Advertisement

धनगढीमा रोयल मेडिसिन डिस्टृब्युटर्सको ५औँ वार्षिकोत्सव सम्पन्न, छात्रावासलाई खाद्यान्न सहयोग

Advertisement

धनगढी, कैलाली — नयाँ वर्ष २०८३ को अवसर पारेर रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले आफ्नो पाँचौँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ।

कम्पनीले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै आफ्ना सम्पूर्ण समर्थक, ग्राहक तथा शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद ज्ञापन गरेको छ। कम्पनीका अनुसार, “तपाईंहरूको साथ, सहयोग र विश्वासले आज हामी यो सफलताको चरणमा पुगेका छौँ।”

वार्षिकोत्सवको अवसरमा धनगढी क्षेत्रका औषधि व्यवसायीहरूसँग आपसी सहकार्य, अनुभव आदानप्रदान तथा सुदृढ सम्बन्ध निर्माण गर्ने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरिएको थियो।

यसै अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत आमाको माया छात्रावास लाई खाद्यान्न सामग्री सहयोग गरिएको छ। कम्पनीका सञ्चालक फार्मासिस्ट बिनेश कठरिया ले समाजप्रति आफ्नो दायित्व बोध गर्दै यस्ता सहयोग कार्यक्रमलाई आगामी दिनहरूमा समेत निरन्तरता दिने बताएका छन्।

उनका अनुसार, रोयल मेडिसिन डिस्टृब्युटर्स प्रा. लि. ले अत्यावश्यक जीवनरक्षक औषधिहरू — जस्तै ICU, NICU तथा क्रिटिकल केयर तथा इमर्जेन्सी प्रयोगका मेडिसिनहरू — सहज रूपमा उपलब्ध गराउँदै आएको छ। साथै, विभिन्न भ्याक्सिनहरूलाई उचित तापक्रममा सुरक्षित भण्डारण (कोल्ड चेन म्यानेजमेन्ट) गरी बिरामी तथा उपभोक्तालाई गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्यका साथ कम्पनी अगाडि बढिरहेको छ।

कार्यक्रममा बोल्दै नेपाल फर्मास्युटिकल एसोसिएसनका सचिव महाओम राज जोशी ले सुदूरपश्चिम जस्तो भौगोलिक रूपमा चुनौतीपूर्ण क्षेत्रमा इमर्जेन्सी तथा क्रिटिकल केयर सम्बन्धी औषधिहरूको सहज उपलब्धता सुनिश्चित गर्नु अत्यन्तै कठिन कार्य भए पनि रोयल मेडिसिन डिस्टृब्युटर्सले प्रदान गरेको सेवा प्रशंसनीय रहेको बताए। उनले स्वास्थ्य क्षेत्रको पहुँच विस्तार, गुणस्तरीय औषधिको सुनिश्चितता तथा सेवा प्रणाली सुदृढ बनाउन यस्ता संस्थाहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।

साथै उनले आगामी दिनहरूमा स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउन सरकारी तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको र फार्मेसी क्षेत्रलाई थप व्यवस्थित, उत्तरदायी र जनमुखी बनाउन सबै पक्षको योगदान आवश्यक रहेको धारणा व्यक्त गरे।

कम्पनीले “सेवामा समर्पण, स्वास्थ्यमा योगदान” भन्ने मूल नारालाई आत्मसात गर्दै आगामी दिनहरूमा अझ उत्कृष्ट सेवा दिने प्रतिबद्धता जनाएको छ। नयाँ वर्षसँगै नयाँ संकल्प लिँदै कम्पनीले सेवा विस्तार, गुणस्तर सुधार तथा स्वास्थ्य क्षेत्रमा थप योगदान पुर्‍याउने लक्ष्य अघि सारेको छ।

प्रतिक्रिया

छुटाउनुभयो कि ?

जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

जन्मदिनको अवसरमा समाजसेवी रमेश ओडद्वारा विद्यार्थीलाई झोला वितरण

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका–६, दल्ली निवासी समाजसेवी तथा घटाल पोल्ट्री फर्मका सञ्चालक रमेश बहादुर ओडले आफ्नो जन्मदिनको अवसरम...
ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

ईभी हाइस व्यवसायीको विरोधपछि मुख्यमन्त्रीले वार्तामा बोलाए

धनगढी– धनगढी–पहाड रुटमा सञ्चालन हुँदै आएका ईभी हाइस तथा अन्य सवारी साधनका व्यवसायीहरूले आफूहरूलाई लागू गरिएको समयसीमा, नीति–नियम त...
केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

केदारस्यूँ गाउँपालिकाको ६२ करोडभन्दा बढी बजेट सार्वजनिक, कृषि र रोजगार पहिलो प्राथमिकतामा

बझाङ- बझाङको केदारस्यूँ गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ को लागि ६२ करोड बढीको बजेट ल्याएको छ । बुधबार आयोजित १९ औं अधिवेशन मार्फ...
बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङको बित्थडचिर- ९ का महिलालाई ७ दिने दुना,टपरी निर्माण तालिम प्रदान, स्वरोजगार र उद्यमशीलतामा जोड

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ९ का महिलाहरूलाई दुना,टपरी सीप विकास तालिम प्रदान गरिएको छ । महिलाहरूको आर्थिक सशक्तीकरण र स्थ...
बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङको भाँडे बजारमा भीषण आगलागी, दुई किराना पसल पूर्णरूपमा नष्ट

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका-१ भाँडे बजारमा गएराति भएको आगलागीबाट दुई वटा किराना पसल पूर्णरूपमा जलेर नष्ट भएका छन्। गएरात...
थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

थलारामा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने अभियान, डल कुसन तथा चुरापोते बनाउने तालिम सञ्चालन

बझाङ- बझाङको थलारा गाउँपालिकामा ७ दिने डल कुसन बनाउने तालिम सञ्चालन गरिएको छ। थलारा गाउँपालिकाको आर्थिक सहयोग तथा समुदाय सशक्तीकरण...
शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

शिक्षा सुधारको नाममा अस्थिरता होइन, स्थायित्व आवश्यक छ

बझाङ - बित्थडचिर गाउँपालिकामा विद्यालय समायोजन, दरबन्दी मिलान तथा विद्यालय संख्या व्यवस्थापनको विषय पुनः चर्चामा आएको छ। शिक्षा क्...
बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बित्थडचिर बहुउद्देश्यीय सहकारीद्वारा विद्यार्थीहरू पुरस्कृत, केदार आधारभूत विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

बझाङ- बझाङको बित्थडचिर गाउँपालिका- ४ डूङ्ग्रीमा रहेको केदार आधारभूत विद्यालयमा शुक्रबारीय अतिरिक्त क्रियाकलापअन्तर्गत अन्तर सदनात्...
WP2Social Auto Publish Powered By : XYZScripts.com
होमपेज
राशिफल
हाम्रो पात्रो
खोज