सलाई पाँच विकेटले पराजित गर्दै लखनउको अपराजित यात्रामा पूर्णविराम लगाएको हो। १६७ रनको लक्ष्य पछ्याएको चेन्नईले १९.३ ओभरमा पाँच विकेट गुमाउँदै १६८ रन बनायो। शिवम दुबेले सर्वाधिक ४३ रन बनाए भने कप्तान महेन्द्रसिंह धोनीले २६ रनको योगदान दिए। लखनउका रवि बिश्नोईले दुई विकेट लिए। त्यसअघि अटल बिहारी क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६६ रन बनायो। कप्तान ऋषभ पन्तले ६३ रन तथा मिचेल मार्शले ३० रन बनाए। चेन्नईका रवीन्द्र जडेजा र मथिशा पाथिरानाले समान दुई विकेट लिए। हालसम्म सात खेल खेलेको लखनउले आठ अंक जोडेको छ भने समान खेल खेलेको चेन्नईले चार अंकसहित पुछारमा रहेको छ। आईपीएल अन्तर्ग...
देशका पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

देशका पहाडी क्षेत्रमा बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं - पश्चिमी र स्थानीय वायुले गर्दा देशको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको छ भने अन्य स्थानहरूमा मौसम प्रायः सफा देखिएको छ। कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसोको मौसम: कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायतका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा आंशिकदेखि मुख्यतया सफा मौसम रहने अनुमान गरिएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही स्थान र अन्य क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ। साथै, उच्च पहाडी र हिमाली भेगमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ। रातिको मौसम: कोशी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य स्थानहरूमा मौसम प्रायः सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रद...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज