काठमाण्डौका १९ ठाउँमा निःशुल्क वाइफाइ
काठमाण्डौका १९ सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ सेवा सञ्चालनमा आएको छ। वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, पशुपति मन्दिर क्षेत्रलगायत स्थानमा वाइफाइको ब्यान्डविथ १० एमबीपीएसबाट बढाएर १५० एमबीपीएस पुर्याइएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार प्रत्येक डिभाइसका लागि ५ सय एमबी इन्टरनेट निःशुल्क उपलब्ध हुनेछ। साथै, नयाँ बसपार्क, भक्तपुर अस्पताल, कीर्तिपुर अस्पताल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ वाइफाइ जडान र क्षमता विस्तार गरिएको छ।
यो सेवामा नेपाल टेलिकम, वर्ल्डलिङ्क र भायनेटबीच सहकार्य भएको हो। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले कार्यभार सम्हालेपछि गरेको पहिलो निर्णयअनुसार दुई महिनाभित्र काठमाण्डौ उपत्यकाका सार्वजनिक स्थलहरूमा निःशुल्क वाइफाइ सेवा पुर्याउने लक्ष्य राखिएको थियो।...












