साइपाल गाउँपालिकाका प्रवक्ता नरेन्द्र धामीद्वारा बाल आश्रमलाई २० हजार बराबरको सहयोग
बझाङको साइपाल गाउँपालिका–१ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता नरेन्द्र धामीले दुर्गाथलीस्थित मदन भण्डारी बाल आश्रमलाई नगद तथा सामग्रीसहित करिब २० हजार रुपैयाँ बराबरको सहयोग गरेका छन् ।
प्रवक्ता धामीले आश्रममा आश्रित विपन्न तथा असहाय बालबालिकाको हेरचाह, शिक्षा र दैनिक आवश्यकतामा टेवा पुगोस् भन्ने उद्देश्यले रु १४,००० नगद र बाँकी रकम बराबरको खाद्यान्न तथा अन्य सामग्रीहरू हस्तान्तरण गरेका हुन् । सहयोग हस्तान्तरण कार्यक्रममा दुर्गाथली गाउँपालिकाका उपाध्यक्ष, वडाध्यक्षहरू र अन्य जनप्रतिनिधिहरू पनि उपस्थित थिए ।
अध्यक्ष तथा प्रवक्ता धामीले समाजका असाहाय बालबालिकाप्रति सबैको उत्तरदायित्व रहेको उल्लेख गर्दै, यस्ता संस्थाहरूप्रति उनीहरू पनि सिक्नुपर्ने र सक्रिय रूपमा सहयोग गर्नुपर्ने सन्देश दिएका छन् । बालबालिकाको भविष्य निर्माणमा यस्ता संस्थाहरूको भूमिका महत्वपूर्ण छ,” धामीले भने, हामी...











