कैलालीका भन्सार प्रमुख माथी कुटपिट
Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, घटना, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी । प्रमुख भन्सार अधिकृत अनन्तप्रसाद तिम्सिनामाथि कुटपिट भएपछि कैलाली भन्सार कार्यालयका कर्मचारी र एजेन्ट आन्दोलनमा उत्रिएका छन् ।
शनिबार राति भन्सार कार्यालयको परिसरमै प्रमुख भन्सार अधिकृत तिम्सिनामाथि धनगढी उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख लक्ष्मणसिंह धामीको टोलीले कुटपिट गरेको भन्दै भन्सार कार्यालयको सेवा ठप्प पार्दै कर्मचारी र एजेन्ट महासंघ आन्दोलनमा उत्रिएको हो ।
कुटपिटमा सङ्लग्न नगर प्रहरी प्रमुख धामीसहितलाई कारबाही र सुरक्षाको माग गर्दै सेवा ठप्प पारिएकी बताइएको हो । भन्सार कार्यालय बन्द भएपछि आयात र निर्यात रोकिएको छ ।
एजेन्ट महासंघ कैलालीले विज्ञप्ति जारी गर्दै घटनाको भत्सर्ना गरेको छ । उसले घटनाको निष्पक्ष छानबिनको माग गर्दै कर्मचारीको सुरक्षाको ग्यारेन्टी गर्न कैलाली प्रशासनलाई आग्रह गरेको छ ।
के हो घटना ?
धनगढी–अत्तरिया छ लेन सडकको ट्री गार्डेनमा लगाइएको जाली...











