Advertisement

बाजुरामा ९ महिनामा विपद्बाट १३ को ज्यान, करोडौंको क्षति

Advertisement

बाजुरा— बाजुरामा चालु आर्थिक वर्षको ९ महिनामा बाजुरामा विभिन्न विपद्बाट १३ जनाले ज्यान गुमाएका छन्। यिनै घटनाबाट करिब एक करोड ८४ लाख ८१ हजार रुपैयाँ बराबरको क्षति भएको छ।

भूकम्प, पहिरो, बाढी, आगलागी, चट्याङ, हावाहुरीलगायतका प्राकृतिक विपद्बाट ठूलो मात्रामा धनजनको क्षति भएको तथ्यांकले देखाएको छ।

सुरक्षा निकायका अनुसार सबैभन्दा धेरै घटना बाढी, पहिरो र आगलागीका कारण भएका छन्। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार आगलागीबाट एक जनाको ज्यान गएको छ भने चट्याङ लागेर २ जनाको मृत्यु र ५ जना घाइते भएका छन्। पहिरोमा परेर ४ जना घाइते भएका छन्।

सबैभन्दा धेरै घटना भीरबाट लडेका छन्— जसमा ६ जनाले ज्यान गुमाएका छन् र ८ जना घाइते भएका छन्। त्यस्तै, रुखबाट लडेका कारण १ जनाको मृत्यु र ४ जना घाइते भएका छन्। जंगली जनावरको आक्रमणमा १ जनाको मृत्यु र ५ जना घाइते भएका छन्।

अन्य विभिन्न कारणले २ जनाको मृत्यु, ३ जना घाइते भएका छन् भने करेन्ट लागेर १ जनाको मृत्यु र ३ जना घाइते भएका छन्। सर्पको टोकाइबाट ८ जना घाइते भएका छन्।

यस अवधिमा जम्मा १२५ वटा विपद्का घटना भएका छन्। ती घटनामा १०९ वटा पशु चौपायाको मृत्यु, १६ वटा घाइते र ४८ वटा वेपत्ता भएको प्रहरीले जनाएको छ।

प्राकृतिक विपद्का कारण ६४ वटा घर पूर्णरूपमा ध्वस्त, ३८५ घर आंशिक क्षति र ५८ वटा घर सामान्य क्षतिमा परेको जनाइएको छ।

कामना संवाददाता

कामना टेलिभिजनद्वारा सञ्चालित अन्लाईन पत्रीकामा प्रकाशीत तथा प्रशारण हुने विभिन्न समाचार, लेख, रचना तथा अन्य विभिन्न कार्यक्रमहरु डाउनलोड गरि कामना टेलिभिजनको अनुमति बिना तथा कामना टेलिभिजनको नाम बिना अन्य कहिँ कतै प्रकाशित तथा प्रशारण भएको पाइएमा प्रतिलिपी ऐन अनुसार कार्वाही गरिनेछ ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

एनपीएलमा विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा प्रवेश

एनपीएलमा विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा प्रवेश

लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आज भएको दोश्रो क्वालिफायर खेलमा विराटनगर किङ्ग्सलाई...
बझाङ काँग्रेसबाट उम्मेदवार सिफारिस: सत्यराज भण्डारी शक्तिशाली देखिदै 

बझाङ काँग्रेसबाट उम्मेदवार सिफारिस: सत्यराज भण्डारी शक्तिशाली देखिदै 

बझाङ: आगामी २०८२ माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते तय भएको प्रतिनिधि सभा निर्वाचनले बझाङमा राजनीतिक तापक्रम नि...
युवा नेता लोकेन्द्र बहादुर सिंह (एलबी) केन्द्रीय सदस्यका सशक्त आकांक्षी

युवा नेता लोकेन्द्र बहादुर सिंह (एलबी) केन्द्रीय सदस्यका सशक्त आकांक्षी

काठमाडौं: नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र नयाँ पुस्तालाई नेतृत्वमा उकास्ने वातावरण बनेको छ । य...
एनपीएलको फाइनलमा सुदूरपश्चिम रोयल्स, विराटनगर ७७ रनले पराजित

एनपीएलको फाइनलमा सुदूरपश्चिम रोयल्स, विराटनगर ७७ रनले पराजित

काठमाण्डौमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्स फाइनलमा पुगेको छ । आज भएको पहिलो क्वालिफायर खेलमा विराटनगर किङ्ग...
समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

काठमाडौँ- निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ। आगामी फागुन २१ गते हुने प्...
हिमालयन लाइफ इन्स्योरेन्स कम्पनि द्वारा साउद को परिवारलाइ मृत्यु दाबि रकम भुक्तानी

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनि द्वारा साउद को परिवारलाइ मृत्यु दाबि रकम भुक्तानी

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनि द्वारा साउदको परिवारलाइ मृत्यु दाबि रकम भुक्तानि हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड मसुरिया उप...
हिमालयन लाइफ इन्स्योरेन्स कम्पनि द्वारा साउद को परिवारलाइ मृत्यु दाबि रकम भुक्तानी

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनि द्वारा साउद को परिवारलाइ मृत्यु दाबि रकम भुक्तानी

हिमालयन लाइफ इन्स्योरेस कम्पनि द्वारा साउद को परिवारलाइ मृत्यु दाबी भुक्तानी हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड मसुरिया उपशाखाले...
हिमालयन लाइफ इन्स्योरेन्स कम्पनि द्वारा साउद को परिवारलाइ परिवपरिवारलाइ मृत्यु दाबि भुक्तानी

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनि द्वारा साउद को परिवारलाइ परिवपरिवारलाइ मृत्यु दाबि भुक्तानी

हिमालयन लाइफ इन्स्योरेन्सद्वारा कम्पनि द्वारा मृत्यु दाबी भुक्तानी हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड मसुरिया उपशाखाले एक बीमित ...
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज