कैलालीमा जबरजस्ती करणी आरोपमा युवक पक्राउ
धनगढी— कैलालीमा जबरजस्ती करणी (बलात्कार) आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
जिल्लाको लम्कीचुहा नगरपालिका–८ सोनपुर का ३० वर्षीय कासिम अली जागारलाई २७ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
महिलाले दिएको जाहेरीका आधारमा इलाका प्रहरी कार्यालय टीकापुर बाट खटिएको प्रहरी टोलीले उनलाई मंगलबार बेलुकी पक्राउ गरेको हो।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।...












