Advertisement

समाचार

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

बझाङमा विद्युत् विस्तार र पश्चिम सेती आयोजना कार्यान्वयनको माग

Breaking News 1, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी- बझाङका विभिन्न स्थानीय तहका विद्युत् सेवाबाट वञ्चित बस्तीहरूमा यथाशीघ्र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न माग गरिएको छ। सोमबार जेन-जी अगुवा कमल सि ले विद्युत् सेवाबाट वञ्चित बस्तीहरूमा यथाशीघ्र राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न माग गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमा ज्ञापनपत्र बुझाइएका हुन्। उनलेे विद्युत सेवाबाट वञ्चित दुर्गाथलि गाउँपालिका वडा नं. ५, ६ र ७, थलारा गाउँपालिका वडा नं. २, ३, ४, ७ र ८, केदारस्यूँ गाउँपालिका वडा नं. ६, ७ र ८ र बुङ्गल नगरपालिका वडा नं. २, ३ र १० लगायतका बस्तीहरूमा तत्काल राष्ट्रिय प्रसारण लाइन विस्तार गर्नुपर्ने माग राखेका छन्। त्यस्तै सुदूरपश्चिमकै बहुप्रतीक्षित पश्चिम सेती जलविद्युत् आयोजना तत्काल कार्यान्वयनमा लैजान सरकारसँग माग गरेका छन् । ज्ञापनपत्रमा लामो समयदेखि चर्चामा रहेको पश्चिम सेती जलविद्युत् आयोजना को कार्यान्वयन प्रक्रिय...
मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा बझाङका एकजनाको मृत्यु, एउटा गम्भीर घाइते

Breaking News 1, Breaking News 2, Breaking News 3, घटना, ट्रेन्डिङ, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
दिपक राज जोशी धनगढि: नवलपरासी जिल्ला स्थित पुर्व पश्चिम राजमार्ग को अरुण खोला नजिक टिप्पर ले मोटरसाइकल लाई ठक्कर दिदा एकजनाको मृत्यु भएको छ । बझाङ जिल्ला बित्थडचिर गाउपालिका वडा नम्बर ३ का बर्स २३का भुवन बोहराको मृत्यु भएको हो । मोटरसाईकल चालक बोहरा को मृत्यु भएको हो । सोही जिल्ला का पवन बोहरा र भुवन बोहरा काठमाडौ जाने क्रममा दुर्घटना मा परेका हुन । बा.०३४प ६६७४ पछाडी सवार पवन बोहरा को पनि अबस्था गम्भीर रहेको छ । घाईते लाई थप उपचारका का लागि काठमाडौ मा व्यवस्थापन गर्न बझाङ जिल्ला का प्रतिनिधि सभा सदस्य ऐन महरले पहल भईरहेको सामाजिक सञ्जाल बाट जानकारी गराएका छन । साथै महरले लामो दुरि को यात्रा मोटरसाइकल मा नगर्न भनेका छन ।...
रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

रास्वपाद्वारा बझाङ–कैलाली सम्पर्क समिति गठन

Breaking News 1, Breaking News 2, Breaking News 3, कैलाली, ट्रेन्डिङ, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
धनगढी : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बझाङ–कैलाली सम्पर्क समिति गठन गरेको छ। धनगढीस्थित जियन होटलमा आज आयोजित एक कार्यक्रममार्फत समिति गठन गरिएको हो। गठित समितिको सभापतिमा गोपाल धामी चयन भएका छन् भने उपसभापतिमा कुम्भराज पण्डित, कोषाध्यक्षमा आशिष धामी र सचिवमा सुनिल सिंह चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा राम बोहरा, बिरेन्द्र थापा, लोकेन्द्र बिष्ट, जनक थापा, गगन भण्डारी, राजबहादुर बिष्ट, नरेश ऐडी, मोहनराज जोशी, शेरबहादुर खड्का, गोरख रोकाया र सुदीप बडु चयन भएका छन्। समिति गठन कार्यक्रममा प्रतिनिधिसभाका उम्मेदवार शैलेस कुमार सिंह, राष्ट्रिय स्वतन्त्र पार्टी सुदूरपश्चिम प्रदेशका महामन्त्री सन्तोष जोशी, बझाङ जिल्ला सभापति सत्यराज उपाध्याय, उपसभापति कृष्ण रोकाया लगायत विभिन्न विभागका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै प्रतिनिधिसभाका उम्मेदवार शैलेस कुमार सिंहल...
बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ - बझाङको बित्थडचिर गाउँपालिका- ९ स्थित सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका वडा नम्बर ७, ८ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ। आइतबार स्थानीय स्वामित्व र सहभागिता , पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने नारा सहित सेवा क्षेत्रभित्रका सबै बालबालिकाले निर्धारित खोप पूरा गरेपछि वडाहरूलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो। जन्मदेखि १५ महिनासम्मका बालबालिकाले सरकारले तोकेको सम्पूर्ण खोप पाए/नपाएको यकिन गर्न विस्तृत तथ्यांक संकलन गरिएको थियो। यस क्रममा तीनै वडामा घरधुरी सर्वेक्षण सञ्चालन गरी ५ वर्षमुनिका सबै बालबालिकाको खोप अवस्थाको पहिचान गरिएको थियो। सर्वेक्षणका क्रममा छुट खोप भएका बालबालिकालाई पहिचान गरी लक्षित रूपमा खोप सेवा प्रदान गरिएको सुनकुडा स्वास्थ्य चौकी प्रमुख राजेन्द्र बिष्टले जानकारी दिए । यस अभियानमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्...
बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

बझाङमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सम्पन्न, उपाधि आदर्श बान्निकोटलाई

Breaking News 1, खेलकुद, ताजा अपडेट, बझाङ, समाचार, सुदूरपश्चिम
बझाङ - बझाङको बित्थडचिर गाउँपालिकामा आयोजित ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८३ सम्पन्न भएको छ। बित्थडचिर गाउँपालिका–९ को आयोजनामा सञ्चालन भएको प्रतियोगिता बुधबार सम्पन्न भएको हो। प्रतियोगिताको उपाधि आदर्श युवा क्लब छबिसपाथिभेरा गाउँपालिका-३ बान्निकोटले जितेको छ। सुनकुडा माध्यमिक विद्यालयको खेलमैदानमा सम्पन्न फाइनल खेलमा बित्थडचिर गाउँपालिका- २ लाई पराजित गर्दै आदर्श युवा क्लबले ट्रफी जितेको पालिका प्रवक्ता तथा वडाध्यक्ष हरिश्चन्द्र जोशीले कामना टुडे लाई जानकारी दिए । उपविजेतामा बित्थडचिर गाउँपालिका-२ भएको छ। विजेता आदर्श युवा क्लबले नगद ६१ हजार १ सय ६१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ,, भने उपविजेता बित्थडचिर -२ ले नगद ३१ हजार १ सय ३१ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ। साथै प्रतियोगितामा म्यान अफ दि सिरिजलाई ४ हजार, सर्वाधिक विके...
बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

बालबालिका तथा युवाका समस्या समाधानका लागि प्रहरी

समाचार
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओम बहादुर राना ले नगर बाल सञ्जालका प्रतिनिधिहरूसँग बालबालिका तथा युवाहरूका समस्या, चुनौती तथा सुधारका सम्भावित उपायबारे विस्तृत छलफल गर्नुभएको छ। उक्त कार्यक्रम सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको आयोजनामा सम्पन्न भएको हो। छलफलका क्रममा बाल सञ्जालका प्रतिनिधिहरूले वर्तमान समयमा बालबालिका तथा युवाहरूले भोगिरहेका विविध समस्याहरू प्रस्तुत गरेका थिए। उनीहरूले विद्यालय छोड्ने दर वृद्धि, लागुऔषध दुर्व्यसन, साइबर दुरुपयोग, बाल हिंसा तथा बाल श्रम जस्ता चुनौतीहरू बढ्दो रूपमा देखिएको उल्लेख गर्दै यस्ता समस्याको समाधानका लागि प्रहरी प्रशासनको सक्रिय भूमिका आवश्यक रहेको धारणा व्यक्त गरे। यसै क्रममा प्रतिनिधिहरूले बालमैत्री वातावरण सिर्जना गर्न विद्यालयस्तरमै सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, समुदायस्तरमा बाल अधिकारसम्बन्धी अभियानला...
बझाङको बित्थडमा प्रथम वडाध्यक्ष कप २०८३ क्रिकेट प्रतियोगिता हुँदै ,  प्रथम पुरस्कार ५५ हजारभन्दा बढी

बझाङको बित्थडमा प्रथम वडाध्यक्ष कप २०८३ क्रिकेट प्रतियोगिता हुँदै , प्रथम पुरस्कार ५५ हजारभन्दा बढी

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको बित्थडमा प्रथम वडाध्यक्ष कप २०८३ क्रिकेट प्रतियोगितामा हुनेभएको छ । बित्थडचिर गाउँपालिका वडा नं. १ को आयोजनामा आगामी वैशाख १३ गतेदेखि वडा स्तरीय "प्रथम वडा अध्यक्ष कप २०८३" यु-१९ पुरुष क्रिकेट प्रतियोगिता आयोजना हुने भएको हो। ​युवा प्रतिभाको प्रोत्साहन र सामाजिक सद्भावका लागि आयोजित प्रतियोगितामा जिल्लाभरिका वडा स्तरीय टिमले सहभागिता जनाउन पाउनेछन् । प्रतियोगिताले युवाहरूमा रहेको खेल प्रतिभाहरूलाई उजागर र स्थानीय प्रादेशिक तथा राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा टेवा पुर्‍याउने विश्वास लिएको छ । प्रतियोगितामा बिजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेता टिमलाई २७ हजार ७ सय ७७ रुपैयाँ नगदसहित ट्रफी मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ । म्यान अफ द सिरिज प्रमाण पत्र, मेडल र म्यान अफ द म्याच मेडलको व्य...
बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

बित्थडचिरमा ‘दोस्रो जय नेपाल’ वडाध्यक्ष कप २०८३ बैशाख ६ देखि

Breaking News 1, खेलकुद, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- बझाङको बित्थडचिर गाउँपालिकामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको छ । यहीँ बैशाख ६ गतेदेखि वडा नम्बर ९ को आयोजनामा `दोस्रो जय नेपाल´ वडाध्यक्ष कप २०८३ आयोजना हुनेभएको हो । सामाजिक सद्भाव सहिष्णुता तथा आपसी हार्दिकता कायम राख्दै युवाहरूमा रहेको खेल प्रतिभाहरूलाई उजागर र स्थानीय प्रादेशिक तथा राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा टेवा पुर्‍याउने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागेको वडाध्यक्ष हरिश्चन्द्र जोशीले कामना टुडेलाई बताए । उनलेे वडाको आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत कार्यक्रम अनुसार ६ गतेदेखि दोस्रो जय नेपाल वडाध्यक्ष कप २०८३ टि-१२ खुल्ला वडा स्तरीय पुरुष क्रिकेट प्रतियोगिता सञ्चालन हुन लागेको जानकारी दिए । प्रतियोगितामा बिजेता टिमले ६१ हजार १ सय ६१ रुपैयाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेता टिमले नगद ३१ हजार १ सय ३१ सहित ट्रफी मेड...
धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

समाचार
धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ। कम्पनीले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै आफ्ना सम्पूर्ण समर्थक, ग्राहक तथा शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ। कम्पनीका अनुसार, “तपाईंहरूको साथ, सहयोग र विश्वासले आज हामी यो सफलताको चरणमा पुगेका छौँ।” वार्षिकोत्सवको अवसरमा धनगढी क्षेत्रका औषधि व्यवसायीहरूसँग आपसी सहकार्य, अनुभव आदानप्रदान तथा सुदृढ सम्बन्ध निर्माण गर्ने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरिएको थियो। यसै अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत आमाको माया छात्रावास लाई खाद्यान्न सामग्री सहयोग गरिएको छ। कम्पनीका सञ्चालक फार्मासिस्ट बिनेश कठरिया ले समाजप्रति आफ्नो दायित्व बोध गर्दै यस्ता सहयोग कार्यक्रमलाई आगामी दिनहरूमा समेत निरन्तरता दिने बताएका छन्। उनका अनुसार, र...
बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

बझाङको झोतामा बिसु मेला धुमधामका साथ मनाइने, प्रदेशस्तरीय भलिबल प्रतियोगिता मुख्य आकर्षण

Breaking News 1, ताजा अपडेट, बझाङ, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
बझाङ- यस वर्ष पनि बझाङको झोता क्षेत्रमा धार्मिक, ऐतिहासिक तथा पौराणिक महत्व बोकेको बिसु मेला धुमधामका साथ मनाइने भएको छ। जिल्लाको मध्य भेगमा पर्ने केदारस्यूँ गाउँपालिका- ९ झोता बजारमा हरेक वर्षझैं यस वर्ष पनि भव्य रूपमा मेला आयोजना गर्ने तयारी थालिएको हो। नयाँ वर्षलाई सभ्य र भव्य रूपमा मनाउने उद्देश्यसहित मेला व्यवस्थापन समितिले विविध सांस्कृतिक कार्यक्रम तथा खेलकुद गतिविधि समेटेर कार्यक्रम तय गरेको छ। मेलाको मुख्य आकर्षणका रूपमा प्रदेशस्तरीय खुला भलिबल प्रतियोगिता आयोजना गरिनेछ। प्रतियोगितामा प्रथम हुने टोलीलाई १ लाख २० हजार रुपैयाँ, द्वितीयलाई ६० हजार १ सय २० रुपैयाँ र तृतीय हुनेलाई ३५ हजार १ सय २० रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। यसैगरी, मेलामा मनोरञ्जनका लागि घैटीफोड तथा भाले पकड जस्ता परम्परागत खेलहरू पनि आयोजना गरिनेछन्। सांगीतिक मनोरञ्जनका लागि राष्ट्रिय तथा स्थानीय कलाकारहरूक...
कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

कैलारीको पवेरा सामुदायिक वनको १५औं साधारणसभा सम्पन्न

Breaking News 1, कैलाली, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
रमित ओली,हसुलिया- कैलालीको कैलारी गाउँपालिका-५ स्थित पवेरा सामुदायिक वन उपभोक्ता समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ। आर्थिक वर्ष २०८१/०८२ को आयव्यय सार्वजनिक सुनुवाइ जनलेखापरीक्षण तथा १५औं साधारणसभा बिहीबार सम्पन्न भएको हो। कार्यक्रममा समूहले गत आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्दै आर्थिक पारदर्शिता कायम गर्ने प्रतिबद्धता जनाएको छ। साथै सार्वजनिक सुनुवाइमार्फत उपभोक्ताहरूबाट सुझाव तथा प्रतिक्रिया समेत संकलन गरिएको थियो। स्थानीय उपभोक्ता, सरोकारवाला तथा समूहका पदाधिकारीहरूको सहभागितामा सम्पन्न कार्यक्रममा वन संरक्षण, व्यवस्थापन र दीगो उपयोगका विषयमा पनि छलफल गरिएको थियो। बनका अध्यक्ष कन्या थारुको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अतिथि सिएफसिसिका सचीव संदिप चौधरी रहनु भएको थियोे ।...
कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना,  २ जनाको मृत्यु, ६ जना घाइते

कञ्चनपुरको कृष्णपुरमा जिप दुर्घटना, २ जनाको मृत्यु, ६ जना घाइते

Breaking News 1, कन्चनपुर, ताजा अपडेट, मुख्य समाचार, समाचार, सुदूरपश्चिम
कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । अन्य छ जना घाइते भएका छन् । कृष्णपुर नगरपालिका- १ कुमगडामा से १ ज २९० नम्बरको बोलेरो जिप दुर्घटना हुँदा वडा नम्बर १ कै ६० वर्षीय नन्दराम पार्की र ६२ वर्षीया कलावती बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाले जानकारी दिनु भयो । उहाँका अनुसार घाइते छ जनालाई उपचारका लागि धनगढी पठाइएको छ । जिप अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज