अछाम- १ मा भरत स्वाँरलाई दिपक साउँदको पहिलो बधाई, मतदाताप्रति आभार, राजनीतिक संस्कारको उदाहरण प्रस्तुत
अछाम - अछाम- १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली काँग्रेसका भरत कुमार स्वाँरलाई नेकपा एमालेका उम्मेदवार दिपक साउँदले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
मतगणना सम्पन्न भएको लगत्तै साउँदले आफ्नो प्रतिस्पर्धी स्वाँरलाई उच्च राजनीतिक सम्मानसहित बधाई दिँदै आगामी कार्यकाल सफल होस् भन्ने कामना गरेका हुन्। उनलेे निर्वाचन सकिएसँगै प्रतिस्पर्धीलाई सम्मानपूर्वक दोसल्ला ओढाएर बधाई सहित शुभकामना दिँदै राजनीतिक संस्कारको राम्रो उदाहरण प्रस्तुत गरेका छन् ।
साउँदले अछाम- १ का जनताले दिएको जनादेशलाई सम्मान गर्ने उल्लेख गर्दै विजयी उम्मेदवार स्वाँरले जिल्लाको विकास र जनताको अपेक्षा पूरा गर्ने विश्वास व्यक्त गरे।
त्यस्तै उनले निर्वाचनमा आफूलाई मत दिएका तथा साथ–समर्थन गर्ने सम्पूर्ण मतदाता, शुभेच्छुक, पार्टीका नेताकार्यकर्ता र सहयोगीहरूलाई धन्यवाद पनि व्यक्त गरेका छन्।
साउँदले लोक...












