Advertisement

समाचार

महिलालाई अल्लो प्रशोधन तथा कपडा बुनाई तालिम प्रदान

महिलालाई अल्लो प्रशोधन तथा कपडा बुनाई तालिम प्रदान

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- जिल्लाको छबिसपाथिभेरा गाउँपालिका- ७ का १५ जना महिलालाई अल्लो प्रशोधन तथा कपडा बुनाई तालिम प्रदान गरिएको छ । सीप सिकौं , आत्मनिर्भर बनौं भन्ने नारा सहित जेठ ७ गतेदेखि असार २२ गतेसम्म ४५ दिन महिलाहरूलाई दक्ष प्रशिक्षकबाट सो तालिम प्रदान गरिएको हो । नेपाल सरकार घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रको सशक्त अनुदान र गाउँपालिकाको सहकार्यमा सञ्चालन गरिएको उक्त तालिमको उद्देश्य स्थानीय स्रोत र कच्चा पदार्थको उचित सदुपयोग गर्दै आयमूलक कार्यमा स्थानीयलाई दक्ष बनाउने रहेको छ। तालिम अवधिभर प्रशिक्षार्थीहरूलाई अल्लोको छाला निकाल्ने, धागो बनाउने, र त्यसबाट कपडा तथा विविध हस्तकलाका सामग्री तयार गर्ने सीप प्रदान गरिएको वडाध्यक्ष बिजय बहादुर धामीले जानकारी दिए । स्थानीय बासिन्दाहरूले यस्तो खालको सीपमूलक तालिमले दीर्घकालीन रुपमा रोजगारी र आर्थिक सशक्तिकरणमा सकारात्मक प्रभाव पार्ने विश्वास...
बझाङमा मानवतावादी राजा जयपृथ्वीको नयाँ शालिक उद्घाटन हुँदै

बझाङमा मानवतावादी राजा जयपृथ्वीको नयाँ शालिक उद्घाटन हुँदै

समाचार
बझाङ —मानवतावादी दर्शनका प्रवर्तक तथा राष्ट्रिय विभूति राजा जयपृथ्वी बहादुर सिंहको जन्मजयन्तीको अवसरमा बझाङ सदरमुकाम चैनपुरमा निर्माण गरिएको नयाँ शालिक भदौ ७ गते भव्य कार्यक्रमका साथ उद्घाटन हुने भएको छ। वि.सं. १९३४ भदौ ७ गते बझाङको विकट गाउँमा जन्मिएका राजा जयपृथ्वी बहादुर सिंहले नेपाली समाज र विश्वकै लागि मानवतावाद र शान्तिको सन्देश फैलाएका थिए। नेपाली न्याय, निष्पक्षता, स्वतन्त्रता र जनकल्याणमा समर्पित उहाँले आफ्नो राजसी सुविधा त्यागेर मानव कल्याण र शिक्षाको सेवा गरेका थिए। नेपालमा साम्यवादी रचना अध्ययन गर्ने प्रथम व्यक्ति मानिने जयपृथ्वीले काठमाडौंमा स्थापना गरेको ‘सत्यवादी पाठशाला’ पछि बझाङमा सारेका थिए। त्यसबेला सत्यवादी स्कुल सुदूरपश्चिममै शिक्षा प्राप्त गर्ने प्रमुख केन्द्रको रूपमा चिनिन्थ्यो। उनले गाउँबस्तीमा शिक्षा, कागज उद्योग, घरेलु सिलाइ उद्योग स्थापना गरी आर्थिक आत्मनिर...
नेपाल आईसीसी ओडीआई वरीयतामा १७ औं स्थानमै यथावत्

नेपाल आईसीसी ओडीआई वरीयतामा १७ औं स्थानमै यथावत्

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ— नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) वरीयतामा १७औं स्थानमै यथावत् रहेको छ। आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपालले अघिल्लो स्थान जोगाउन सफल भएको हो। वरीयतामा पाकिस्तान र बङ्गलादेशले मात्र स्थान सुधार गरेका छन्। पाकिस्तान एक स्थान माथि उक्लिँदै चौथो स्थानमा पुगेको छ। यसअघि पाकिस्तान पाँचौं स्थानमा थियो भने अहिले श्रीलङ्का पाँचौं स्थानमा झरेको छ। त्यस्तै, बङ्गलादेशले पनि एक स्थान सुधार गर्दै नवौं स्थानमा उक्लिएको छ। वेस्ट इन्डिज भने एक स्थान तल झरेर १०औं स्थानमा पुगेको छ। अन्य १६ टोली भने अघिल्लो वरीयतामै यथावत् छन्।...
गण्डकीसहित पश्चिमका धेरै स्थानमा वर्षा, पाँच प्रदेशमा राति मुसलधारे पानीको सम्भावना

गण्डकीसहित पश्चिमका धेरै स्थानमा वर्षा, पाँच प्रदेशमा राति मुसलधारे पानीको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाण्डौ— गण्डकी प्रदेशसहित पश्चिमका केही स्थानमा वर्षा भइरहेको छ। पछिल्लो एक घण्टादेखि कास्की, लमजुङ, पर्वत, म्याग्दी, पाल्पा, प्यूठान, रोल्पा, अर्घाखाँची र डोटीमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गएराति काठमाण्डौ, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र लमजुङमा बाढी आउनेगरी भारी वर्षा भएको थियो। महाशाखाका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको छ। त्यस्तै, आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मुसलधारे वर्षा हुने सम्भावना रहेको पनि महाशाखाले जानकारी दिएको छ।...
साइपाल–१ मा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत ४१ महिला लाभग्राहीलाई बाख्रा वितरण

साइपाल–१ मा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत ४१ महिला लाभग्राहीलाई बाख्रा वितरण

बझाङ, रोजगार, समाचार, सुदूरपश्चिम
बझाङको साइपाल गाउँपालिका वडा नं. १ मा बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत सुनौला हजार दिनका आमाहरू तथा २ वर्षमुनिका बालबालिका भएकी ४१ जना महिला लाभग्राहीलाई बाख्रा वितरण गरिएको छ । पोषण सुधारसँगै आयआर्जनमा सहयोग पुगोस् भन्ने उद्देश्यले लक्षित महिलाहरूलाई कार्यक्रममार्फत बाख्रा प्रदान गरिएको हो । कार्यक्रमले लक्षित समुहका आमाहरूको पोषण अवस्था सुधार गर्नुका साथै पशुपालनबाट आम्दानी आर्जन गरी आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास लिइएको छ । बाख्रा पालनले महिलाहरूको आर्थिक सशक्तिकरणमा टेवा पुग्ने र परिवारको समग्र स्वास्थ्यमा सुधार ल्याउने अपेक्षा गरिएको छ । वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता नरेन्द्र धामीले कार्यक्रमबारे जानकारी दिँदै भने, सुनौला हजार दिनको अवधिमा आमाहरूको पोषण अवस्था सुधार गर्नु हाम्रो पहिलो लक्ष्य हो। आयआर्जनका साथ पोषणमा सुधार ल्याउने यो कार्यक्रमको प्रभाव केही महिनामै...
देशभर मनसुनी वायु सक्रिय, आज भारी वर्षासँगै बाढी–पहिरोको जोखिम

देशभर मनसुनी वायु सक्रिय, आज भारी वर्षासँगै बाढी–पहिरोको जोखिम

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- देशभर हाल मनसुनी वायु सक्रिय रहेकाले विभिन्न प्रदेशमा वर्षाको सम्भावना उच्च देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहँदा देशका धेरै भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था कायम रहेको छ। महाशाखाका अनुसार हाल बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा सामान्यतया बदली छ भने बाँकी भागहरूमा आंशिक बदली देखिएको छ। सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरिएको छ। विशेषतः कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, कोशी र बागमती प्रदेशका पहाडी भूभागमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ। उच्च प...
नेपाललाई १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधि

नेपाललाई १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधि

Breaking News 1, खेलकुद, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ– नेपालले सिङ्गापुरलाई पराजित गर्दै एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ। प्रतियोगिताभर अपराजित रहेको नेपालले फाइनलमा सिङ्गापुरले दिएको ११४ रनको लक्ष्य २९ ओभरमा ८ विकेट गुमाउँदै भेट्टायो। नेपालका जोए थापा २४ रनमा अविजित रहे। ५८ रनमा ५ विकेट गुमाएको अवस्थामा उनले शुभम् खनालसँग छैटौं विकेटका लागि ३३ रन र अभय यादवसँग नवौं विकेटका लागि अविजित २५ रनको साझेदारी गरे। त्यसअघि, मलेशियाको बाङ्गीमा टस जितेर ब्याटिङ गरेको सिङ्गापुर ४०.५ ओभरमा ११३ रनमा अलआउट भयो। सिङ्गापुरका रोहन अस्टिन अरुणले सर्वाधिक २३ रन बनाए। नेपालका सुशीलबहादुर रावल र अभय यादवले समान ३ विकेट लिए भने शुभम् खनालले २ र कप्तान विपिनप्रसाद शर्माले १ विकेट लिए। सेमिफाइनलमा नेपालले मलेशियालाई र सिङ्गापुरले हङकङलाई हराउँदै फाइनलमा स्थान बनाएका थिए। आयोजक मलेशियाले हङकङलाई ५ विकेटले पराजित गर्दै तेस्रो...
बजेटमा योजना नै नरहेको पावर टिलर प्रकरण: चौधरीमाथिको आरोप कपोकल्पित प्रमाणित हुँदै

बजेटमा योजना नै नरहेको पावर टिलर प्रकरण: चौधरीमाथिको आरोप कपोकल्पित प्रमाणित हुँदै

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, मुख्य समाचार, राजनीति, समाचार, सुदूरपश्चिम
धनगढी: सुदूरपश्चिम प्रदेशका पूर्वकृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत लगाइएको आरोप निराधार देखिन थालेको छ । आयोगले उठाएको पावर टिलर कमिसनको विषयवस्तु बजेट तथा योजना दस्तावेजमै नदेखिएपछि आरोपको आधार झनै कमजोर देखिएको छ । प्रदेश सरकारको २०८०/८१ को स्वीकृत नीति तथा कार्यक्रम, बजेट विवरण तथा कृषि मन्त्रालय अन्तर्गतका वार्षिक योजनाहरूमा कहीँ पनि पावर टिलर खरिद र वितरणसम्बन्धी कार्यक्रम उल्लेख छैन । मन्त्रालयका आन्तरिक कागजात र बजेट शिर्षक अनुसार मन्त्रालयले उक्त वर्षमा मिहेनती किसान लक्षित मलबीउ वितरण, सीप विकास तालिम, कृषि प्राविधिक परिचालन, सिंचाइ अनुदानलगायतका कार्यक्रमहरू सञ्चालन गरेका थिए । तर पावर टिलर खरिद भने न बजेटमा समावेश गरिएको थियो, न कार्यान्वयन स्तरमा अघि बढाइएको थियो । पावर टिलर खरिद गर्ने बजेट कहिँ कतै नभएको (२०८०/८१ को मन्त्रालयको...
देशभर मनसुनी प्रभाव, आज कोशीदेखि गण्डकीसम्म ठूलो वर्षाको सम्भावना

देशभर मनसुनी प्रभाव, आज कोशीदेखि गण्डकीसम्म ठूलो वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौं- हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेकाले मधेस प्रदेशबाहेकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गएराति सङ्खुवासभा, सिन्धुपाल्चोक र कास्की जिल्लामा भारी वर्षा भएको हो। महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै ८६.२ मिलिमिटर वर्षा सङ्खुवासभामा मापन गरिएको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको दाहालले जानकारी दिए। काठमाडौं उपत्यकामा पनि दिउँसो मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैबीच, सिन्धुपाल्चोकको मेलम्ची नदीमा जलसतह बढ्न सक्ने भन्दै बाढी पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले त्यस्ता क्षेत्रका बा...
जाजरकोटमा भिरबाट खसेको ढुंगा लागेर दिदीबहिनीको मृत्यु

जाजरकोटमा भिरबाट खसेको ढुंगा लागेर दिदीबहिनीको मृत्यु

Breaking News 1, जाजरकोट, ताजा अपडेट, मुख्य समाचार, समाचार
सुर्खेत- जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा टहरामा सुतिरहेका एकै परिवारका दिदीबहिनीको भिरबाट खसेको ढुंगा लागेर ज्यान गएको छ। मृत्यु हुनेमा नरबहादुर बुढाका छोरीहरू १८ वर्षीया शर्मिला बुढा र १४ वर्षीया चमेली बुढा रहेको कुशे–३ का वडाध्यक्ष वीरबहादुर बुढाले जानकारी दिए। भूकम्पपीडितका लागि निर्माण गरिएको अस्थायी टहरामा बाख्रा हेरचाह गर्दै सुतिरहेकै बेला सोमबार राति करिब ९ बजे अचानक माथिबाट ढुंगा खसेको थियो। ढुंगा लागेर घटनास्थलमै दुवै जनाको मृत्यु भएको वडाध्यक्ष बुढाले बताए। प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ।...
बझाङकी प्रतिभा जोशीलाई चिरासैनी युवा क्लबद्वारा सम्मान

बझाङकी प्रतिभा जोशीलाई चिरासैनी युवा क्लबद्वारा सम्मान

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ– माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा बझाङ जिल्लामै सर्वाधिक अंक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेकी प्रतिभा जोशीलाई चिरासैनी युवा क्लबले एक विशेष समारोहका बीच सम्मान गरेको छ। चिरासैनी युवा क्लबको आयोजनामा भएको कार्यक्रममा प्रतिभा जोशीको शैक्षिक उत्कृष्टता र उनको निरन्तर परिश्रमको उच्च प्रशंसा गर्दै सम्मानपत्रसहित पुरस्कार प्रदान गरिएको हो। कार्यक्रममा बोल्दै क्लबका अध्यक्ष कलक धामीले भने, "प्रतिभा जस्ता होनहार विद्यार्थीहरू हाम्रो गाउँको शान हुन्। उनीहरूको मेहनतले अन्य विद्यार्थीहरूलाई पनि प्रेरणा मिल्छ। चिरासैनी युवा क्लब सधैं यस्ता प्रतिभाहरूको सम्मान र प्रोत्साहनमा अग्रसर रहनेछ।" सम्मान ग्रहण गरेपछि प्रतिभा जोशीले आफूले प्राप्त गरेको सफलताको श्रेय आफ्ना अभिभावक, शिक्षक र साथीहरूलाई दिँदै भनिन्, "यो सम्मानले मलाई अझ कडा मेहनत गर्न थप प्रेरणा दिएको छ। म भविष्यमा राष्ट्रको स...
देशभर मनसुन सक्रिय, अधिकांश भागमा वर्षाको सम्भावना

देशभर मनसुन सक्रिय, अधिकांश भागमा वर्षाको सम्भावना

Breaking News 1, ताजा अपडेट, मुख्य समाचार, समाचार
काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पश्चिम नेपाल नजिक रहेकाले विभिन्न प्रदेशमा वर्षा सम्भावना देखिएको हो। आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा मधेश प्रदेशका केही भागमा मेघगर्जन–चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। यस्तै, पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने महाशाखाको अनुमान छ। आज राति पनि यस्तै अवस्था रहनेछ। विशेषगरी कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ। साथै, उच्च–पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको छ भने अन्य क...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज