Advertisement

बझाङको सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका ७, ८ र ९ नम्बर वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा

Advertisement

बझाङ – बझाङको बित्थडचिर गाउँपालिका- ९ स्थित सुनकुडा स्वास्थ्य चौकी अन्तर्गतका वडा नम्बर ७, ८ र ९ लाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको छ। आइतबार स्थानीय स्वामित्व र सहभागिता , पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने नारा सहित सेवा क्षेत्रभित्रका सबै बालबालिकाले निर्धारित खोप पूरा गरेपछि वडाहरूलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो।

जन्मदेखि १५ महिनासम्मका बालबालिकाले सरकारले तोकेको सम्पूर्ण खोप पाए/नपाएको यकिन गर्न विस्तृत तथ्यांक संकलन गरिएको थियो। यस क्रममा तीनै वडामा घरधुरी सर्वेक्षण सञ्चालन गरी ५ वर्षमुनिका सबै बालबालिकाको खोप अवस्थाको पहिचान गरिएको थियो।
सर्वेक्षणका क्रममा छुट खोप भएका बालबालिकालाई पहिचान गरी लक्षित रूपमा खोप सेवा प्रदान गरिएको सुनकुडा स्वास्थ्य चौकी प्रमुख राजेन्द्र बिष्टले जानकारी दिए । यस अभियानमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा स्थानीय समुदायको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि वडा सदस्य रामप्रसाद अवस्थीले बालबालिकालाई रोगबाट जोगाउन खोप अत्यन्त प्रभावकारी माध्यम भएको उल्लेख गर्दै आगामी दिनमा पनि नियमित खोप कार्यक्रमलाई थप सुदृढ बनाइने बताए। साथै, अभिभावकलाई समयमै बालबालिकालाई खोप लगाउन आग्रह गरिएको थियो।
पूर्ण खोप सुनिश्चितता घोषणासँगै ती वडाहरूमा खोपसम्बन्धी सचेतना वृद्धि हुनुका साथै बालस्वास्थ्य सुधारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। स्वास्थ्य संस्थाले आगामी दिनमा पनि नियमित अनुगमन तथा छुट खोपको खोजी कार्यलाई निरन्तरता दिने जनाएको छ।

कार्यक्रम वडा सदस्य तथा स्वास्थ्य चौकी व्यवस्थापन समिति उपाध्यक्ष अनुशा विष्टको अध्यक्षतामा भएको थियोे ।
कार्यक्रम सञ्चालन सामुदायिक स्वास्थ्य इकाई मल्लाधारी इन्चार्ज डम्मर बिष्टले गर्नुभएको थियो ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

विद्यालयमै प्लास्टिक टनेल निर्माण, विद्यार्थीलाई पढाइसँगै व्यवहारिक सीप

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ खोरीस्थित सुर्योदय आधारभूत विद्यालयमा प्लास्टिक टनेल निर्माण गरिएको छ । विद्यालय र खोलापार...
आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

आफूले मन पराएको नेतृत्वले जे गरे पनि आँखामुन्देर सही ठान्ने प्रवृत्तिले देशलाई विकास होइन, बर्बादीतर्फ धकेलिरहेको छ

धनगढी- देश निर्माणका लागि सक्षम नेतृत्व चाहिन्छ , जसमा सचेत नागरिक र सही निर्णय अत्यन्त आवश्यक मानिन्छ। तर हाम्रो समाजमा एउटा खतरन...
सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

सरकारी गाडीमा अध्यक्ष साउँदको रजगज, परिवार घुमाउन ४ पाङ्ग्रे, भट्टि छिर्दा २ पाङ्ग्रे

धनगढी- अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदमाथी सरकारी सम्पत्तिमा रजगजको आरोप लागेको छ । नियम बिपरित दोह...
कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड अत्तरियाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनगढी- कैलालीको गोदावरी नगरपालिकामा रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अत्तरियाको आयोजनामा एक दिने केन्द्र...
केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

केदारस्यूँमा सिस्नु पाउडर उत्पादन तालिम सम्पन्न, उद्यमशीलता विकासमा जोड

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिका- ८ मा सिस्नु पाउडर प्रशोधन तथा उत्पादन सम्बन्धी ७ दिने सीप विकास तालिम सम्पन्न भएको छ । गरिबी न...
बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

बैतडीमा मन्त्री सवार गाडी र बस ठोक्किँदा दुर्घटना, मानवीय क्षति भएन

धनगढी- बैतडीको मेलौली नगरपालिका-२ सलेनामा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शिवराज भट्ट सवार गाडी र यात्...
बुङ्गलमा टेलिकम टावर विद्युतीकरण प्रक्रिया अघि बढ्दै

बुङ्गलमा टेलिकम टावर विद्युतीकरण प्रक्रिया अघि बढ्दै

धनगढी- बझाङको बुङ्गल नगरपालिकाभित्र रहेका नेपाल टेलिकमका टावरहरूमा विद्युतीकरण गर्ने विषयमा नगरपालिकाले नेपाल टेलिकमसँग छलफल गरेको...
बझाङको बित्थडचिरका वडावडामा डिजिटल राष्ट्रिय परिचयपत्र वितरण गरिँदै

बझाङको बित्थडचिरका वडावडामा डिजिटल राष्ट्रिय परिचयपत्र वितरण गरिँदै

बझाङ- जिल्ला प्रशासन कार्यालयले नागरिकलाई डिजिटल राष्ट्रिय परिचयपत्र (कार्ड) घरदैलोमै पुगेर वितरण गरिरहेको छ । कार्यालयले जिल्लाको...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज